Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ भाद्र १२     Login | Register | Issue No. 278
खेलकुद»

नविता र अजय बलिया

काठमाडौ, माघ ४ -
नविता श्रेष्ठ अहिले नेपाली टेबलटेनिसकै उत्कृष्ट खेलाडी हुन् । त्यसको प्रस्ट कारण हो, उनले पाउँदै गएको सफलता । नेपाल पुलिस क्लबकी उनले गत साता धनगढीमा सम्पन्न ३५ औं राष्ट्रिय टेबल टेनिसको महिला सिंगल्सको उपाधि जितिन् । यो उनको लगातार तेस्रो उपाधि थियो ।

महिलामा अहिले उनीसँग प्रतिस्पर्धा गर्ने खेलाडी छैनन् भन्दा पनि हुन्छ । त्यसैले त उनी प्रतियोगिता तयारीका लागि अभ्यास गर्दा पुरुष खेलाडीलाई नै रोज्छिन् । अभ्यासमा महिला खेलाडीलाई त उनले सहजै हराउँछिन्, खेलमा जस्तै गरी । नेपाल च्याम्पियन नविताले फाइनलमा आफ्नै क्लबकी वना देसारलाई ४-१ ले हराएकी थिइन् । उनी घरेलु प्रतियोगितामा पाएको सफलताले खुसी छिन् । तर अन्तर्राष्ट्रिय क्षेत्रमा भने नविताले भनेजस्तो सफलता पाउन सकेकी छैनन् । 'अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो प्रदर्शन गर्न चाहन्छु,' उनले भनिन्, 'जसले गर्दा मेरो र देश दुवैको नाम चम्कन सक्छ ।' उनको लक्ष्य दक्षिण एसियाली खेलकुदमा पदक ल्याउने हो । उनले सागमा कास्य पदक त हात पारिसकेकी छन् । त्यो टिम इभेन्ट्समा हो । तर उनी सिंगल्स इभेन्ट्समा नै पदक ल्याउन चाहन्छिन् । त्यसमा पनि उनको लक्ष्य स्वर्णमा छ । 'त्यसको लागि मैले धेरै मिहिनेत गर्नु पर्छ,' उनले थपिन् । अन्तर्राष्ट्रिय क्षेत्रमा कमजोर बन्दै गएको नेपाली टेबल टेनिसलाई फेरि उकास्ने लक्ष्यमा छिन्, नविता ।

नविताले धनगढीमा पुरुषतर्फ च्याम्पियन पुलिसकै अजय सुवालसँग मिलेर मिक्स डबल्समा पनि पहिलो स्थान हासिल गरिन् । नविताले महिला डबल्समा पनि स्वर्ण जितिन । पुरुष सिंगल्समा भने दीप साउनलाई ४-१ ले हराउँदै अजयले उपाधि जितेका थिए ।

अर्का युवा खेलाडी अजय सुवाल पछिल्लो समय चम्कँदै आइरहेका छन् । उनको प्रदर्शनमा केही तलमाथि हुने गर्छ । तर उनी सधै एक नासको प्रदर्शन गर्न चाहन्छन् । उनको लक्ष्य पनि सागमा पदक ल्याउने नै हो । अजयले पुरुष डबल्समा पनि स्वर्ण पदक जिते ।

पुलिसको वर्चस्व

घरेलु टेबलटेनिसमा सबै नेपाल पुलिस क्लबको वर्चस्व हुने गर्छ । त्यसको मुख्य कारण हो, त्यहाँ हुने नियमित प्रतिस्पर्धा । साथमा अर्को महत्त्वपूर्ण पक्ष हो, विभिन्न स्थानबाट जन्मिएका नवप्रतिभालाई पुलिसले आफ्नो क्लबसँग आवद्ध गरिहाल्छ । त्यसैले त यसपल्टको राष्ट्रिय प्रतियोगितामा पुलिसले ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै पहिलो स्थान हासिल गर्‍यो । एपीएफले ३ रजत र ५ कांस्य, काठमाडौंले १ रजत र २ कास्य जित्यो ।

प्रकाशित मिति: २०७१ भाद्र १२ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

राहत भनेरै देथ्यो ! पोकाबाट त चिठी पो निस्क्यो !... 'वार्ताको टेबुलबाट समाधान खोजौ' रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication