वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्यो
वाग्मती प्रदेशमा सत्ता संकट तत्कालका लागि टर्ने भएको छ । २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी हुने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सत्ता संकट तत्काललाई टरेको हो । स्रोतका अनुसार हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार साँझ ६:३० बजे संस्कृति पर्यटन तथा सहकारी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।