कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘गोर्खाल्याण्ड’ आन्दोलनको आगो सल्किँदै–निभ्दै गर्ने मेचीपारिको नेपालीभाषी बाहुल्य भारतीय भूमि दार्जिलिङ अचेल शान्त छ । सन् २०१७ मा अन्तिमपटक निभेको गोर्खाल्याण्डको आगो पुनः नसल्किए पनि राजनीतिक प्रतिस्पर्धा भने तीव्र छ ।
धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो ।
सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीले सरकारको अन्तिम लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा द्विधामा रहन नहुने बताएका हुन् ।
मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।
चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक विद्युत् आयात गर्ने देशबाट निर्यात गर्ने देशका रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेकेा बताएका छन् । भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ उद्घाटन गर्दै बिहीबार राष्ट्रपति पौडेलले यो सबैका लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरेका हुन् ।