Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ वैशाख १२     Login | Register | Issue No. 268
सम्झना»

जून कवि आए फेरि कतार

काठमाडौ, माघ ४ -
कार्यालयको टेलिफोनमा व्यस्त रहेकै बेला आज अपरान्ह ३ बजेतिर मोबाइलको घन्टी बज्यो । कतारका ल्यान्डलाइन फोनहरू निःशुल्क हुने भएकाले फोनमा भएको व्यक्तिलाई एकछिन होल्ड गर्न भनेर अपरिचित नम्बर भए पनि कल रिसिभ गरेंं । अभिवादनका औपचारिकता पूरा हुनेबित्तिकै उताबाट परिचय दिनुभयो, 'म बद्री दाइ' एकछिन त पत्यार नै लागेन । तर, जतिसुकै अपत्यारिलो भए पनि यथार्थ यथार्थ नै हुन्छ । मोबाइलमा भएको छोटो कुराकानीकै क्रममा मैले बद्री दाइलाई पुरानो कुराको स्मरण्ा गराएँ । उहाँले आफ्नो विवशताको पोको खोल्नुभयो । सुन्दा लाग्यो, उहाँको कुरा नै सही हो ।

हो, जिन्दगी सोचेजस्तो सजिलो कहाँ हुन्छ र ? यो मरुस्थलको असह्य दुःख र पीडाबाट उन्मुक्ति लिँदैमा जिन्दगीको बयलगाडा चल्ने भए उहाँ किन दुःख बेसाउन फकिर्नुहुन्थ्यो होला र ? घर, परिवार, समाज सबै सबैबाट अलग रहेर यति बिघ्न कष्टकर जिन्दगी बाँच्ने रहर कसलाई हुन्थ्यो होला र ? जे होस् जिन्दगीका यिनै बाध्यता र विवशतासँंग मितेरी गाँस्दै उहाँ पुनः मरुस्थलको बालुवा चाल्न आइपुग्नुभएको छ । हुन त गरिबी, अभाव र बेरोजगारको चर्को खडेरीमा पिल्सिएर यो मरुस्थलको खुला श्रम बजारमा आफ्ना रगत पसिना बेचिरहेका 'जून कवि' भन्दा धेरै अभागी नेपाली दाजु-भाइहरू पनि नभएका होइनन् । यद्यपि उनीहरूको दुःखेसोको कथा लेख्ने फुर्सद कसलाई छ र ? सबै आआफ्नै सपना पूरा गर्ने दौडमा फसेका छन् । फरक यति हो कसैको सपना ठूलो छ अनि कसैको सानो ।

यहाँ कार्यरत नेपालीको सानो हिस्साबाहेक अधिकांश श्रमजीवी नेपाली कामदारहरू न्यून ज्यालामा अधिकतम श्रम गर्न विवश छन् भन्ने कुरा नबुझेका मानिसहरू सायदै होलान् । त्यति मात्रै होइन कतिको त काम कहाँ अनि कति घन्टा हुन्छ ? समयमा खान मिल्छ कि

मिल्दैन ? कोठामा फर्किंदा पानी, बिजुली र एसी हुनेको होइन ? भन्ने टुङ्गोसमेत हुँदैन । अझ महिनाभरि हाड घोट्दा पनि समयमा पारिश्रमिक नपाउनु र पाइहाले पनि आफ्नो पसिनाको उचित मूल्य नपाउनुले उनीहरूमा छाउने नैराश्यताको कथा त बेग्लै छ ।  

कोही काम गर्दागर्दै अग्ला भवनबाट खसेका छन् । कोही स्वचालित मेसिनमा परेर अंगभंग भएका छन्  । कोही सडक पार गर्दा गर्दै गाडीले च्यापिएका छन् । अनि कोही भोलिको मीठो कल्पनामा साँझलाई अँगालो हालेर अनन्तकालका लागि निदाएका निदै भएका छन् ।  हुन त कुनै पनि दुर्घटना घट्नुको पछाडि असावधानी एवं हेलचेक्र्याइँजस्ता मानवीय कमी कमजोरीहरूकै मुख्य हात हुन्छ ।   

शुक्रबारे छुट्टीमा औद्योगिक क्षेत्रका गल्लीहरू घुम्नुको मज्जा नै बेग्लै हुन्छ । तर, सँगसँंगै होसियारी अपनाउनु पनि जरुरी छ । खासगरी हूलमूलमा हुन सक्ने सम्भावित झडप र बेला बेलामा पुलिसहरूद्वारा हुने घेराबन्दीबाट बच्न सधैं सचेत रहनुपर्छ । अन्यथा 'धान खाने मुसा चोट पाउने भ्यागुता' हुनुपर्छ ।

कानुनत इजाजत प्राप्त व्यापारिक र्फम, व्यवसायी र कम्पनीहरूबाहेक सार्बजनिक स्थलमा कुनै पनि किसिमको व्यापार व्यवसाय गर्न बन्देज छ यहाँ तर, यसको बाबजुद पनि शुक्रबारे छुट्टीका दिनहरूमा यहाँका हरेक गल्लीहरू मेलामय बन्ने गर्छन् । चना चटपटे त सामान्य कुरा भयो श्रीलंका र भियतनामबाट आयातित प्रविधिबाट उत्पादित 'सेतो पानी' र मौलिक प्रविधिबाट मर्चामा बनाइएको 'छयाङ्ग' समेत खुल्लमखुला बिक्री गरिन्छन् । जहाँ जोखिम त्यही बेसी आम्दामी पुलिसको फन्दामा नपरुन्जेल मालामाल कमाइ परेपछि टुप्पी समाइ ।

उता लंगुर बुर्जाको तहल्का कम हुँदैन । 'रोपे फल्छ' को हल्लाखल्लाले सिङ्गो वातावरण्ालाई नै गुन्जयमान बनाई रहेको हुन्छ । अध्ययन गर्न त के भनौं हल्का बुझ बुझाारथका लागि धेरैचोटि पुगेको छु ।  हेर्दा हेर्दै गोजी रित्याउनेदेखि लिएर गोजी भर्नेहरूसम्मलाई देखेको

छु । हार जित जे भए पनि त्यो खेलबाट बदनामीबाहेक कसैले केही प्राप्त नगर्ने कुराको सुइँकोसमेत पाएको छु । तथापि, उनीहरूलाई सकारात्मक परिवर्तनका लागि सम्झाउने हिम्मत कसैले गर्न सकिरहेका छैनन् । कारण्ा, उनीहरूले भोग्नुपरिरहेका तिनै बाध्यताका उपज हुन् जसले उनीहरूलाई 'डु अर डाई' मा पुर्‍याएका छन् ।  

'जून कवि' को दुःखको कथा लेख्न बसेको म कता कता भौतारिएछु  । भएका र मनमा लागेका सबै कुरा लेख्नका लागि त उपन्यास नै लेख्न सुरु गर्नुपर्छ । परिस्थितिले झकझकायो भने एक दिन त्यो पनि लेखौंला । तर, अहिलेलाई भने केही हप्ताअघि यही कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित मेरो लेख 'कता हराए जून कवि ?' मा मैले राखेको जिज्ञासाको जवाफ प्राप्त भएको जानकारी सम्प्रेषण गर्दै यस लेखको बिट मार्न चाहन्छु । र, जाँदा जाँदै भन्न चाहन्छु,'जून कवि हाम्रै आँखामा छन् ।'

प्रकाशित मिति: २०७१ वैशाख १२ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication