डिजे जोन

गृहपृष्ठ » » डिजे जोन » लेखहरु »

डिजे आयुष

आयुष केसी १६ वर्षे तन्नेरी हुन्। काठमाडौं सीतापाइलाका केसी आफूलाई कान्छा डिजेका रूपमा चिनाउन चाहन्छन्। आफू डिजेइङकै लागि  जन्मिएको बताउँदै केसी भन्छन्- 'म आफ्नो म्युजिकमा सबैलाई झुमाउन सक्छु। सानोमा उनी साथीभाइसँग बसेर गिटार र ड्रम बजाउँथे।  सुरुमा उनी ब्यान्डतिर लागेका थिए। पछि अलिकति केही फरक गर्ने सोचले उनलाई डिजे बनाएको हो। डिजेइङमा केसीले इलेक्ट्रो हाउस, डर्टी  डच, कमर्सियल, टेक्नो तथा डब स्टेप प्ले गर्ने गरेका छन्। उनी डिजे डेभिड, डिजे गेट्टा, डिजे चुक्कीबाट प्रभावित छन्।

उनले क्लब प्लाटिनममा पनि काम गरे। क्लब प्लाटिनममा उनले निकै समय डिजेइङमा बिताएका थिए। अहिले केसीले आफ्टर डेथ शीर्षकको  र्‍याप गीत निकालेका छन्। केसीले राजधानीको चर्चित सबै क्लब, पव, रेस्टुराँहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन्। क्लब इन्सोमेनिया,  भिन्टेज क्लब, नियोन क्लब, लाखे रेस्ट्रो, आई क्लब, टिएनटी रक बार, तामस, फंकी बुद्ध, इसानी क्लब, क्लब प्लाटिनम, द फ्याक्ट्री आदि  क्लबमा अनुभव बटुलिसकेका छन्।  

पारिश्रमीकका रूपमा केसीले एक पटकको १० हजार रुपैयँदेखि माथि लिने गरेको बताउँछन्। डिजे एउटा इन्टरटेनर हो जसले मानिसलाई  संगीतको माध्यमबाट रमाइलो प्रदान गर्न सक्छ। केसीको भविष्यको योजना भनेको अडियो इन्जिनियरिङमा ब्याचलर अध्ययन गर्नु हो। यससँगै  आफ्नो संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्य राखेको पनि केसीले बताए। उनलाई फेसबुकमा पनि सम्पर्क गर्न सकिन्छ।   www.facebook.com/pages/DJ-Aayush/19995040006

4630? ref=hl उनको आधिकारिक पेज हो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :