सलोनी राजभण्डारी (भिजे/मोडल/नायिका)
कान्तिपुर आज कि प्ले इट अन ?
कान्तिपुर आज
कुन खानेकुरा सम्झदा मुखै रसाएर आउँछ ?
कोरियन परिकार बुलगोगी
मन नपर्ने सेलिब्रेटी ?
अनुष्का शर्मा
भिसा गर्लपछि अब कुन चलचित्रमा अभिनय गर्दै हुनुहुन्छ ?
अब कुनै पनि चलचित्रमा काम गर्ने विचार छैन
तपाईंकाबारेमा सबैभन्दा नयाँ खबर ?
इन्गेज्मेन्ट भैसक्यो, वैशाखमा विवाह गर्दैछु
स्वादिलो हुने गरी पकाउन आउने कुरा ?
प्रायः जे पनि स्वादिलो हुन्छ। विशेष रूपमा छोयला।
टेलिभिजनबाट किन टाढा ?
करियरको बाटो अलग गर्ने चाहनाले
कसैलाई गाली गर्नुपर्यो भने सबैभन्दा पहिले निस्कने शब्द ?
मलाई गाली गर्न आउँदैन्। रिस उठ्यो भने मेरो आवाजको भोलुम बढ्छ
एकजना जसलाई तपाईं जीवनभर बिर्सन सक्नुहुन्न ?
मानवी ढकाल, मेरी मिल्ने साथी। उनी अमेरिका गइन्।
पछिल्लो पटक कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो ?
रोहितमान प्रधानसँग इन्गेज्मेन्ट हुँदा
सबैभन्दा नजिकका पाँच सेलिब्रेटी मित्र ?
तेञ्जिङ छेतेन भुटिया, सहाना बज्राचार्य, निशा अधिकारी, रेमनदास श्रेष्ठ, कर्म र अरू पनि धेरै छन्।
हराएको कुनै महत्वपूर्ण वस्तु ?
आइफोन, डाइमन्ड टप, सुनको चेना हराएका वस्तुहरूको लिष्ट लामै हुन्छ।
जसको ओठ सेक्सी लाग्छ ?
रणवीर कपुर
जीवनमा गरिएको सबैभन्दा ठूलो गल्ती ?
रियलाइज हुने गरी गरेकी छैन
केसँग बढी डर लाग्छ ?
भीडसँग
जान्नै पर्ने, तर नजानेको काम ?
ड्राइभिङ
आफैंलाई मन नपरेको आफ्नो बानी ?
अल्छी छु
बिहान उठ्दा लिंग परिवर्तन भएर पुरुष हुनुभएछ भने ?
विवाह पोस्टपोन गरेर दुलही खोज्न थाल्छु।
तपाईंको प्रतिकृया