पाकिस्तानमा युट्युबसहित २० हजार वेबसाइट प्रतिबन्धित
पाकिस्तानी प्रशासनले इस्लामविरोधी चलचित्र 'इनोसेन्स अफ मुस्लिम्स' जस्ता सामग्री देखाउने युट्युबसमेत करिब २० हजार वेबसाइटमाथि प्रतिबन्ध लगाएको छ। पाकिस्तान सरकारको एक सूत्रका अनुसार सरकारले लाहोरको एक अदालतको आदेशको कडाइका साथ पालना गरेको छ, जसमा इन्टरनेटबाट इस्लामविरोधी चलचित्रको फुटेजमाथि रोक लगाउन प्राधिकरण विफल भएपछि उक्त संगठनका अध्यक्षका विरुद्ध कारबाहीको आदेश दिएको थियो। सूत्रका अनुसार, पीटीएले इस्लामविरोधी चलचित्र देखाउने वेबसाइटहरू मात्र प्रतिबन्धित गरिएको छैन, त्यस्ता अरू आपत्तिजनक सामग्री भएका हजारौं वेबसाइटमाथि पनि रोक लगाएको छ। जानकारहरूका अनुसार युट्युबमाथिको प्रतिबन्ध निकट भविष्यमा हटाइने सम्भावना पनि छैन।
तपाईंको प्रतिकृया