Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ वैशाख १२     Login | Register | Issue No. 268
सम्झना»

नेपाल नोटबुक

  • आकाश न जमिन
काठमाडौ, माघ ४ -
झापा बेल्डाँगी शिविरबाट युरोपेली मुलुक नर्वे पुगेका २७ वर्षे भुटानी नागरिक रमेश गौतमको मनको गुम्फन फकाउँदै भन्छन्, 'भुटानीहरूका माझ पुनर्वासको चिठ्ठा एउटा जटिलता भएर उदायो । नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छाबाको अनुहार भनेझैं हामीमाझ केवल दुईवटा विकल्प उभ्याइयो- कि त पुनर्वासमा जाने वा दुई दशकदेखि बाँच्दै आएको शरणार्थी जीवनसँग खुसी हुने । भाषा, साहित्य अनि आफ्नो संस्कृतिलाई आफूभन्दा प्यारो मान्दै यसैको रक्षार्थ आन्दोलन गर्दा देश निकाला बनेका हामी एउटा फरक महत्त्वको जीवन बाँच्ने लालसामा कुम्लो-कुटुरो कस्नतिर लाग्यौं । अन्तर्राष्ट्रिय उडानहरूले सामान्यतया निर्धारण गर्ने गरेको २३ केजीको लगेजमा कति नेपाली किताब अटाए, कति धर्मग्रन्थ अटाए, कति दौरा-सुरुवाल र सारीचोलो अटाए- मलाई थाहा छैन । यद्यपि यो क्रम रोकिएको छैन, चलिरहेको छ निरन्तर ।

'फि्लक्टिनङ' -शरणार्थी) हैसियतमा राष्ट्रसंघीय पुनर्वसोवास कार्यक्रममा परेर नर्वे पुगेका उनलाई यतिखेर जब कोही पराईले 'तिम्रो देश कुन हो ?' भनेर सोध्छ, तब उनी नराम्रोसँग झस्कने गर्छन् । उनी मात्रै होइन, यस्तै पुनर्बसोवासको विकल्प रोजेर अमेरिका, युरोप, अस्ट्रेलियातिर छरिँदै पुगेका नेपालीभाषी भुटानीहरू अहिले आएर झस्कन थालेका छन् । 'हामी को हौं ? हाम्रो अस्तित्व के हो ? हाम्रो आकाश-धर्ती कुन हो ? हामी भुटानी, नेपालीभाषी भुटानी अथवा कथित अन्तर्राष्ट्रिय नागरिक के हौं ?' यस्ता असंंख्य प्रश्नका भारले किचिएर उनीहरू निसाश महसुस गर्न थालेका छन् । झन्डै ७० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुगिसकेको यो घडीमा यो संख्याभित्रका कवि, लेखक र चिन्तकहरू अहिले आएर 'भर्खरै सातो फिरेको बालकझैं' बनेका छन् ।

भुटानमा रहेको नेपाली साहित्यको प्रबर्द्धन गर्न सन् १९९३ मा गठित साहित्य परिषद्का अध्यक्ष भक्त घिमिरे अहिले अमेरिका पुगेका छन् । परिषद्का प्रकाशन सचिव रमेश गौतम नर्वे पुगेका छन् भने प्रशासनिक सचिव यतिराज अजनवी अस्ट्रेलियामा छन् । संस्थामा सक्रिय गंगाराम लामिटारे पाताल प्रवासमा छन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, भुटान च्याप्टरका अध्यक्ष आईपी अधिकारी अस्ट्रेलिया पुगेका छन् । 'भुटानले हामी नेपालीभाषीमाथि गरेको अत्याचारको घाउ मनमा गढेको छ, विश्वको जुनै ठाउँमा पुगे पनि घाउ बिसेक हुने संकेत छैन,' गौतमको अनुभव छ, 'हामीपछिका सन्तानले त्यो हाम्रो मातृभूमि -भुटान) हो भनेर हेक्का राखिदिएनन् भन्ने हाम्रो पुस्तौनी-हैसियत के रहला भन्ने चिन्ता हामीमाझ फैलिएको छ ।' आज पुनर्बसोवासमा गएका भुटानी शरणार्थीहरूमाझ आफू 'अनागरिक' बनिरहेको पीडाबोध त छ नै । अर्कातिर मातृभमि चिराङ वा साम्चीबाट जोडिएको त्यो माटोसँगको पुस्तौंनी अबका दिनमा 'अज्ञात' बन्ने हो कि भन्ने चिन्ता पनि छँदैछ । उनका बुबा, सानोआमा, भाइहरू पुनर्बसोवासको त्यान्द्रोमा उनिएर डेनमार्क पुगेका छन् भने उनी आफ्नी आमा र दिदीहरूका साथमा नर्वेमा छन् । अब यस बेला यो गौतम परिवारले चिराङको गाउँमा रहेको आफ्नो घरखेतको 'नोस्टाल्जिया'मा डुबिरहने कि पारिवारिक पुनर्मिलन

खोज्ने ? अथवा नेपाली भाषा, साहित्य र संस्कृतिको 'अपनत्वबोध' गरिरहने ?

इजराउलमा पनि ईपीएस ?

फेरि अर्को खुसीको खबर छ । वैदेशिक रोजगारीमा सुरक्षित र व्यवस्थित गन्तव्यको मानिएको गन्तव्य खोजिरहेका बेला मध्यपूर्वको इजरायलबाट केही आसलाग्दो खबर आएको छ । इजराउलले नेपालसँग रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत श्रम-रोजगारीका अवसर उपलब्ध गराउने चासो देखाएको छ ।

इजरायलमा केयर-गिभर, कृषि मजदुरसहितको रोजगारी अवसरलाई सुरक्षित र व्यवस्थित रूपमा लिने गरिएको छ । तर यो क्षेत्रमा पनि म्यानपावर र एजेन्टको मनोमानी कार्यशैलीका कारण दुई वर्षयता रोजगारीमा इजरायल जाने प्रक्रिया अवरुद्धप्रायः छ । 'इजरायलजस्तो सुरक्षित रोजगार गन्तव्यलाई प्राथमिकतामा राख्न पनि ईपीएस पद्धतिमा जानु उपयुक्त हुने परराष्ट्रको राय रहनेछ,' मन्त्रालयका एक अधिकारीले भने । इजरायलले पठाएको ईपीएस सम्झौतामाथिको प्रस्तावमा अहिले अध्ययनको काम भइरहेको र छिट्टै यसमा सुझावसहितको अन्तिम मस्यौदा तयार गरिने ती अधिकारीले जानकारी दिए । अहिले इजरायलमा ५ हजारभन्दा बढी केयर-गिभर महिला र १ हजारजति कृषि र्फमममा काम गर्ने नेपाली श्रमिक

रहेका छन् ।

फेरि आममाफीको कुरा

हामी नेपालीको लेखान्त पनि कस्तो होला कुन्नि ? कुनै मुलुकले 'एमनेस्टी' -आममाफी) दियो रे भन्ने खबर सुनियो भने पनि दंग पर्नुपर्ने अवस्था हामीसँग छ ।  यो खबर पनि खाडीबाटै आएको हो । संयुक्त अरब इमिरेट्स -यूएई) को आन्तरिक मामला मन्त्रालयले गैरकानुनी रूपमा आफ्नो देशमा बसिरहेका विदेशी नागरिकलाई एमनेस्टी दिन फेब्रुअरी ३ -माघ २१) सम्मको अवसर प्रदान गरेको छ ।

गत डिसेम्बर ४ -मंसिर १९) देखि लागू भएको यो एमनेस्टी अवसरमा भिसाविहीन वा आधिकारिक कागजातहीन विदेशी नागरिकले सामान्य प्रक्रिया पूरा गरेर घर फिर्न पाउनेछन् । युएईमा वैधानिक तवरले बस्न चाहनेले निश्चित जरिवाना शुल्क तिरेर पुनः कानुनी हैसियत लिन सक्नेछन् । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार युएईका दुबई, सारजहा, रस-अल-खेमा, उमअलक्वैन, अजमन, फुजैरालगायतका सात इमिरेट्समा १० वटा एमनेस्टी केन्द्र निर्धारित छन् । नियमानुसार पासपोर्ट वा ट्राभल डकुमेन्ट तथा फिर्ती हवाई टिकट लिएर एमनेस्टी केन्द्र जाने जो कोही व्यक्तिले जरिवाना तिर्नुनपर्ने र एमनेस्टी पाएर घर फिरेको व्यक्ति कुनै कठिनाइबिना फेरि युएई र्फकन सक्ने प्रावधान तय गरिएको छ ।

एमनेस्टी खुलेपछि गत डिसेम्बरबाट यता १ सयजति नेपाली घर फर्किसकेका छन् भने अझै ठूलो संख्यामा अबको एक महिनामा फिर्न सक्ने अनुमान गरिएको छ । 'दूतावासको आबुधाबीमा मात्रै जानकारी, सूचना पहुँच रहेकाले र अझ ैपनि नेपालीलाई यो आममाफी अवसरबारे थाहा नभएकाले अवसरको उपयोग हुन नसकिरहेको स्थिति छ,' दूतावासकै एक अधिकारीले भने । यसैगरी सन् २००७ मा दिइएको तीनमहिने एमनेस्टी अवसरमा ३५ सय नेपाली घर फिरेका थिए । युएईमा करिब ३ लाख नेपाली रहेको अनुमानित तथ्यांकमा ५० हजारभन्दा बढी गैरकानुनी हैसियतमा रहेको दाबी स्थानीय संघसंस्थाले गर्दै आएका छन् ।









 

प्रकाशित मिति: २०७१ वैशाख १२ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication