Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७० जेष्ठ १०     Login | Register | Issue No. 222
मेचीदेखि कालीसम्म»

गुम्बा विद्यालयमा बढ्दो आकर्षण

कास्की, माघ ४ -
हुम्लादेखि आएका योन्देन छोफेल हिमालीपारिको जिल्ला मुस्ताङ लोमान्थाङ गुम्बा विद्यालयमा पढिरहेका छन् । पाँच वर्षअघिदेखि यहाँ रहेका उनी महाकरुणा शाक्य विद्यालयको कक्षा पाँचमा पढ्छन् । 'लामा बन्न चाहन्छु,' छोफेलले भने, त्यसैले गुम्बामा बसेर पढिरहेको छु ।'

छोफेलजस्तै मुलुकका विभिन्न भागबाट गुम्बा शिक्षा अध्ययनका लागि यहाँ आउने विद्यार्थी धेरै नै भेटिन्छन् । काठमाडौं, जुम्ला, डोल्पा, दोलखा, पोखरालगायतबाट छात्रहरू अध्ययन गर्न यहाँ आउने गरेका छन् ।

पछिल्लो समय गुम्बा विद्यालयमा पनि आधुनिक शिक्षा पढाउन थालेपछि विद्यार्थीको संख्या झनै बढेको सञ्चालकहरूको अनुमान छ ।  तिब्बतियन भाषामात्र पढाइ हुने गुम्बामा हिजोआज नेपाली अंग्रेजी, गणित, सामाजिक शिक्षा, विज्ञानलगायत भाषाको पनि पढाइ हुन थालेपछि गुम्बा शिक्षा आधुनिक शिक्षामा रूपान्तरण भएको हो ।

त्यस्तै आकर्षक सेवा सुविधा र अवसरसँगै विद्यार्थीलाई आवासको समेत व्यवस्था भएपछि विद्यार्थी गुम्बा विद्यालयतर्फ तानिएका हुन् । जिल्लाका सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेका बेला गुम्बा विद्यालयमा भने बर्सेनि विद्यार्थी बढ्ने गरेका छन् ।

 त्यसो त गुम्बा पढ्ने विद्यार्थीहरू विदेश जाने अवसरसमेत पाउने भएकाले पनि आकषिर्त भएका हुन् । 'अंग्रेजी माध्यम, आकर्षक सुविधा र विदेश जाने अवसरसमेत पाइने भएकाले गुम्बा शिक्षामा विद्यार्थी तानिएका छन्, गुम्बा विद्यालयमा संस्कृति पढाउने शिक्षक धनपति सुवेदीले भने, पछिल्ल्ाो समय गुम्बा शिक्षा आधुनिक विद्यालयको रूपमा सञ्चालन भएका छन् ।' उनले आवासीय विद्यालयकै हाराहारीमा अध्यापन गराइने भएकाले पनि दिनानुदिन गुम्बा श्ािक्षातर्फ आकषिर्त हुँदै गएको बताए । त्यसो त उपल्लो मुस्ताङमा दर्जनको हाराहारीमा गुम्बा विद्यालय सञ्चालनमा रहेको सुवेदीले जानकारी दिए । पछिल्लोपटक जिल्लाका सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेर विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला गुम्बामा भने विद्यार्थी बढ्दै गएका छन् । 'सरकारीमा केही सुविधा नपाएपछि गुम्बा विद्यालय पढ्न जान थालेका हुन्,' लोमान्थाङस्थित राष्ट्रिय निमाविका प्रधानाध्यापक गोविन्द प्रधानले भने, 'गुम्बा विद्यालयले गर्दा सरकारी विद्यालयमा विद्यार्थी ह्वात्तै घटिरहेका छन् ।' विद्यार्थीकै अभावमा यहाँका सरकारी विद्यालय धेरै गाभिएका छन् ।

जिल्लाको तल्लोभन्दा माथिल्लो भागमा खुलेका गुम्बाहरूमा आकर्षणसँगै विद्यार्थी संख्या पनि बढ्दै गएका छन् । अधिकांश विदेशी सहयोगमा चलेका यी गुम्बा विद्यालयमा दिइने सुविधाका कारण आर्थिकस्थिति न्यून विद्यार्थी सरकारी छाडेर यता पढ्न उत्साही हुँदै आएका छन् । भौतिक सुविधा तथा विदेश जाने अवसरले गुम्बा विद्यालयप्रति आकर्षण बढेको हो । जिल्ला शिक्षाका निरीक्षक टेकराज बरालले गुम्बा विद्यालयमा आकर्षण बढेकाले सरकारीमा विद्यार्थी घटेको स्विकारे ।

 अधिकांश गुम्बा विद्यालय पढेका लामा र झुमा बन्ने गरे पनि पछिल्लो समय केही विद्यार्थी  डाक्टर इन्जियिनर पढ्ने पनि भएका छन् ।

उपल्लो मुस्ताङमा गुम्बा विद्यालय पढेका आङ्गेल यति बेला यहाँ अध्ययन सकेर डाक्टरी पढ्दै छन् । गुम्बा पढेका केही त अमेरिका, मलेसिया, कोरियालगायतमा थप अध्ययनका लागि पुगेका छन् ।  गुम्बा विद्यालय पढ्नेलाई विदेश जाने अवसर पनि त्यत्तिकै छ । हरेक वर्ष ५ देखि ६ जना गुम्बा पढ्ने विदेश जाने

गरेको स्थानीय गुम्बा विद्यालय सञ्चालकहरू ब्ाताउँछन् ।

 

प्रकाशित मिति: २०७० जेष्ठ १० ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication