Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ भाद्र ५     Login | Register | Issue No. 278
खेलकुद»

महिला फुटबलको उत्साह

कुवेत सिटी, माघ ४ -
नेपाली खेलकुदमा पछिल्लो समय कुनै एक खेलले खुसीको समाचार धेरै दिएको छ भने त्यो महिला फुटबल हो । त्यसो त महिला फुटबल आपै+mले पनि नेपालमा धेरै प्रगति गर्न सकेको छैन र एक अर्थमा यो विधामा गर्न बाँकी धेरै छन् । तर पनि यसमा अझै केही लगानी गर्ने हो भने यसले राम्रै फड्को मार्न सक्नेमा धेरै विश्वस्त छन् ।

पछिल्लो साता नेपाली महिला राष्ट्रिय टोली लगातार चर्चामा रह्यो र यसै क्रममा यसले कुवेतको भ्रमण पनि पूरा गरेको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन थालेको पनि धेरै भइसकेको छ र यो क्रम नियमित भने हुन सकेको छैन । केही वर्ष भयो, सफलताको क्रम बढेको छ ।

अन्तर्राष्ट्रिय सहभागिताको २७ वर्षपछि पहिलोपल्ट दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला टोली कुवेत आएको थियो । अपेक्षाअनुसार दुवै खेलमा नेपाली चेलीको प्रदर्शन प्रशंसा गर्न योग्य रह्यो । कुवेती महिला फुटबल आफैमा पनि अहिले टिमलाई राम्रो बनाउन प्रयासमा छ । खाडी देशका लागि महिला खेलकुदमा लगानी गर्नु आप+mैमा ठूलो हो ।

यस्तोमा कुवेतले अहिलेसम्म जे जति गरेको छ, त्यो आपै+mमा पनि ठूलो हो । त्यहाँको महिला फुटबललाई उकास्न खेल पदाधिकारीहरूले कट्टरपन्थीसँग ठूलो संघर्ष गर्नुपरेको थियो । यस्तोमा नेपालविरुद्ध मैत्रीपूर्ण खेल आयोजना गर्नु पनि कुवेतका लागि उपलब्धि हो र यस्तोमा नेपालसँगको हार पनि उनीहरूका लागि जितभन्दा कम ठूला रहेन ।

कुवेत नेपालीका लागि वैदेशिक कामका लागि एक गन्तब्ध रहेको छ । यस्तोमा नेपाली चेलीको फुटबल हेर्न त्यहाँ राम्रै संख्यामा दर्शक उपस्थित थिए । आखिर विदेशी भूमिमा नेपाली झन्डा लिएर आपmना खेलाडीलाई समर्थन गर्नु, त्यसमाथि आपmनो टिमले राम्रो खेलेर जित पनि हात पार्छ भने त्यो जत्तिको खुसीको कुरा अरू के नै हुन सक्छ र ?

अखिल नेपाल फुटबल संघ -एन्फा) आफै पनि अहिले महिला फुटबललाई उकास्न लगातार लागिपरेको छ । यो वर्ष मात्र महिला फुटबलका दुई ठूला प्रतियोगिता भइसकेका छन्, सुरुमा महिला राष्ट्रिय एनसेलकप र त्यसपछि लिग । दक्षिण एसियामै महिला फुटबलको लिग दुर्लभजस्तै रहेको छ ।

त्यसबीच एन्फाले महिला खेलाडीलाई पनि मासिक भत्ता दिने निर्णय त गरिसकेकै छ, अब त महिला खेलाडीलाई पनि एन्फाले आपmनो एकेडेमीमा राख्ने निर्णय गरेको छ । यसले महिला फुटबलमा अझ प्रगति हुने विश्वास लिने स्थान हुने नै छ । त्यसमाथि नेपालले कुवेतसँगको खेलपछि थप अरू केही मैत्रीपूर्ण खेल खेल्ने प्रयास गरिरहेको छ ।

र, त्यसका लागि भारतलाई काठमाडौंमा बोलाउने प्रयास भइरहेको छ । भारत नै दक्षिण एसियाको त्यस्तो एक मात्र टिम हो, जसलाई नेपालले हराउन सकेको छ्रैन । फेरि भारतलाई चुनौती दिन सक्ने एक मात्र टिम पनि अरू कोही होइन, नेपाल नै हो । नेपाली महिला फुटबलले गरेको पछिल्ला प्रगतिले धेरैलाई उत्साहित त बनाएको निश्चित हो । तर नेपालले दोस्रो मैत्रीपूर्ण खेल भने खेल्न पाउनेछैन । कुवेतका अधिकांश खेलाडी पहिलो खेलका दौरान घाइते भएको भन्दै घरेलु फुटबल संघले दोस्रो मैत्रीपूर्ण खेल नखेल्ने जनाएको हो ।

 

प्रकाशित मिति: २०७१ भाद्र ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ड्याइजी सा'पलाई राहत चाहियो रे !... हैन हैन ह्वाँ 'बाढीपीडित'हैन 'बढुवापीडित' पो त !
  हाम्रा प्रकाशनहरु :
Our Publication