Facebook फन्डा

गृहपृष्ठ » » Facebook फन्डा » लेखहरु »

Facebook फन्डा

रेखा ओझाले पोस्ट गरिन्ः

मेरी प्यारी ग्याँस

न्यानो माया

के छ तिम्रो हालखबर, तिमी त कति निष्ठुरी ! भुक्का लागेको बेलामा नै छाडेर गैदियौ। अचेल त तिम्रो भाउ बढ्दा-बढ्दा १,५०० मा पुगेर भेट्न पनि साह्रै गाह्रो भयो। तिमीले छाडेर गएपछि त खान पनि मन लाग्न छाड्यो। खाना पकाउन पाएको भए पो खान मन लाग्नु ? तिम्रो यादमा खाना नखाई सुत्दा दुष्ट मुसाहरू पेटमा क्रिकेट खेल्छन्। सहनै गाह्रो भा' छ,। तर तिमी चिन्ता नगर, म १,५०० रुपैयाँ हुनेबित्तिकै तिमीलाई लिन आउँछु। पत्रमा धेरै के लेखौं र ? बाँकी कुरा भेटमै गरौंला।

उही तिम्रो

अभागी नेपाली जनता -एट काजी पोखरी

सुपर जोक्स कमेडीमा पोस्ट गरिएको अर्को सामग्री

जुँगे साहूको डिपोमा ग्याँस आएको छ रे भन्ने सुनेर रूपमती दगुर्दै गई।

तर, साहूले ग्याँस लुकाएर राखेको थियो। उसले भन्यो, 'ग्याँस त सकियो।'

रूपमतीलाई विश्वास लागेन। तर, निकै अनुरोध गर्दा पनि जुंगे साहू डेग चलेन।

अन्त्यमा रूपमतीले अलिकति दिमाग खियाई। उसले जुँगे साहूको कान नजिकै मुख लगेर भनी, 'मलाई एक सिलिन्डर ग्याँस दिनुभयो, भने गालामा एक किस खान दिन्छु।' अब भने जुँगे साहू नपग्लिने कुरै थिएन। रूपमतीको गालामा किस खाएर उसले एउटा सिलिन्डर दिएर पठायो।

रूपमती पनि मख्ख पर्दै सिलिन्डर गुडाउँदै हिँडी। बाटोमा लाटोबुंगो भेटियो। उसले ग्याँस कहाँ पाइयो दिदी भनेर सोध्यो। रूपमतीको पेटमा के कुरा अडिन्थ्यो, उसले सारा बेलिविस्तार लाई।

लाटोबुंगोलाई श्रीमतीले आज ग्याँस नल्याए घरै पस्न दिन्न भनेकी थिई।

ऊ पनि दगुर्दै जुंगे साहूकहाँ गएर सोध्यो, 'साहुजी ग्याँस छ ?'

'छैन,' साहुजीले झर्किंदै भन्यो।

लाटोबुंगोले पनि साहुजीको कानैमा मुख लगेर भन्यो, 'गालामा एक किस खान दिन्छु नि !'

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

विदुरद्वारा अन्य प्रकाशित लेखहरू

Facebook फन्डा
| अंकहरु: 17-5
Facebook फण्डा
| अंकहरु: 17-12

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :