Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७० जेष्ठ ९     Login | Register | Issue No. 221
मेचीदेखि कालीसम्म»

नौमती संरक्षणमा ब्राह्मण महिला

सामथाङ -तेह्रथुम, माघ ४ -
दलित समुदायले मात्र बजाउँदै आएको पञ्चे र नौमती बाजा लोप हुन लागेको भन्दै खाम्लालुङ ९ सामथाङका ब्राहमण महिला संरक्ष्ाणमा जुटेका छन । बाजा बजाएकै कारण आफूहरू अन्य समुदायबाट अपहेलित भएको भन्दै गाउँका दलित समुदायले परापूर्वकालदेखि पेसाको रूपमा बजाउँदै आएका यी बाजा बजाउन छाडेपछि तिनै बाजा संकलन गरेर यहाँका महिलाले संरक्ष्ाण गर्न थालेका हुन् ।

विशेषग शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा आयोजना

गरिने यस्ता कार्य सुनसान बन्न थालेका थिए । पञ्चे र नौमती बाजा बजाएर गरिने विवाह पछिल्लो समय बाजाको अभावमा खल्लो हुँदै आएका थिए ।

'लोपोन्मुख लोकबाजाको संरक्ष्ाण गर्न संरक्ष्ाण अभियान थालेका हौं' संरक्ष्ाण कार्यमा लागेकी स्थानीय अगुवा महिलामन्दा निरौलाले भनिन्, 'यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न पनि सहयोग पुर्‍याएको छ ।' उनकै पहलमा गाउँभरका महिलाले यी बाजाको संरक्ष्ाण प्रयास थालेका हुन् ।

गाउँमा रहेका ४० जना बढी ब्राह्मण परिवारका महिलाहरू अहिले घरका सारा काम थाती

राखेर दलितले बजाउने पञ्चे र नौमती बाजासमेत संकलन गरेर बजाउने काममा व्यस्त छन् । गाउँका यिनै ब्राह्मण महिलाले तीन वर्षदेखि गाउँघरमा हुने विवाह पञ्चे र नौमती बाजा बजाएर उतारिरहेका छन् ।

बाजा बजाउँदा अन्य समुदायका व्यक्तिले दलित भनेर अपहेलना गरेको भन्दै जिल्लाभरका दलित समुदायका व्यक्तिले पछिल्लो समय अन्य जातिको शुभकार्यमा समेत बाजा बजाउन छाडै गएका छन् । केही वर्षअघिसम्म यहाँका दलित समुदायका व्यक्तिले गाउँभरिका विवाह, पूजाआजा, व्रतबन्ध, पुराण, असारे रोपाइँलगायत शुभकार्यमा पञ्चे, नौमती तथा बेठीलगायत बाजा बजाएर रमाइलो गर्थे ।

सुरुमा गाउँका केही पढेलेखेका र लोक संस्कृतिका बाजा रुचाउने दुई-चार जना महिलाले मिलेर सुरु गरेको बाजा बजाउने अभियानमा अहिले गाउँभरका सासू, बुहा र छोहरूसमेतले साथ दिएका छन् ।

'प्रत्येक घरका छो-बुहाले बाजा बजाउन सिकिसकेका छन्' बाजा बजाउने कार्यमा संलग्न स्थानीय युवती मञ्जु निरौलाले भनिन्, 'बाजा बजाउँदैमा दलित भइन्छ जस्तो हामीलाई लाग्दैन ।' बाजाको संरक्ष्ाणका लागि गाउँभरका ब्राह्मण समुदायका महिलाहरू मिलेर सामथाङ युथ सोसाइटी नामक संस्थाको समेत स्थापना गरेका छन् ।

प्रकाशित मिति: २०७० जेष्ठ ९ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication