तीन प्रश्न

गृहपृष्ठ » » तीन प्रश्न » लेखहरु »

खगेश रञ्जितकार, डोजर दादा (कलाकाकार)

४० वर्षअघि काठमाडौंको जैसीदेवलमा जन्मिएका खगेश रञ्जितकार सानो पर्दाका दर्शकमाझ खलनायकका रूपमा लोकप्रिय छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखलामा 'डोजर दादा' का रूपमा नकारात्मक भूमिका निर्वाह गर्दै उनले दर्शकमाझ आफ्नो पहिचान  बनाएका छन्। यसबाहेक उनी इमेज च्यानलबाट प्रसारण भैरहेको नेवार भाषाको टेलिश्रृंखला 'खोट्टाबजी' मा पनि विगत दुई वर्षअघिदेखि  खलनायककै भूमिका निर्वाह गरिरहेका छन्। यी दुवै श्रृंखलामा अभिनय गर्नुअघि खगेशले सन्तोष पन्तको लोकप्रिय हास्यश्रृंखला 'हिजो आजका  कुरा' मा समेत नकारात्मक भूमिका नै निर्वाह गरेका थिए।

२०४२ सालमै निर्माण भएको चलचित्र 'विजय पराजय' को एउटा दृश्यमा अभिनय गर्दै यो क्षेत्रमा आएका खगेशले यो अवधिमा दुई दर्जन  नाटक, आधादर्जन चलचित्र तथा थुप्रै टेलिश्रृंखलामा स-साना भूमिका निर्वाह गरेका छन्। चलचित्र र सानो पर्दाको अभिनयलाई निरन्तरता दिने  क्रममा उनले हालै मात्र नेवार भाषाको चलचित्र 'हाय रे नखः' (हाय रे चाडपर्व) मा नायकको भूमिका निर्वाह गरेका छन्। नेपाली सेनामा  सुवेदारका रूपमा पेन्सन पाइसकेका खगेश तेक्वान्दो तथा बक्सिङका राम्रा खेलाडी हुन्। कलाकारितासँगसँगै रेक्स सेक्युरिटीसमेत सञ्चालन  गरिरहेका खगेशले बाल संरक्षण मञ्चमार्फत समाजसेवाको क्षेत्रमा समेत हात हालेका छन्। अघिल्लो साता 'खोट्टाबजी' श्रृंखलाको  छायांकनस्थलमा भेटिएका खगेशसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्नः

टेलिश्रृंखलामा खलनायकको मात्र भूमिका निर्वाह गर्नुपर्ने कारण ?

म जन्मिनेबित्तिकै कालो वर्णको नराम्रो छोरो जन्मियो भनेर आमा निकै रुनु भएको थियो रे। मलाई भगवानले अनुहार र उचाइमा ठगेकाले निर्देशकहरूले पनि खलनायकको भूमिकामा मात्र अभिनय गराएका होलान्।

दर्शकले तपाईंलाई कुन भूमिकाबाट बढी चिन्छन् ?

दर्शकमाझ लोकप्रिय 'मेरी बास्सै' को डोजर दादाको भूमिकाले मलाई बालबालिकादेखि वृद्धसम्म लोकप्रिय बनाएको छ। बाटोमा हिँड्दा डोजर  दादा आयो...भनेर बालबालिकाहरूले घेर्दा असाध्यै रमाइलो लाग्छ।

भविष्यको योजना के छ ?

अभिनयलाई निरन्तरता दिँदै सानो पर्दाका लागि एउटा राम्रो टेलिश्रृंखला निर्माण गर्ने योजना छ। नेपालीका साथै नेवार भाषामा पनि केही नयाँ  प्रयोग गर्न चाहन्छु।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :