रोजगारी

गृहपृष्ठ » » रोजगारी » लेखहरु »

अवसर स्पा थेरापीमा

पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ, वाइल्डलाइफ जस्तै स्पा थेरापी पनि पर्यटन प्रवर्द्धनको माध्यम बन्न सक्छ भन्ने योजनाअनुरूप पर्यटन वर्ष- २०११ मा 'हेल्थ टुरिज्म' को अवधारणा अघि सारिएको थियो। पर्यटन प्रवर्द्धनका हिसावले यो कति प्रभावकारी रह्यो, त्यसको लेखाजोखा  आफ्नै ठाउँमा होलान्। यद्यपि अहिले राजधानीलगायत ठूला सहरी क्षेत्रमा स्पा क्लब खुल्ने क्रम प्रतिस्पर्धात्मक रूपमा बढेको छ। विदेशी मात्र  होइन, उच्च तथा मध्यमवर्गीय परिवारसमेत यसमा अभ्यस्त हुन थालेका छन्। यसले एकातिर सहरीयाहरूको बदलिँदो जीवनशैलीलाई प्रस्ट ्याएको छ भने अर्कोतिर रोजगारको अवसर पनि खुला गरेेको छ।

सुरुमा पोखराको फूलबारी रिसोर्टले स्पा थेरापीका लागि 'स्पा अवतार' सुरु गरेको थियो। त्यसपछि तारे होटल तथा रिसोर्टहरूले यसको ट्रेन्ड  सुरु गरे। अहिले भने होटल हयात, होटल सांगि्रला, गोकर्ण फरेस्ट गल्फ रिसोर्टसहित साँगाको हिलटेक हेल्थ होम, लाजिम्पाटको ट्रयांकुलिटी  स्पा, ललितपुरमा हार्दिक फिटनेस सेन्टर, प्रदर्शनीमार्गको नेपाल पुलिस क्लब, ठमेलको तामस लञ्च बार, बखुण्डोलको चैतन्य, दरबारमार्गको  प्रानाले स्पा सेवा सञ्चालन गरेका छन्। पछिल्लो समय स्तरीय सेवासहित नयाँ बानेश्वरको शंखमूलमा टेक्स्चर हेल्थ केयर सेन्टर खुलेको छ।  टेक्स्चरले स्पा थेरापीसहित शारीरिक तन्दुरुस्ती र सुन्दरताको सम्पूर्ण सेवा सुरु गरेको छ।  

नेपालमा होटल स्पा, डे स्पा हुँदै मेडी स्पाको सुरुवात भएको छ। राम्रो सम्भावना नेचरल स्प्रिङ स्पामा पनि छ। दैनिक सेवा लिनेलाई डे स्पा,  निश्चित अवधिका लागि सञ्चालन गरिने डेस्टिनेसन स्पा भनिन्छ। हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूका लागि डेस्टिनेसन स्पा सञ्चालन गर्न  सकिन्छ। चिकित्सकको परामर्शअनुसार गरिने स्पालाई मेडी स्पा भनिन्छ।

विदेशी पर्यटकहरूले तारे होटलका स्पामा प्रतिघन्टा पाँच हजारसम्म खर्च गरेको पाइन्छ।  'स्पाका लागि मासिक दसौं हजार खर्च गर्नेहरू पनि  छन्,' चैतन्यका अध्यक्ष सुदर्शन बस्नेत भन्छन्।  मानसिक रूपमा सक्रिय र शारीरिक रूपमा निष्क्रिय व्यक्तिहरू स्पाका सेवाग्राही भएको  उनले बताए। दिनभर फ्रेस रहेर आफ्नो कामको पर्फमेन्स राम्रो बनाउन बिहानको स्पा लिने र दिनभरको तनाव वा थकानबाट मुक्त रहन साँझमा स्पा लिने विश्वव्यापी ट्रेन्डले नेपाली समाजलाई पनि छोएको हो।

स्पा थेरापीलाई पूर्वीय चिकित्सा विधिकै हिस्सा पनि मानिएको छ। नेपालको परम्परागत उपचार विधिसमेत स्पा थेरापीसँग धेरै मिल्दो हुनुले  थप बल मिलेको छ। त्यसो त हामीकहाँ खोला, झरना, ताल, तलाउदेखि जडिबुटीको अपार भण्डार नै छ। यसले स्पा थेरापीको सम्भावनालाई  बढाएको छ तर, यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्तिको अभाव अझै पनि पूरा गर्न सकिएको छैन।

माग स्पा थेरापिस्टको

केही समय अघिसम्म भारतको नोएडा तथा केरलाबाट थेरापिस्ट झिकाएर सेवा दिनुपर्ने बाध्यता थियो। अहिले भने टेक्स्चर हेल्थ केयर,  ट्र्यांकुलिटी, चैतन्यलगायत केही सेन्टरले आफैं स्पा थेरापिस्ट उत्पादन गरिरहेका छन्। यद्यपि मागअनुसार अझै पनि जनशक्ति अपुग रहेको  सञ्चालकहरू बताउँछन्। थेरापिस्टको अभावकै कारण टेक्स्चरले रोजगारको अवसरसहित तालिम सञ्चालन गरिरहेको अध्यक्ष सिर्जना श्रेष्ठ  बताउँछिन्। पछिल्लो समय नेपाली थेरापिस्टहरूको माग विदेशमा समेत रहेको चैतन्यका बस्नेत बताउँछन्। 'फिलिपिन्स तथा माल्दिभ्सबाट  थेरापिस्ट माग भएको छ,' बस्नेत भन्छन्।

मानसिक तनावबाट मुक्त हुन, आनन्द प्राप्त गर्न, रोगनिरोधात्मक क्षमता बढाउन यो पद्धति विश्वमै विश्वसनीय र लोकपि्रय बन्दै गएको चै तन्यका बस्नेत बताउँछन्। शरीरका पाँच ज्ञानेन्द्रियबाट एकसाथ आनन्द प्राप्त गरेर जीवनलाई सकारात्मक ऊर्जा दिलाउनका लागि पनि यो  पद्धतिले लोकपि्रयता पाएको बताइन्छ। स्पा थेरापीअन्तर्गत पञ्चकर्म, जल चिकित्सा, माटो चिकित्सा, उपवास, रंग चिकित्सा, भोजन तथा पो षण र योग पर्छन्। आहार, विहार र विश्राम जस्ता कुरालाई स्पा थेरापीमा महत्व दिइन्छ।

कसरी बन्ने ?

विकसित मुलुकहरूमा स्पा थेरापीलाई शैक्षिक पाठ्यक्रम भित्रै समेटेर अध्ययन गराइने भए पनि नेपालमा हालसम्म त्यस्तो अभ्यास भएको छै न। छिमेकी भारतको नोएडामा 'चन्दन स्पा एकाडेमी' बाट पनि स्पा थेरापिष्ट उत्पादन भैरहेको छ। विदेशमा लिइने कोर्सको तुलनामा नेपालमा  सीमित कोर्स मात्र अध्ययन गर्न पाइन्छ। खासगरी यहाँ तीन तथा छ महिने कोर्ष लिने व्यवस्था गरिएको छ। तीन महिने बेसिक र तीन महिने  एड्भान्स कोर्सको व्यवस्था नेपालमा छ। यहाँबाट सैद्धान्तिक र व्यावहारिक तालिम लिइसकेपछि स्पा थेरापिस्ट बन्न सकिन्छ। यसमा एसएलसी  उत्तीर्ण गरेकालाई भर्ना लिइन्छ।

के सिकाइन्छ ?

यो विषय प्रयोगमा आधारित भए तापनि सैद्धान्तिक ज्ञानको पनि आवश्यकता पर्छ। नेपालमा पढाइने अनौपचारिक कोर्सअन्तर्गत शरीर रचना र  क्रिया विज्ञानका सम्बन्धमा अध्ययन गर्नुपर्छ। मानव शरीर कसरी बनेको हुन्छ, कसरी सञ्चालित हुन्छ, जस्ता विषयहरू यसभित्र समेटिएको  हुन्छ। योग थेरापी पनि यही पाठ्यक्रमभित्र पर्छ। आत्मिक शान्ति एवं मनलाई सन्तुलन राख्न र तनावबाट मुक्त हुनका लागि योगा थेरापी  उपयुक्त हुने भएकाले यसलाई पाठ्यक्रमभित्र राखेर सिकाइन्छ। मसाज थेरापीअन्तर्गत ड्राइमसाज र वेट मसाजका सम्बन्धमा जानकारी  दिइन्छ। नेपालमा परम्परागत रूपमै मसाजको प्रचलन रहँदै आए तापनि त्यसको विधि एवं तौरतरिका भिन्ना-भिन्नै हुने भएकाले मसाजका  सम्बन्धमा जानकारी दिइएको हो। यसभित्र चीनको परम्परागत उपचार पद्धतिका रूपमा विकास भएको अकुप्रेसर पनि सिकाइनुका साथै, प्राकृतिक चिकित्सा, प्राकृतिक भोजन र पोषण, आधारभूत पञ्चकर्मबारे पनि जानकारी दिइन्छ। यसका अतिरिक्त प्राथमिक उपचार, नैतिकता,  हस्पिटालिटी, स्किन केयर, सरसफाइ र उपकरण व्यवस्थापनबकाबारे पनि शिक्षा दिइन्छ। यो विषयमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक  ज्ञान दिइन्छ।

रोजगारको अवसर छ

स्पा क्लब खुल्ने क्रम बढ्दो छ तर सम्बन्धित क्षेत्रमा काम गर्ने जनशक्ति छैन भनिन्छ नि ?

जनशक्ति नभएको होइन। अहिले नेपालमै पनि स्पा थेरापिस्टका तालिम लिन सकिन्छ। कतिपयले यहीं तालिम लिएर काम गरिरहेका छन्। तैपनि  जुन किसिमको माग हो, त्यसअनुसार पुग्दो जनशक्तिचाहिँ छैन।

किन होला ?

पहिलो त यसबारे धेरैलाई थाहा छैन। स्पा थेरापिस्ट भनेको के हो ? कहाँ सिक्ने भन्ने कुरा नै थाहा छैन। अर्को यसलाई कतिपयले मसाज से न्टरमा काम गर्ने पेसाका रूपमा बुझ्छन्। यद्यपि यो मर्यादित पेसा हो।

स्पा थेरापिस्टले कति कमाइ गर्न सक्छन् ?

यति नै भनेर ठ्याक्कै भन्न सकिँदैन। त्यो त उसले कस्तो ठाँउमा काम गरेको हो, उसको क्षमता कस्तो छ भन्ने आधारमा तय हुने कुरा हो।

टेक्स्चरले चाहिँ कति अवधिको स्पा थेरापिस्ट तालिम सञ्चालन गरिरहेको छ ?

अहिले हामी प्रारम्भिक अवस्थामै छौं। हामीलाई पनि स्पा थेरापिस्ट चाहिएको छ। त्यसैले आफैंले यस्तो जनशक्ति उत्पादन गर्न लागेको हो। यहाँ  तालिम लिने मध्येबाट उत्कृष्टलाई रोजगारको समेत अवसर छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

शिव मुखियाद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :