पहिलो विश्व

गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »

श्रीमतीलाई छल्दा

विवाहित पुरुष जो आफ्नी श्रीमतीको आँखा छलेर वा ढाँटेर अर्की महिलातर्फ लहसिन्छ त्यस्ता पुरुषमा  गम्भीर शारीरिक समस्या उत्पन्न हुनसक्छ। एक नयाँ अध्ययनअनुसार जुन विवाहित पुरुषले श्रीमतीका अतिरिक्त अर्की कुनै महिलासँग शारीरिक सम्बन्ध राख्छ उसको लिंग भाँचिन सक्छ। पेनिस ब्रोकेन भनिने यस्तो अवस्था तब उत्पन्न हुन्छ जब लिंगको मांसपेशी टुट्छ, त्यसपछि लिंग सुन्निनुका साथै असह्य पीडा पनि हुन्छ।

अमेरिकाको मेरिल्यान्ड मेडिकल सेन्टर युनिभर्सिटीका युरोलोजिस्ट एन्ड्रयु क्रेमरले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो। डा. क्रेमरका अनुसार मानसिक तनाव, हतार तथा प्रतिकुल परिस्थितिमा सम्भोग गर्दा लिंग भाँचिन सक्छ। विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा उसको मनमा एक प्रकारको डर र तनाव हुन्छ भने ऊ जतिसक्दो छिटो यौनक्रीडा सक्ने ध्याउन्नमा हुन्छ। यस्तो अवस्थामा उसको लिंगको मांसपेशी क्षतिग्रस्त हुन्छ जसलाई पेनिस ब्रोकेन वा लिंग भाँचिनु भनिन्छ।

डाक्टर क्रेमरले २००४ देखि २०११ सम्ममा मेरील्यान्ड अस्पतालमा आएका लिंग भाँचिएका पुरुषहरूमा अध्ययन गरेर उक्त तथ्य सार्वजनिक गरेका हुन्। उनको अध्ययनमा संलग्न पुरुषमध्ये आधाभन्दा बढीले आफ्नो परस्त्रीसँग अवैध सम्बन्ध रहेको खुलासा गरेका थिए। अझ सम्भोगका बेला विभिन्न आसन प्रयोग गर्ने पुरुषहरूमा यस्तो समस्या बढी देखिएको छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :