फरक बाटो

गृहपृष्ठ » » फरक बाटो » लेखहरु »

कञ्चनको कहानी

भन्नै सकिन्न, जीवनको बाटो कहाँ र कतिखेर मोडिन्छ ? वीरगन्जका कञ्चन झाकै कुरा सुनौं न। सन् २००६ मा अमेरिकाबाट दुई महिनाका  लागि मात्र नेपाल फर्केका उनी फेरि उता फर्किएनन्। सन्दर्भ अलिकति फरक छ। त्यो के भने, उनले नेपालमा पाइला टेक्दा मधेस आन्दोलन  चरम उत्कर्षमा पुगेको थियो। आन्दोलनकारीले बिर्तास्थित कञ्चनको घरनजिकैको चोकमा एक वृद्धले चलाइरहेको साइकलको टायरको हावा  फुस्काइदिए। ती वृद्धको पक्षमा बोलेपछि उल्टै कञ्चनको टाउकोमा मर्करी बज्रियो। आन्दोलनकारी कुर्लिए- 'तँ पहाडिया किन बोल्छस् ?'

हो, त्यही घटना थियो कञ्चनलाई फेरि अमेरिका जानबाट रोक्ने। उक्त घटनापश्चात् उनको जीवनको बाटो अन्तै मोडियो। 'मुलुक गलत  दिशातिर डोरिँदैछ भन्ने लाग्यो।' गत साता वीरगन्जस्थित सानो पाइलाको कार्यालयमा उनले सुनाए, 'समाज र राष्ट्रका लागि केही दिन सकिनँ  भने मेरो पढाइको अर्थ हुँदैन।' बूढानीलकण्ठबाट एसएलसी र लिटिल एञ्जल्सबाट प्लस टु गरेका झाले आफैंबाट परिवर्तनको सुरुवात गर्न  कम्मर कसे। आफूजस्तै सोच, विचार र योजना भएका साथीहरू बटुले। चियापसलमा बसेर आफूले गर्ने भावी योजना, युवासँग जोडिएका  विविध विषयहरूका बारेमा लामै छलफल भयो। सबैको साझा चाहना बन्यो- एनजीओभन्दा भिन्ै शैलीमा काम गर्ने, पाँच वर्षसम्म विदेशीको  सहयोग नलिने र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्मलाई निरन्तरता दिने। चिया गफमा सहभागी सातमध्ये महेश उपाध्यायले संस्थाको  नाम जुराए- सानो पाइला।

वीरगन्जका उत्साही युवाले स्थापना गरेको सानो पाइलाले यसबीच सात वर्षको यात्रा पार गरिसकेको छ। तराईका आधा दर्जन जिल्लामा  लागूऔषध नियन्त्रण, एचआइभी एड्स रोकथाम, गाँजा खेतीमा रोक, शिक्षा, स्वास्थ्य, शान्ति र न्यायका क्षेत्रमा थोरै भए पनि सकारात्मक  परिवर्तन देखा पर्न थालिसकेको छ। कैयौ वर्षअघिदेखि गरिँदै आएको गाँजाखेतीका ठाउँमा सम्झाइ-बुझाइ गरेपछि आयमूलक व्यवसाय सुरु  भएको छ। अहिले पर्सामा मात्र ८२ वटा गाविसमा तरकारी खेती सुरु गरिएको छ। प्रहरीहरूसँग मिलेर गाँजा र अफिम खेतीविरुद्धको  अभियानले पनि तीव्रता लिएको छ। लागूऔषधमा फसेका सयौं युवालाई मुक्त भएर स्वरोजगारमूलक व्यवसाय गर्दैछन्। लागूऔषधबाट छुटाउन  सफल सानो पाइलाले ती युवालाई मैनबत्ती, अगरबत्ती, मसला, चियापसलजस्ता व्यवसायमा संलग्न गराएको छ। लागूऔषधको दुव्र्यसनमा  फसेका व्यक्तिहरूलाई परामर्श दिन गत असोज २८ बाट वीरगन्जमा पुनस्र्थापना केन्द्र पनि सञ्चालनमा आइसकेको छ। आफ्नो सपनाले  बिस्तारै साकार रूप लिन लागेकोमा कञ्चन औधी खुसी छन्। 'राति बिनातनाव मस्तसँग सुत्छु।' अमेरिकाको विस्कन्सिनस्थित  बेलोइट कले जबाट अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थशास्त्रमा स्नातक गरेका कञ्चन सुनाउँछन्, 'यो आनन्द म शब्दमा बयान गर्न सक्दिनँ।' उनीजस्तै सहकमीर् हरू पनि त्यत्तिकै खुसी छन्। 'साँचो मनले काम गर्ने हो भने सफलता मिल्दो रहेछ।' लामो समयदेखि कञ्चनसँगै कामको अनुभव बटुलेका  सुवीर घोष तथा खुश्वु श्रीवास्तवले आफ्नो अनुभव सुनाए। थोरै भए पनि परिवर्तनको पाइला चालेको खुस्बुले तर्क गरिन्। काम गर्दा उनीहरू  स्थानीय समुदाय, प्रहरी, राजनीतिक दल एवं नागरिक समाजसँग मिलेर अघि बढ्छन्, जसले गर्दा निकै सहजता मिलेको छ।

सानो पाइलामा काम गर्ने सबै युवा भोलेन्टियरका रूपमा काम गर्छन्। पैसा, पद र सम्मानका लागि होइन, भित्री मनदेखि सेवाको भावनाले प्रेरित भएर उनीहरूमा काम गर्ने जाँगर पलाएको छ। यहाँसम्म आइपुग्न थुपै्र कठिनाइ झेल्नुपरेको तीतो अनुभव सँगालेका छन् कञ्चनले।  'सम्झाउन, बुझाउन एकदम गाह्रो भयो।' हल्का दाह्री पालेका झाले कफीको चुस्की लिँदै सुनाए 'यसले टन्न डलर ल्याएको छ सम्म भन्थे।'  हाल अलजजिरा टेलिभिजनका लागि नेपालको फिक्सरका रूपमा कार्यरत उनी गाउँगाउँ पुग्छन्। अरूको आँखा नपुगेका विषयवस्तुहरू टपक्क  टिपेर रिपोर्ट बनाउँछन्। उनी त्यसैबाट आउने पारिश्रमिकका भरमा टिकेका छन्। संस्थाको अध्यक्ष भए पनि उनी पारिश्रमिक लिँदैनन्। कलेज  पढ्दा कञ्चनलाई 'डाक्टर बन्नुपर्छ' भनेर सम्झाउँथे उनका बुबा डा. काशिकान्त झा, तर परिवारमा दाजु, भाउजू, दिदी, भिनाजु सबै जना  डाक्टर भएकाले उनलाई भने डाक्टर बन्ने मन थिएन। यतिबेला छोराको काम देखेरडा  काशीकान्त खुसी छन्। 'मेरो छोरो समाजकै डाक्टर  बनेको छ,' साप्ताहिकसँग उनले भने।

समाज परिवर्तन गर्न पैसाभन्दा 'प्यासन' चाहिँदो रहेछ। कञ्चनको अनुभवले यही भन्छ, तर कठिनाइसँग भने जुझ्नैपर्छ। आफ्नै खल्तीबाट  पैसा उठाएर संस्था खडा गर्दा थुप्रैले नकारात्मक टिप्पणी गरेका थिए। यति हुँदाहुँदै पनि उनको समूहले काम गर्न रोकेन। बरु तराईका गाउ 'गाउँ पुगेर आफ्नो अभियानलाई तिव्रता दिए। 'कति ठाउँमा त झडप हुने अवस्थासमेत आयो।' कार्यक्रम अधिकृत रौनकराज सर्राफले भने, 'गाँजा खेती गरेर राम्रो आम्दानी गरिरहेकाहरूलाई पेसा छोडाउन गाह्रो थियो।' त्यसको असरका बारेमा बुझाउन सकेपछि मात्र उनीहरू तरकारी  खेतीतर्फ आकषिर्त भए। आफ्नो उद्देश्यमा सफल भएपछिसानो पाइलाका सहकर्मीहरूमा आत्मविश्वास थपिएको छ। यतिबेला धेरै सहयोगी  हात पनि थपिएका छन्। वीरगन्जका रिक्सा चालक, मासु व्यवसायी, पसले र लेबरहरूले मासिक ३० रुपैयाँ प्रदान गर्छन्। सयौंको संख्यामा  रहेका यिनै सहयागीको भरमा संस्थालाई सहयोग पुगेको छ। यसरी प्रदान गरिएको रकम थोरै भए पनि त्यसले ठूलो महत्त्व राख्छ। 'सानो  पाइला' सबैको हो। समुदायका लागि हामीले पनि पहल गरेका छौं भन्ने भावनाको महसुस गराउन खोजेका हौं,' कञ्चन भन्छन्।  

कञ्चन अब फेरि अमेरिका र्फकनेछैनन्। उता छँदा उनी कम्युनिटी रिसर्च अफिसमा कन्सल्ट्यान्सी गर्थे। राम्रै आम्दानी हुन्थ्यो, तर किन-किन  विदेशको भौतिक सुख, सुविधा र पैसाले उनलाई तानेन। बरु स्वदेशमै केही गर्ने अठोट बलियो भएर गयो। धेरै चोटि फेरी अमेरिकामा पढ्न  जाने कि भनेर उनी दोधारमा पनि परे, तर काम यति थपिँदै गयो कि त्यतातिर सोच्ने फुर्सदै मिलेन। आफैंले थालेको सानो पाइलामा हिंड्न  ठिक्क छ कञ्चनलाई।

प्रेरणाको स्रोतः बुबा डा. काशिकान्त

अविस्मरणीय क्षणः छात्रवृत्ति पाउँदा

ग्याजेटः आइफोन, म्याकबुक प्रो

मनपर्ने खानाः नेपाली र इटालियन खाना

मनपर्ने पहिरनः जिन्स पाइन्ट, सर्ट

अबको लक्ष्यः सन्तुष्टिसँग बाँच्ने

घुम्न मनपर्ने स्थानः फ्लोरिडा, पोखरा

आइडल व्यक्तिः नेल्सन मण्डेला, मोहम्मद युनुस

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

नरेन्द्र रौलेद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :