केवल एक प्रश्न

गृहपृष्ठ » » केवल एक प्रश्न » लेखहरु »

तपाईंलाई कस्तो प्रश्नले 'इरिटेट' गर्छ ?

सेक्स गरेको छ कि छैन भन्ने प्रश्न सोध्दा लास्टै 'इरिटेट' हुन्छु। म त सीधै छ भन्दिन्छु, बालै भएन नि, तर यो प्रश्न किन गर्छन् भनेर अचम्म  लाग्छ। यो उमेरसम्म म भर्जिन नै हुन्छु त ?

रिया श्रेष्ठ, नायिका

कहिले बिहे गर्ने ? अहिलेसम्म बिहे गरेको छैन ? भनेर सोध्छन् अनि आफैं अचम्ममा पर्छन्। मलाई भने यस प्रकारको प्रश्नले दिक्क बनाउँछ।  दार्जीलिङमा पहिले मानिसहरू बिहे गरेको छैन भन्दा ए भनेर चुप हुन्थे अहिले भनें अम्बो ! भनेर तर्सिन्छन्। यसरी प्रश्न सोध्दा बूढो भइयो कि  जस्तो पनि लाग्छ...

सोनम पाखि्रन भिजे/गायक

ब्वाइफ्रेन्ड छ कि छैन भनेर सोधिने प्रश्नले इरिटेट हुन्छु। छ भन्यो नभा'कोलाई कसरी छ भन्नु ? छैन भन्यो तपाईं जस्तोको पनि छैन र भनेर  थप प्रश्न गर्छन्, त्यसपछि उसैले फ्लर्ट गर्न थाल्छन्।

केरन लिम्बू, इभेन्ट अर्गनाइजर, मिस हङकङ नेपाल

मेरो लामो डेडलक केश देखेर मानिसहरू किन पालेको ? कति भयो पालेको ? गाह्रो हुँदैन ? घरमा के भन्छन् ? जस्ता प्रश्न गर्छन्, मलाई  दिक्क लाग्छ। सहज भएर वा इच्छा लागेर केश पालेको डेडलक गरेको होला भनेर बुझे भैगो नि, खाली त्यहि प्रश्न सुन्दा-सुन्दा वाक्क भैसकें।

किरण माइकल, गायक

सेक्स गर्दा कुन आसन मनपर्छ भन्ने कुराले इरिटेट गर्छ। यो त भावनात्मक कुरा हो नि, जसरी गरेपनि स्याटिस्फ्याक्सन मुख्य कुरा हो ....आसन, आसन.....किनचाहियो अरूलाई यो कुरा ?

उकेश दाहाल, चलचित्र निर्देशक

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :