फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

दुःखी मनीषा

मानिसलाई जुन कुरादेखि डर लाग्छ, अन्ततः त्यही भएर छाड्छ। बलिउड अभिनेतृ एवं नेपाली चेली मनीषा कोइरालालाई रोगहरूमध्ये  क्यान्सरसँग बढी डर लाग्थ्यो। पाँच वर्षअघि फिल्मफेयर पत्रिकासँगको अन्तरवार्तामा उनले क्यान्सरसँग आफू डराएकै कारण चुरोट खान कम  गरेको बताएकी थिइन्। आफ्नो परिवारका महत्त्वपूर्ण सदस्यहरूलाई क्यान्सरकै कारण गुमाएकी मनीषाले पछिल्लो समय मुम्बईमा उनलाई  साथ दिने दुई मित्र मोना कपुर र अशोक मेहतालाई गुमाइन्। चलचित्र क्षेत्रमै सक्रिय मोनाको आठ महिनाअघि निधन भएको थियो भने मे हताको दुई महिनाअघि। ती दुवै जनालाई क्यान्सर भएको थियो। परिवारमा क्यान्सर रोगले निम्त्याएको दुःख सुन्दै हुर्किएकी मनीषाले आफ्नै आँखा अघि क्यान्सरले जर्जर बनाएको कपुर र मेहताको शरीर देखेकी थिइन्। अहिले त्यही क्यान्सरले मनीषालाई आक्रमण गरेको छ।

नेपाल आएका बखत तीन साताअघि फूड प्वाइजनिङको आशंकामा नर्भिक अस्पताल भर्ना भएकी मनीषा अस्पतालकै बेडमा ४ पटक बेहोस  भइन्। अचानक बेहोस हुने मनीषाको लक्षण गम्भीर पाएपछि भाइ सिद्धार्थले मुम्बईका निजी चिकित्सकहरूसँग सल्लाह गरे। नर्भिकले पनि  विदेश लान ढिला नगर्न सल्लाह दिएपछि रातारात उनलाई मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको थियो। जसलोक अस्पतालले उनलाई  क्यान्सर भएको निक्र्यौल गरी पाठेघरको शल्यक्रिया गरेको छ।

यद्यपि उनको क्यान्सर कुन स्टेजको हो, बताइएको छैन। पारिवारिक सूत्रले भने उनको क्यान्सर प्रारम्भिक अवस्थामा रहेको दाबी गरेको छ।  तैपनि उनलाई थप उपचारका लागि अमेरिका लगिनुले रोगको गम्भीरताका सम्बन्धमा विभिन्न अनुमान जारी छ। अमेरिकाबाट प्राप्त  जानकारीअनुसार त्यहाँ मनीषाको शल्यक्रिया गरेर बाँकी रहेका क्यान्सरका सेललाई बढ्न नदिन विभिन्न उपाय गरिदैछ।

दुःखी मनीषा

मनीषा कोइराला भारतमा सफलता पाउने थोरै नेपालीमध्ये एक हुन्। ३० लाखभन्दा बढी नेपालीले कर्मभूमि बनाएको भारतमा मनीषा को इरालाले सबैभन्दा प्रतिस्पर्धी मानिएको बलिउड चलचित्र उद्योगमा करिब एक दशक लोकपि्रय नायिका भएर काम गरिन्। करोडौ व्यक्ति उनका  प्रशंसक भए र हिन्दी चलचित्र उद्योगमा राम्रो अभिनय गर्ने नायिकाको सूचीमा उनलाई पनि राखियो। राजनैतिक पृष्ठभूमि पनि निकै राम्रो  रहेको मनीषा जुनबेला भारतमा प्रसिद्ध नायिका थिइन्, नेपालको सत्ता पनि उनको परिवारको वरिपरि घुम्दथ्यो।

बलिउडमा प्रशिद्ध भएपछि उनले करोडौं रुपैयाँ कमाइन्। उनको अभिनय क्षमता देखेर त्यसबेलाका चर्चित अभिनेतृहरू जुही चावला र माधुरी  दीक्षित खुलेरै आफ्नो प्रतिस्पर्धा मनीषासँग भएको बताउँथे। त्यो बेला बलिउडमा राम्रो पारिश्रमिक लिने नायिकाको सूचीमा उनी तेस्रो  नम्बरसम्म पुगेकी थिइन्। यद्यपि छोटो समयका लागि आएको प्रसिद्धी र पैसाका पछि चियाएर हेर्दा उनी एउटी दुःखी मनुवा लाग्थिन्। १२ वर्ष अघि साप्ताहिकसँग अन्तरंग कुराकानी गर्ने क्रममा मनीषाले भनेकी थिइन्, 'बाहिरबाट हेर्दा मेरो जुन पोजिसन देखन्छ, वास्तवमा त्यो छैन।  मैले बलिउडमा बिताएका प्रत्येक पल दुःख र संघर्षले भरिएका छन्।' केही महिनाअघि रिलिज भएको चर्चित फिल्म 'हिरोइन' लाई मनीषा को इरालाको जीवनसँग मिल्ने कथा भनेर मुम्बईका चर्चित पत्रिकाहरूले टिप्पणी गरेका थिए। करिना कपुर नायिका रहेको उक्त चलचित्रमा  चलचित्र नगरीमा नायिकाले भोग्ने दुःखद कथा उतारिएको थियो। यसबाट पनि मनीषाको वाहिरी प्रसिद्धिभन्दा भित्री दुःख बढी थिए भन्ने निर्क्योल निकाल्न सकिन्छ।

बलिउडको संघर्ष र स्क्यान्डललाई एकातर्फ पन्छाउँदा पनि मनीषाले कहिल्यै आनन्दको सास फेर्न पाइनन्। नेपाली युवकसँगै विवाह गर्नुपर्छ  भन्ने पारिवारिक दबाबका अघि उनले मन पराएका केही भारतीय र दुई जना युरापेली युवकसँग उनले विवाह गर्न सकिनन्। ४० वर्षको  उमेरमा भेटिएका नेपाली युवकसँग गरेको विवाह पनि सुखद रहन सकेन।

विवाहको वर्ष दिन नबित्दै करिब ४४ लाख खर्च गरेर एवं बलिउडका कलाकारसमेत निम्त्याएर गरिएको भव्य विवाह टुट्न पुग्यो। त्यसयता  चरम पीडाबाट गुजि्रएकी मनीषाले केही समय 'हेभी अल्कोहल'को सहारा लिएर आफूलाई भुल्ने प्रयत्न गरिन्। जब चारैतिरबाट उनको चिन्ता  हुन थाल्यो, उनका सहयोगीहरूले मद्रासका केही चर्चित आध्यात्मिक संस्थाहरूमा ध्यान र योगको प्रशिक्षण लिन सल्लाह लिए। सानैदेखि संघर्ष  गरेकी मनीषाले फेरि नयाँ आशा लिएर जीवन संघर्ष गर्न थालिन्। पछिल्ला केही समयदेखि अल्कोहल, माछा-मासु एवं धूमपान छाडेकी  मनीषाले भन्न थालेकी थिइन्, 'अब बिना तनावमा शुद्ध जीवन बिताउँछु।' यस्तो प्रतिक्रिया दिएको केही सातामै उनमा क्यान्सर देखियो। ४२  वर्षकै उमेरमा क्यान्सरले गाँजेपछि उनी फेरि दुःखी भएकी छिन्।

पारिवारिक तनाव

मनीषाको दुःखको मुख्य कारण सानैदेखिको पारिवारिक तनाव रहेको उनको व्यवहारले बताउँछ। परिवारका सम्पूर्ण सदस्य राजनीतिमा लागेका  कारण उनको विद्यालय शिक्षा बनारसमा भएको थियो।

विद्यालयमा हुने नाटकमा भाग लिने मनीषालाई परिवारले चिकित्सक बनाउन चाहेको थियो। उनी भने कलाकार हुनकै लागि परिवारसँग  झगडा गर्थिन्। चिकित्सक बन्नुपरे पनि दुई-चारवटा फिल्म खेलेरै छाड्ने उनको धोको थियो। संयोग कस्तो पर्‍यो भने पहिलो चलचित्र 'सौ दागर' बाटै बलिउडमा उनी सम्भावित नायिकाका रूपमा सम्मानित भइन्। ज्याकी श्राफ, गोविन्दाजस्ता त्यस बेलाका चर्चित नायक एवं  सञ्जय लिला भन्सालीजस्ता युवा निर्देशकले उनलाई चलचित्र नगरी छाडेर चिकित्सक बन्न जानु मुर्खता हुन् भनेर सम्झाए। तिनै  शुभचिन्तकको भरोसामा उनी परिवारको इच्छा विपरित बलिउडमा अडिरहिन्।

केही वर्षको संघर्षपश्चात् नै शुभचिन्तकको आशाअनुरूप नै उनी बम्बै, दिले से, अग्निसाक्षी, १९४२ अ लभ स्टोरीजस्ता हिन्दी भाषाकै चर्चित  चलचित्रकी नायिका हुने मौका पाइन्। लामो समयसम्म आफ्नो काम ठीक छ भन्ने कुरा मनाउन उनले परिवारसँग झगडा गर्नुपरेको थियो।  यद्यपि यही बलिउडको कमाइ नै उनको परिवार चलाउने मुख्य आधार बन्यो। बुबा प्रकाश कोइराला नेपाली कांग्रेसको राजनीतिमा पछि पर्दै  गएका र भाइ सिद्धार्थको करियर बन्न बाँकी रहेका बेला अन्ततः उनको प्रसिद्धि र आम्दानी नै काम लाग्यो।

ठूलो प्रयत्न गर्दा पनि मनीषाले भाइ सिद्धार्थलाई बलिउडमा स्थापित गर्न सकिनन्। भाइका लागि दुई करोडभन्दा बढी लगाएर निर्माण गरेको  चलचित्र पनि नराम्रोसँग डुब्यो। उक्त चलचित्र डुब्दा मनीषाको नेपालसँग सम्बद्ध कतिपय योजना (समाजसेवाका) तुहिए। त्यति मात्र होइन,  बुबालाई राजनीतिमा स्थापित गर्न उनले लिएको राजतन्त्रको पक्ष पनि गलत हुन पुग्यो। मनीषाको बढ्दै गएको लोकपि्रयताबाट उत्साहित  भएका कतिपय युवा उनलाई राजनीतिमा आउन प्रेरित गरिरहेका थिए।

युवाको चाहनालाई भन्दा बुबाको राजनीतिलाई महत्त्व दिँदै उनले राजतन्त्रको पक्ष लिइदिइन्। सक्रिय राजतन्त्रमा बुवा प्रकाश कोइराला केही  महिना मन्त्री त बने, तर मनीषाको यही लाइनले अन्ततः उनको बुबाको मात्र होइन, मनीषाको राजनीतिमा पनि पूर्णविराम लगाइदियो। 

अहिले उनी क्यान्सरबाट पीडित छिन्। उनको क्यान्सर कुन अवस्थामा छ, निक्र्योल भैसकेको छैन। यद्यपि करोडौं प्रशंसक भएकी यी नायिकाको  दुःखको कथाले भने सबैलाई चिन्तित तुल्याएको छ।

थप उपचार न्युयोर्कमा

न्युयोर्कमा मनीषाको स्वस्थ्य परीक्षण भएको छ । थप उपचारका लागि उनी न्युयोर्कको म्यानहटनमा रहेको मेमोरियल स्लोनी केटरिङ क्यान्सर  सेन्टरमा पुगेकी थिइन् । यो न्युयोर्कको प्रतिष्ठित क्यान्सर अस्पताल हो । यही सेन्टरमा जिब्रोको क्यान्सर भएका कांग्रेस सभापति सुशील को इरालाको पनि उपचार भएको थियो । न्युयोर्क पुग्नासाथ मनीषाले चिकित्सकहरूसँग

आफ्नो स्वस्थ्यका सम्बन्धमा छलफल गरेकी थिइन् ।  मनीषा आफ्ना बुवा, आमा र भाइसहित म्यानहटनस्थित एक आफन्तकहाँ बसेकी छिन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :