मोडलिङमा जम्ने सुरमा
झापा, मेचीनगरकी १९ वर्षीया हीना श्रेष्ठ मोडलिङमा जम्ने सुरमा छिन्। राजविराजमा ल्याब प्रविधि अध्ययनरत हीना मिस पूर्वाञ्चल-२०१२ की सेकेन्ड रनर्सअप हुन्। भारोत्तोलनकी राष्ट्रिय खेलाडी हीना म्युजिक भिडियोमा काम गर्ने सोचमा छिन्। मोडलिङका लागि थु्रपै ठाउँबाट अफर आए पनि अध्ययनका कारण उनी यसमा मजाले लाग्न सकेकी छैनन्। ५ फिट ४ इन्च अग्ली हीना फुर्सदमा च्याट गरेर समय बिताउँछिन्। आफू अहिलेसम्म पे्रममा नपरेको बताउने हीना प्रेमलाई दुई आत्माको मिलन बताउँछिन्। हीनाका अनुसार मोडलिङ व्यक्तित्व-विकासको प्लेटर्फम हो। मोडलिङका बारेमा आममानिसमा नकारात्मक धारणा रहेको उनको अनुभव छ। कुनै सुन्दर पुरुषबाट प्रेम प्रस्ताव आए के गर्नुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भनिन्- मानिस सुन्दर भएर मात्र हुँदैन, बानी-ब्यवहार राम्रो हुनुपर्छ अनि अरूलाई बुझ्ने खालको हुनुपर्छ।
तपाईंको प्रतिकृया