Kantipur-qatar

Kantipur

मिति | शनिबार, २०७० जेष्ठ ११     Login | Register | Issue No. 222
अन्तिम पृष्ठ»

स्मितामाथि उपन्यास लेख्दै

काठमाडौ, माघ ४ -
मोडल स्मिता थापाले प्रेम र यौनबारे केही वर्षअघि कान्तिपुर साप्तहिकमा दिएको अन्तर्वार्ताले सनसनी मच्चाएको थियो । 'मलाई लोग्ने हैन लोग्ने मानिस चाहिन्छ' शीर्षकको अन्तर्वार्ता प्रकाशित भएयता यौन र प्रेमसम्बन्धी नयाँ पुस्ते चेतना र बदलिँदो समाजबारे बहस बाक्लो बन्दै गएको छ । सुब्रत आचार्यको सहयोगमा अश्विनी कोइरालाले लिएको उक्त अन्तर्वार्ताबाट प्रभावित भएर राजेन्द्र थापाले उपन्यास नै तयार पारेका छन्- 'खेलौना ।'

एक महिना लाएर उपन्यास लेखिसकाएको राजेन्द्रले बताए । कवि, गीतकारसँंगै स्तम्भकारको छवि बनाएका राजेन्द्र चालीस वर्षपछि आख्यानमा फर्केका हुन् । 'चालीस वर्षअघि एउटा उपन्यास लेखेर रत्न पुस्तक भण्डारलाई दिएको थिएँं,' शनिबार लोकन्थलीस्थित निवासमा भेटिएका राजेन्द्रले भने, 'पछि रत्नले पाण्डुलिपि हराएको भन्यो, छापिएन ।' त्यसयता 'पोहर साल खुसी फाट्दा जतन गरी मनले टालें...', 'पर लैजाउ फूलहरू...' जस्ता कालजयी गीतहरूका स्रष्टा बनेका उनी पछिल्लो समय गीतमै पनि 'दर्शन नमस्ते...', 'क्या दामी भो...' जस्ता गीतमार्फत युवा मनोविज्ञान खोतल्दै आएका थिए । स्मिता थापाकै जस्तो विभिन्न क्षेत्रका प्रतिनिधि महिलाहरूको अन्तर्वार्ता समेटिएर अश्विनी कोइरालाले तयार पारेको 'उनी' किताबमा गएको मंसिर ७ गते उक्त अन्तर्वार्ता पढेपछि प्रभावित भएर 'थिम डेभलप' गरेको राजेन्द्रले बताए । 'अहिले पुनर्लेखन गरिरहेको छु,' उनले भने, 'अब अर्को हप्ता तयार हुन्छ ।' स्मिताबाट प्रभावित भए पनि उपन्यास पूर्णतया स्मिताको जीवनी नभएको उनले खुलाए । पुरुष र स्त्री दुवैका यौन मनोविज्ञानलाई सूक्ष्म तरिकाले विश्लेषण गर्दै वैदिक विज्ञान तथा पुराणदेखि प|mायड हुँदै आजको पुस्ताको यौन-मनोभाव र क्रियाकलापलाई कथाको मूल संरचना बनाइएको उनले बताए । 'अब यौनसम्बन्धी पुरानो सामाजिक मान्यता भत्किसकेको छ, नयाँ समाजले नयाँ मान्यता स्थापित गराउन सकिरहेको छैन,' उनले भने, 'तर नयाँ पुस्ताले भने आफ्नो मान्यता आपै+m बनाइसकेको छ । उपन्यासको थिम यही हो ।'

अश्विनीको 'उनी' मंसिर ७ मा पढेपछि आवश्यक रिसर्चका लागि कम्तीमा २० युवतीसँंग अन्तर्वार्ता गरिएको दाबीसमेत उनले गरे । पाठकलाई बोझिलो नबनाउन १ सय ५० पृष्ठमा उपन्यास सकाएको बताउँदै उनले उपन्यासलाई भद्दा अश्लीलता र गर्‍हुंगो अमुर्तता दुबैबाट बचाएको दाबी गरे । 'हामीले थाहै नपाई हाम्रो समाज तीव्र गतिमा बदलिसकेको रहेछ,' शुक्रबार उपन्यासको पाण्डुलिपिका साथ मोडल स्मितासँंग भेटेर फर्केका उनले भने, 'हामीले यसलाई स्विकार्नैपर्छ । उपन्यास यही स्वीकारोक्तिको दस्ताबेज हुनेछ भन्ने मेरो दाबी हो ।'

फिल्मको संवाद लेखनको अनुभवसमेत बोकेका राजेन्द्रका सयौं गीत रेकर्डेड छन् भने मुक्तक, गजल र गीतका आधा दर्जन किताब प्रकाशित छन् । केही दिनमै पुनर्लेखन सकिने पछिल्लो कृति 'खेलौना' भने आउँदो फागनुसम्ममा बजारमा ल्याउने योजना गरिरहेका छन् उनी । 'प्रकाशकहरूसँंग कुरा भइरहेको छ,' उनले भने, 'थिम सुनेपछि थुप्रै प्रकाशकहरू आएका छन् तर सम्झौता भइहालेको छैन ।'

प्रकाशित मिति: २०७० जेष्ठ ११ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication