कोशीमा किचलो : सरकार गिराउन संकल्प प्रस्तावको ‘हतियार’
केन्द्रमा जब सत्ता समीकरण बदलियो, तब कोशीका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने अभियानमा सत्ताघटक दलहरु एमाले–माओवादी सक्रिय बन्न थाले ।
केन्द्रमा जब सत्ता समीकरण बदलियो, तब कोशीका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने अभियानमा सत्ताघटक दलहरु एमाले–माओवादी सक्रिय बन्न थाले ।
भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।
इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ११ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् ।
संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।
नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध निकै खराब ब्याटिङ गरेको छ । सन्दीप जोराले अर्धशतक बनाए पनि ओमानमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेर तोकिएको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोले सो गुनासो सम्बोधन गर्न परीक्षा केन्द्र स्वचालित (र्यान्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी छन् ।
सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।
जिल्लाको मायादेवी गाउँपालिकामा एक भारतीय नागरिकलाई अपहरण पछि कुटपिट गरेर हत्या गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ ।