कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, पाण्डे र राईसहितलाई छोड्न सर्वोच्चद्वारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जनालाई रिहाइ गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा

इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा शनिबार हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनको  आवश्यक सुरक्षा व्यवस्थापन कार्य  तयारी पूरा भएको जनाएको हो ।

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

महाबै गाउँपालिकाका पूर्वउपाध्यक्ष शाहीसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही  र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्यटनमन्त्रीलाई व्यवसायीले भने- 'हवाई भाडाबाट भ्याट हटाइदेउ' 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।

‘साइबर प्रतिरक्षा प्रणाली विकास अपरिहार्य’ : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले साइबर प्रतिरक्षा प्रणाली विकास अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौँथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८१ बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् । 

दक्षिण एसियामा बीआरआईबारे चर्चा

दक्षिण एसियामा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे चर्चा गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) ले बिहीबार गरेको कार्यक्रममा ‘बीआरआईलाई प्रतिबिम्बित गर्दै दक्षिण एसियाका अनुभव र पाठ’ का विषयमा दक्षिण एसिया प्रतिनिधिहरुले छलफल गरेका हुन् ।

कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ जारी, आजै फैसला आउने

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अहिले जिल्ला अदालत रौतहटमा सुनुवाइ चलिरहेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भइरहेको हो ।

उपनिर्वाचनमा सेना परिचानल गर्न स्वीकृति प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मौखिक आदेशमा छाडियो चिया

मौखिक आदेशमा छाडियो चिया

कान्तिपुर संवाददाता

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

खोटेहाङमा किसानलाई राँगा वितरण

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

मदन भण्डारीको घर मर्मत गरिँदै

मदन भण्डारीको घर मर्मत गरिँदै

आनन्द गौतम

तत्काली एमाले महासचिव मदन भण्डारीको जीर्ण अवस्थामा रहेको घर मर्मत गर्न लागिएको छ । स्वर्गीय भण्डारीको घर मर्मत गर्न राष्ट्रिय युवा संघ र अनेरास्ववियु तम्सिएका छन् । घरको स्वरुप नबिग्रने गरी छाना फेर्ने, घर मर्मत गर्ने र वरिपरिको क्षेत्र सरसफाई गर्ने कामलाई तीव्रता दिइएको युवा संघका केन्द्रीय सदस्य गोपाल न्यौपानेले जानकारी दिए । 

कोशी बाट थप
दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

शंकर आचार्य

वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् । 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

शंकर आचार्य

प्रहरीले वीरगन्जबाट भन्सार छली गरेर ल्याएको कपडा लत्ता बोकेको  भारतीय नम्बरका २ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

अजित तिवारी

मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

अजित तिवारी

धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

सुनिता बराल

मटिहानी नगरपालिका-६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 

मधेस बाट थप
आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

रासस

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रासस

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

वाग्मती बाट थप
अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

प्रतीक्षा काफ्ले

कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

हरिराम उप्रेती

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

घनश्याम खड्का

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

आश गुरुङ

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

म्याग्दीका अधिकांश वनमा डढेलो 

म्याग्दीका अधिकांश वनमा डढेलो 

घनश्याम खड्का

जिल्लाका अधिकांश सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा दैनिकजसो डढेलो लागिरहेको छ । 

गण्डकी बाट थप
अपहरणमा संलग्न ६ जना पक्राउ

अपहरणमा संलग्न ६ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु नगरपालिका-४ मलपरवाका ३७ वर्षे विनित मिश्रालाई अपहरण गर्ने ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट मिश्र अपहरणमा परेका थिए ।

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

माधव अर्याल

स्वास्थ्य कार्यालय पाल्पाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरेको छ । लामो समयदेखि मातृशिशु स्याहारमा क्रियाशिल जिल्लाका ११ जना स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । 

तातो हावा ‘लू’ ले नेपालगन्जको जनजीवन प्रभावित

तातो हावा ‘लू’ ले नेपालगन्जको जनजीवन प्रभावित

रासस

चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । 

हात्तीपाइले नियन्त्रण गर्न १६ औं पटक औषधि

हात्तीपाइले नियन्त्रण गर्न १६ औं पटक औषधि

मनोज पौडेल

१५ औं पटक हात्तीपाइले (फाईलेरिया)को औषधि खुवाउँदा पनि निष्प्रभावी भएपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको छ । रोग निवारणका लागि सन् २००७ देखि हरेक वर्ष औषधि खुवाउँदै आइएको थियो । 

अपहरणमा परेका युवाको ८ घण्टापछि उद्धार

अपहरणमा परेका युवाको ८ घण्टापछि उद्धार

मनोज पौडेल

अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवाका विनित मिश्रालाई प्रहरीले उद्धार गरेको छ ।

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ स्थित लोकबहादुर भण्डारीको घरमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ३ सय ४० ग्राम ब्राउन सुगर फेला पारेको छ । 

लुम्बिनी बाट थप
विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विप्लव महर्जन

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णालीमा बल्ल एक मन्त्री 

कर्णालीमा बल्ल एक मन्त्री 

कृष्णप्रसाद गौतम

कर्णालीमा मुख्यमन्त्रीमा नियुक्त भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल एक जना मन्त्री थपेका छन् । उनी गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

राजबहादुर शाही

जिल्लामा एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँकी ८० वर्षीया नोन्जोम कामीले बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको हातबाट नेपाली नागरिकता पाएकी हुन् ।

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए । 

कर्णाली बाट थप
सरसफाइ गरिदै रानी ताल 

सरसफाइ गरिदै रानी ताल 

भवानी भट्ट

चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

चित्रांग थापा

बैतडीको सुर्नया गाउँपालिका–८ का भोजबहादुर कुँवर ८ वटा राँगा र भैंसी मिनिट्रकमा ढुवानी गरी मंगलबार बिहानै यहाँको हाटबजार आइपुगे । उनले डडेलधुराको अजयमेरु गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीबाट स्थानीय संकलकहरुमार्फत् किनेर ती राँगाभैँसी  हाटबजार पुर्‍याएका हुन् । ती राँगाभैँसी कटाइ गरेर मासुका लागि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेनुका ढुंगाना

आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

सुदूरपश्चिम बाट थप

उत्कृष्ट होमस्टेलाई शनिबार पर्यटनमन्त्रीले पुरस्कृत गर्ने

वाग्मती प्रदेशका होमस्टेहरुको शनिबार नुवाकोटमा सम्मेलन गर्न गइरहेको तारागाउँ विकास समितिले उत्कृष्ट होमस्टे (घरबास) लाई पुरस्कृत गर्ने भएको छ ।

चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा

कोशी प्रदेश प्रहरी टिमलाई ३–१ गोलले पराजित गर्दै पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । जितसँगै पेमाले उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीसँग खेल्नेछ ।

‘सी’ डिभिजनमा सबै सम्भावना खुला

लिग फुटबल त्यतिबेला सुन्दर हुन्छ, जतिबेला त्यहाँ सबै प्रकारको सम्भावना खुला हुन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको सहिद स्मारक ‘सी’ डिजिन लिगमा बुधबार चौथो चरणका खेल सकिँदा यस्तै देखियो । यो लिगमा नतिजाबारे अनुमान गर्न अब झन् गाह्रो हुनेछ । 

वर्ल्ड ट्रायथलनका अध्यक्ष कासाडो काठमाडौंमा

वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् ।

ऋषभको उत्कृष्ट प्रदर्शनमा दिल्ली विजयी

कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । 

‘सुन साइँली,चालीस कटेसी रमाउँला’

गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.