निमा पुनः नायक
गायक निमा रुम्बा पुनः एकपटक नायकका रूपमा दर्शकमाझ आउने भएका छन्। यसअघि चलचित्र 'कागबेनी'मार्फत डेब्यु गरेका निमाले पोखरामा निर्माण गर्न लागिएको चलचित्र 'म' को मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन्। पोखरामा म्युजिक भिडियोदेखि चलचित्रसमेत निर्माण गर्दै आएको ह्वाइट लोटस स्टुडियोले निर्माण गर्ने चलचित्र 'म'को कथा मन परेकाले अभिनय गर्न तयार भएको गायक रुम्बाले बताएका छन्। गुरुङ संस्कृतिमा आधारित यो चलचित्र नेपाली भाषाको हुनेछ।
तपाईंको प्रतिकृया