अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।
भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।
हङकङसँग हारसँगैं नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रालाई टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।
मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अविलम्ब पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत कार्य शुभारम्भ गर्न सरकारसँग आग्रह गरेको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।
नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षको उत्कृष्ट खेलाडी र प्रशिक्षक कविराज नेगी लामा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, तल्लो चिप्लाको लेकमा चट्याङ पर्दा ९ वटा भैंसी मरेका छन् । स्थानीय कालबहादुर गुरुङले पालेको भैंसी चराएर गोठतर्फ फर्कांउँदै गर्दा भैंसीमाथि एक्कासी चट्याङ बज्रिएको हो । १४ वटा भैंसी रहेकोमा ५ वटा अलि अगाडि गएका कारण जोगिएको स्थानीय रासी गुरुङले बताए ।
पाल्पाका दर्जन बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।
विराटनगर महानगरपालिका-१४ का निवर्तमान वडाध्यक्ष बलदेव यादवसहित नौ जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा कटानी जाहेरी दर्ता भएको छ । पूर्ववडाअध्यक्ष यादवको निर्देशनमा विराटनगरको जतुवामा दिन दहाडै दुई युवामाथि ज्यान मार्ने उधेश्यले तरबार प्रहार भएको भन्दै प्रहरीमा जाहेरी परेको हो ।