Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ वैशाख १२     Login | Register | Issue No. 268
तपाईंको कलम»

चिठ्ठी

  • म्यासेजको नयाँ फोटा हेरेपछि...
माघ ४ -
पि्रय सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्धित र आकर्षक सपनाबाट मुरी मुरी साधुवाद ।

सपना, आज मलाई यो पत्र लेख्न यति असजिलो भइरहेको छ । यतिको असजिलो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ शेर्पा र एडमण्ड हिलारीलाई पनि भएको थिएन होला, किनभने उनीहरूलाई थाहा थियो सगरमाथाको चुचुरामा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदीमा राख्नुपर्छ भनेर । तर मलाई आज यो पत्र कसरी सुरु र कसरी अन्त्य गर्ने भन्ने कुरामा नै अलमल्ल भएकाले मलाई यति असजिलो भएको हो । प्राण प्यारी, अर्धाङ्िगनी र जीवनसाथीजस्ता सबै अपनत्वको शब्दभन्दा पर तिमी सम्बोधनविहीन भएकी छौ ।

सपना जिन्दगी दुुःख सुखमा जिउन तिमीसँगै सिके

मैलें । कुुनै दिन एउटा रोटी आधा आधा खाएर आधा पेट एकले अर्काको मुख हेर्दै निदाउँथ्यौ । जाडो याममा पातलो पछ्यौरी ओढेर पनि रातहरू बिताउँथ्यौं । भनिन्छ माया र विश्वासको कुनै सीमा हँुदैन भनेर । हुन पनि हामीबीचमा कहिल्यै नमिठो वचनसम्म पनि भएन । प्रेम विवाह असफल हुन्छ भन्नेहरूका लागि गतिलो जवाफ र जिउँदो उदाहरण थियौं । हाम्रो माया पिरती देखेर दुनियाँ छक्कै पर्थे । हाम्रो परेवा प्रीति रे । डाहले कतिले भित्रभित्रै दाह्रा पनि किट्थे होलान् । हामी आफ्नै संसारमा हराएका हुन्थ्यौं आफैं आफैं दंग थियौं । आजको दिनमा तिमीजस्तो सतचरित्रवान छोरी मान्छे सायदै होलान् । जसलाई मैले जीवनसाथी बनाउन पाएको थिएँ । यो मेरो अहोभाग्य पनि हो । तिम्रो अनुहारमा संसार देख्थे । त्यसैले त म तिमीलाई कलियुगकी सत्यवती भन्ने गर्थे ।

सपना ! जिन्दगीको गोरेटोमा हिँड्दै गर्दा तिम्रो र मेरो मायाको चिनो एउटी छोरीको पनि जन्म भयो । जसको नाम सिर्जना राख्यौं । तिम्रो र मेरो मायाको सिर्जना, अनि खुसीको अर्को सगरमाथा थपियो । हरेक खुसीले अरू थुप्रै जिम्मेवारी पनि बोकेर ल्याउँदो

रहेछ । छोरीको पालन पोषण र अलिक  ठूलो हुँदै गए पछि शिक्षा पनि दिनुपर्ने भयो । काठमाडांैको ठाउँमा जागिर पनि नभएकाले घर खर्च चलाउन पनि गार्‍हो हुँुदै गएपछि तिम्रो सल्लाहमा नै विदेशतिर लाग्ने

भए । त्यस समय तिमी र छोरीलाई छाडेर हिँड्दाको पीडा अहिले शब्दमा बताउन सक्दिनँ । सफल कथाकार भएको भए एउटा गतिलो वियोगान्त कथा लेख्ने थिए । तर मैले महसुस मात्र गर्न सकें । मनभित्रै थुनेर राखे तिमीलाई पनि सुनाउने आँट आएन ।

म विदेश लागेपछि हामीलाई घर चलाउन केही सजिलो भयो । मलाई लाग्थ्यो मैले रात दिन नथाकी खट्नुपर्छ । दस नंग्रा खियाउनुपर्छ किनभने मैले तिम्रो मुहारभरि मुस्कान भर्नुपर्छ । तिमीलाई खुसी पानर्ुुपर्छ । दिन हप्ता महिना र वर्ष गर्दै २ वर्ष पूरा हुन ६ महिना मात्र बाँकी थियो । २ वर्षपछिको हुने मिलनको कल्पना गर्दा मात्र पनि खुसीले मन त्यत्तिकै पागल हुँदै थियो । तर म हिजो मात्र छाँगाबाट खसे जति बेला मैले तिमीलाई कल गरे । मैले हिजो धेरैपल्ट कल गर्दा पनि उठेन । कता कता मन पोल्दै थियो । १०, १२ पल्ट कल गरेपछि बल्ल फोन उठायौ । निकै होहल्ला थियो तर त्यहाँ तिम्रो आवाज थिएन । कुनै छोरा मान्छेले रुखो स्वरमा तिमीलाई सोध्दै थियो । कसको कल हो भनेर ? तिमीले बिस्तारै भनेको शब्द मेरो कानमा पर्‍यो । बूढाको होे । कस्तो नामर्द रहेछ । छोडिसकेको बूढीलाई पनि फोन गर्ने ? अरू केटी भटेनछ ? मभित्रभित्रै आश्चर्य हुँदै थिएँ । फेरि मैले सोधें सपना तिमीलाई सन्च छैन कि क्यो हो ? किन नबोलेको ? अनायास मेरो कानमा यो शब्द पर्‍यो, 'माफ गर मैले अर्को बिहे गरें र अब मलाई कहिल्यै फोन पनि नगर्नु ऊ

रिसाउँछ... । फोन काटियो । एकै छिनपछि एउटा म्यासेज आयो त्यसमा एउटा फोटो पनि थियो त्यो तिम्रो र तिम्रो नयाँ बेहुलाको रहेछ । अनि मलाई साँच्चि नै विश्वास भयो तिमीले अर्को बिहे गरेकै रहेछौ भनेर ।

एउटा परदेशीको मन कस्तो होला ? आफ्नै श्रीमतीले यस्तो कुरा सुनाउँदा ? एकैपल्ट आकाश खसेर छोपेजस्तै भयो । तीरैतीरले मुटु रोपेजस्तै

भयो । म त्यो यात्रुजस्तै भएँ जसको न  अघि बढ्ने र पछि हट्नेे बाटो नै छ । न त उभिने माटो नै छ । सपना यो कुनै दैविक प्रकोप र भवितव्य थिएन । त्यसैले मेरो मन अड्याउने ठाउँ पनि थिएन । उपि|mएँ, रोएँ, कराएँ, चिच्याएँ त्यति बेला मैले जे सक्थें त्यही गरें । दिनजस्तो दिन भएन, जीवनजस्तो जीवन

रहेन । मर्न पनि मन नलागेको होइन तर मर्न झनै ठूलो साहस चाहिँदो रहेछ । जीवन एक फाँसीमा झुन्डिएको अर्ध मृतक समान भयो । एक छिनपछि मनलाई सम्हालें अनि सोच्न थालें ।

सपना मलाई थाहा छ तिमीलाई मैले मेरो दुःखद कथाहरू सुनाउनुको औचित्य सकिएको छ  । तिमीले भनिसकेका छौ, मैले कल गर्दा ऊ रिसाउँछ भनेर त्यसैले मैले कल गर्ने पनि आँट गरिनँ । अनि मनमा नै थुनेर पनि राख्न सकिनँ अनि त  मेरा छटपटीहरूलाई यसरी छताछुल्ल पोखिदिन विवश भएँ । आज मेरो आँखाअगाडि तिमीसँग बिताएको स्वणिर्म पलहरूका तस्बिरहरू नाचिरहेको छ । सपना तिमी मेरो जीवनमा बिपना भएर आयौ । सपना भएर बिलायौ । साँच्चि नै विश्वको सबैभन्दा वियोगान्त कथा ँ'इडिपस' भन्दा पनि वियोगान्त छ तिमीले दिएको उपहारहरू !!

इडिपसले त आफ्नो वियोग खप्न नसकेर आत्मा हत्या गरेका थिए । तर म कतार छु त्यसैले आत्मा हत्या गर्न पनि सक्दिनँ । अनि अर्कोतिर कलकलाउँदी ती निर्दोष नाबालिका छोरी पनि छिन् । खासगरेर म उनका लागि पनि बाँच्नैपर्छ । मलाई लाग्दै छ, आज म आफ्नै मलामी गएर आफ्नै हातले आफ्नो चिता जलाउँदै

छु । अनि तिमी त्यही दिन बेहुली हुँदै छौ । आहा ! तिमी कति खुसी छौ हगि ?

सुनेको थिएँ जीवन भनेको अनुभव हो । भोगाइहरूको सम्पूर्णता हो । जीवन दुई दिनकै भए पनि अनेकौं समस्यासँग मुकाबिला गर्नुपर्दो रहेछ । थुप्रै दुःख सुखका अनुभवहरू सँगाल्नुपर्दो रहेछ । तर तिमीले दिएको पीडाले मलाई हरपल आँसुको सागरमा नै

डुबाइरहनेछ । म त आर्यघाटमा लम्पसार परेको लास न हुँ मैले केही गर्न सक्ने अवस्था रहेन । मेरो शरीरमा प्राण छैन । न त कुनै शक्ति नै छ । कुनै एउटा वस्तुलाई प्रयोग गरी फ्याँकिदिएजस्तै फ्याँकिदियौ । त्यसैले तिमीबाट ठगिएको अन्तर्वोधले मलाई कहिल्यै छाड्ने छैन । आज मेरो मुटु पत्थरमा ठोकिएको छ । नठोकिएको भए झनै ठूलो खाल्डोमा जाकिने थियो ।

एउटा खुङखार अपराधीलाई त फाँसी दिने बेलामा उसले गरेको सबै गल्तीहरूलाई सुनाइन्छ र मात्र फाँसिदिइन्छ । तर तिमीले यत्रो निर्णय गर्दा मलाई एकै शब्द पनि बताएनौ । तिमीलाई सुख दिन नसक्नु नै मेरो ठूलो गल्ती भयो । त्यसैको सजाय दिएका छौ । अब त तिम्रो र मेरो हिसाब किताब पनि बराबरी भयो होला । मेरो गल्तीको सजाय पनि पाइसकेपछि म पनि सच्चो मान्छे भएको छु । अब हामी कहिल्यै नभेटिने एउटा नदीका दुई किनार भयौं । किनभने जहिले पनि एउटा नदी बगी नै रहनेछ हामीबीचमा  ।

ज्ााँदा जाँदै भन्न मन लागेको कुरा पनि भनिहालूँ, मैले पूरा गर्न नसकेका सबै तिम्रा आकांक्षाहरू पूरा होऊन् । म त चाहन्छु तिमी रानी हुनु अझ महारानी हुनुु । दुनियाका सारा सुख, आनन्द र ऐश्वर्यहरू तिमीलाई मिलुन् । म जीवनभरि रोए पनि तिमी सधैं हाँसेर बाँच्नु । मैले मागेको कुरा भगवान्ले दिन्छन् भने तिम्रा लागि माग्नेछु । तिमी बाँचिरहनु... मेरो आँसुको श्राप तिमीलाई कहिल्यै नलागोस् । जीवनको कुनै पल मेरो यादले सतायो भने आफ्नै ढुकढुकी छाम्नु यदि धड्कियो भने त्यो धड्कनभित्र नै मलाई भेट्नेछौ ।

-    तिम्रो पति



 

प्रकाशित मिति: २०७१ वैशाख १२ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication