त्यसका लागि केही उपाय बताइदिनुहोला।
म अहिले ११ कक्षामा पढ्दैछु। एउटी युवतीसाग मेरो प्रेम परेको थियो, तर अहिले हाम्रो सम्बन्ध टुटिसक्यो। अहिले पनि मलाई कुनै राम्री युवती देख्दा प्रेम गर्न मन लाग्छ। ती युवतीलाई लिएर मनमा धेरै कुरा खेलिरहन्छन्। ती युवतीसाग बोल्न मन लाग्छ। यस्ता कुराले मेरो पढाइ र करियर नबिग्रियोस् भन्ने चाहन्छु। त्यसका लागि केही उपाय बताइदिनुहोला।
८७
उमेर हो, उमेरमा यस्तै हुन्छ। एउटा माया छुट्यो भन्दैमा मनमा रहरहरू नखेल्ने होइनन्। तपाईंलाई पनि त्यस्तै भएको हो। कुनै बेला कसैको प्रेममा परिसक्नुभएकाले प्रेमका बारेमा तपाई अनभिज्ञ हुनुहुन्न, त्यसैले कुनै नयाँ युवती देख्दा अनायसै पुरानो प्रेमलाई सम्झनु वा प्रेमको डगरमा नयाँ यात्राको थालनी गर्ने इच्छा पलाउनु स्वाभाविक हो। यसलाई सकारात्मक रूपमै लिनुपर्छ। तपाईको हकमा, अहिले तपाईं ११ कक्षामै अध्ययनरत रहनुभएकाले प्रेमको बाटोमा हिंडिहाल्नुपर्ने समय भैसकेको छ जस्तो लाग्दैन, तसर्थ अहिलेको अवस्थामा तपाईले सबैभन्दा पहिले आफ्नो पढाइ र करियरमा ध्यान दिनुपर्छ। प्रेमको बाटोमा हिंडने अवसर जीवनमा अघि-पछि थुप्रै पटक आउँछन् तर पढाइ र करियरका लागि समय फर्केर आउँदैन भन्ने कुरा त तपाईले बुझ्नुभएकै होला, तसर्थ अहिलेको अवस्थामा युवतीहरूतर्फ मनलाई बराल्नुभन्दा पढाइतिर ध्यान दिनुमा तपाईको कल्याण निहित छ।
तपाईंको प्रतिकृया