Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ वैशाख ८     Login | Register | Issue No. 268
दृष्टिकोण»

१५ बुँदे घोषणापत्र कता गयो ?

माघ ४ -
एनआरएन अर्थात् गैरआवासीय नेपाली संघको परिषद भेला थियो । आचारसंहिता बारे स्पष्टीकरण्ा दिन मैले 'गुजारिस' गरें । विधानमा के छ ? संघका सचिवको भनाइअनुसार एउटा वैचारिक संंस्थामा बाहाल रहँदै गर्दा संघको समितिमा रहन नमिल्ने कुनै धारा र मर्म छैन । त्यो मलाई थाहा छैन, तर मैले पढेअनुसार राजनैतिक संस्थामा आवद्ध व्यक्ति संघको पदीय हैसियतमा रहन आचार संहिताले दिंदैन भन्ने देखेको थिएँ । -आचारसंहितामा के छ त्यो पनि कसैले वहसमा ल्याउलान् !) त्यसैका आधारमा मैले परिषदमा मुद्दा उठाएँ । मैले उठाएको विषय विधान र आचार संहिताको उल्लङघन हुनु हुन्न, साझा भनिएको सस्थामा मनोमानी गरिंदा यसले नकारात्मक नजीर बनेर जाने छ । मलाई आशा थियो पक्कै मैले उठाएको मुद्दामा छलफल हुने छ, तर त्यसो पटक्कै भएन । कार्यक्रमको अन्त्यमा अध्यक्षले केही उत्तर दिने सवालमा मेरो मुद्दालाई उत्तर दिन अफ्ठ्यारो भएको, र माथिल्लो निकायले यदि अचार संहिता उल्लङघन भएको ठहर गरे राजिनामा दिने वचन सहित बस्नु भयो । यसबाट के मैले बुझें भने अध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिलाई समेत आचार-संहिता र विधान बारे थाहा रहेनछ ।  

म अवाक, फेरी आशा बाँकी नै थियो मञ्चमा गल्फ संयोजक र आइसीसी सचिव बाँकी नै हुनुहुन्छ र अध्यक्षले जिम्मा उहाँहरूलाई नै सुम्पेर बस्नु भएको छ ! कार्यक्रम चल्दै गर्दा मेरो अन्ततः ड्युटीमा जाने बेला भयो । निण्र्ाय पुस्ितकामा हस्ताक्षर गर्नु पर्ने समितिका सचिवले छिटो छिटो परिषदमा पास भएका मुद्दालाई निण्र्ायमा उल्लेख गर्नु भयो र मलाई हस्ताक्षर गर्न भन्नु भयो, मैले आग्रह गरें फरक मत सहित हस्ताक्षर गर्न, तर सचिवज्युले माथ्ला तहका महानुभाव बोल्नै बाँकी भएकोले धैर्य गर्नुस अवश्य मुद्दाबारे केहि आशय आउने छ र मैले हस्ताक्षर गरे र आइसीसी सचिवलाई 'मुद्दा हजुरको जिम्मा आएको छ उत्तरको पर्खाईमा छु' उहाँले "तपाईंको गल्फ संयोजक"ले उत्तर दिने बताउंदै गर्दा म त्यहाँबाट निक्लंे । मेरो प्रश्न यदि गल्फ संयोजक मेरो भए आइसीसी सचिव

कसको ? पछी थाहा लाग्यो कसैबाट सम्वोधन भएन छ । सम्वोधन हुनु नहुनु गौण्ा कुरा हुन् सम्वोधन तपसिलका कुरा, चुरो कुरा जस्तो परम्परा अब कतारमा बस्यो, त्यसले भावी पिडीमा कस्तो रवैया उत्पन्न हुने भन्ने मुख्य कुरा हो । सम्वोधन आफ्नो ठाउँमा तर अब यदि कसैले विधान र आचार संहिताको पालना गर्दैन भने त्यसलाई रोक्ने अवस्थाको समापन त हुँदै छैन भन्ने चिन्ता प्रमुख हो । हातमा पावर लिएकाले नबुझेको अथवा बुझ पचाएर, जे गरे नि हुन्छ भन्ने दम्भ वास्तवमा लाज धान्ने शैली भएको छ ।

जिम्मेदार सर्कलले जिम्मेदारीका साथ पार्षदले उठाएका विषयमा गम्भीरता दर्शाउनु पर्नेमा 'रात गए बात गए' 'यस्ता कुरा उठ्छन सेलाउँछन्' भन्दै हचुवा व्यबहार सार्वजनिक हुन थाले । एक पार्षदका हैसियतले कसैले उठान गरेको मुद्दा कसैको घर परिवार र उसको नोकरी पेशाको थिएन । उठान गरिएका मुद्दा 'सेफ फुल' एनआरएनको दिर्घकालिन यात्राको लागि थियो, जसमा मेरो/हाम्रो जसकोपनि भविष्य हुन सक्छ । फेरी किन स्पष्टिकरण्ा दिन उचित ठानिएन ? किन 'रात र बात'का कुरा अघि सरेर फैलिए ? राजनीतिमा प्रत्यक्ष संलग्न भएका व्यक्ति गैर आवासीय नेपाली संघको पदाधिकारी बन्न मिल्दैन भन्ने स्पष्ट संहिता हुँदै गर्दा कतार च्याप्टरका कारिन्दाले ठाडो उल्लङघन गरेको कुरा चल्दै गर्दा तत्कालमा केहि महानुभावको कथन नआएको पनि होइन कि एनआरएनको लागि आफुले बोकेको विचारलाई तिलाञ्जली दिनपनि मिल्दैन। ठिकै छ, विचारलाई मार्न पक्कै मिल्दैन, तर विचार बचाउने चक्करमा स्वयं एनआरएन मर्नु हुन्छ त ? विचारका कुरा गर्दा चेतनशील, विवेकशिल मानव विचार शुन्य हुनै सक्दैन, अंझ नेपाली परिवेशमा त सम्भव नै छैन कि नेपाली जनमानस बिना विचारका पनि छन् र ? गैर आवासीय नेपाली संघपनि विचार विहिन छैन, तर दलिय विचारलाई एउटा परिधीमा बाँधेर हजारौं विचारबाट साझा विचार र त्यसका विधी र संहिताको दायरामा संस्थागत बन्नु पर्छ भन्ने मात्र तर्क हो । तर कतारको शाखामा त्यो हुन सकेन । मुढेबल र जसको शक्ति उसैको सत्ता भने झैं रवाफ प्रस्तूत हुनु 'लज्जा' को विषय छ । गैर आवासीय नेपाली संघ साझा संस्था हुनुपर्छ ,जसका लागि व्यक्तिले बोकेको आफ्नो विचारलाई एक किनारामा राखेर 'पूण्र्ा स्नान'का साथ यसमा प्रवेश हुनु पर्छ । विश्वका बिभिन्न क्षेत्रमा छरिएर रहेका तमाम नेपालीहरूको साझा थलोका रुपमा स्थापित बन्दै साझा नीति र साझा लक्ष सहित संघर्ष गरिनु पर्छ भन्ने आशय नै सायद गैर आवासीय नेपाली संघको हुनु पर्दछ,त र कतारको व्यबहारिक पक्ष, पृथक सोचका कारण्ा साँच्चै के यो साझा संस्था नै हो त भन्ने भ्रम सिर्जना भएको अवस्था छ ।

मञ्चदेखी महफिलसम्म जताततै 'साझा' संस्थाको कुरा हुन्छन । गैर आवासीय नेपाली संघ साझा बन्नु पर्छ भन्ने धेयपनि हो, तर विश्वभरबाट यो साझा बन्न के के गर्नु पर्ने भन्ने बारे वहस भएको छैन, खासगरी कतार च्याप्टरमा त झनै भएको छैन । अस्ती भर्खरमात्र एनआरएनए युके च्याप्टरले फेरी दोहोरो नागरिकताको प्रसङ्ग उठायो । एनआरएनएको पहिलो मुद्दा नै दोहोरो नागरिकता हो, जसलाई तेस्ा्रो देश युरोप अमेरिका लगायतका प्रबासी नेपालीले उठान गरी रहेका छन् भन्दा त्यसलाई अस्वभाविक मान्न सकिन्न ? किनकी त्यहाँको आवश्यकता होला र मुद्दा उठ्यो । तर मध्यपूर्व र मलेसियाको हकमा उक्त मुद्दा सान्दर्भिक छैन भने मध्यपूर्व, मलेसिया सार्क र पूर्वी एसियाका प्रबासी नेपालीको बटम लाईन के हो त,के हामीपनि दोहोरो नागरिकतालाई आफ्नो मुद्दा बनाऔं ? तेस्ा्रो देशका नेपालीको दोहोरो नागरिकताको मुद्दालाई समर्थन दिने, अवसर अवसरमा दशैँ-इद कार्यक्रम मनाउने अनि मञ्चमा उभिएर' साझा संस्थाको रटान मात्र लगाउनु मध्यपूर्वका गैर आवासीय नेपालीको जिम्मेदारी हो ? पक्कै होइन जसरी युरोप र अमेरिका अथवा रसिया क्षेत्रमा दोहोरो नागरिकताको आवश्यकता सायद जीवनभन्दा महत्वपूण्र्ा होला त्यसै गरी खाडीमा श्रमिकका समस्या महत्वपूण्र्ा छन । जसको लागी कतार च्याप्टरको तत्कालिन चौंथो अधिवेशनमा पारित गरिएको १५ वुंदे अवधारण्ाा खै ? कतार च्याप्टर यदि वास्तव मै कतारका सम्पूण्र्ा नेपालीहरूको साझा संस्था बन्ने सोचले अभिप्रेरित छ भने १५ वुंदे अवधारण्ाालाई थन्क्याएर होइन 'अमल' गर्नु पर्छ । कि फेरी कसैले राजनैतिक रुपमै यसको भण्डाफोर र वहिष्करण्ा गर्नु पर्ने हो ? स्मरण्ा गर्नु पर्छ विगत र त्यसले निम्त्याउन सक्ने अफ्ठ्यारो परिस्थितिलाई । मध्यपूर्व र मलेसियालाई एउटा क्षेत्रीय संजालको रुपमा विकसित गर्दै साझा समस्यालाई यस क्षेत्रको साझा मुद्दा बनाएर गैर आवासीय नेपाली संघ मार्फत राज्यसँग 'गफिने' अवधारण्ाामा स्पष्ट भएको बारे के गरी रहेको छ कतार च्याप्टर ?  साझा भनेको भरमा होइन व्यबहारको आधारमा बनिने कुरा हो, जुन कतारको हकमा लागु हुन सकी रहेको छैन ।

कतार च्याप्टरको दोस्ा्रो परिषद भेलामा जे जस्ता विषय पारित भए त्यो आफ्नो ठाउँमा होलान,

तर वास्तवमा न मुद्दामा समावेस न वहस न पारित, एउटा मुद्दा विधी, संहिता र मुद्दाको यथेष्ठ अज्ञानताले जकडिएको जस्तो कतार च्याप्टर आम नेपालीको साझा मुद्दा बारे कहाँ कसरी लडी रहेको भन्ने यकिन छैन । बेलाबखत पुराना वुँदा बोकेर दूताबास धाउने बाहेकको स्मरण योग्य के छ अभिलेख कतार च्याप्टरसँग ? खुलेआम च्याप्टरको कार्यकारिण्ाी पद ग्रहण्ा गर्दै वैचारिक संगठनको बढोत्तरी र बिस्तार गर्दै हिंड्ने, तर यदि कसैले मुद्दा उठान गरी दियो भने एनआरएनलाई छोड्न तयार भएको कथन गाउने जिम्मेदार महानुभावको शैलीले स्पष्ट हुन्छ गैर आवासीय नेपाली संघ, कतारप्रति स्पष्ट मानसिक अपनत्व र कतारका श्रमिकको समस्या र वहसबारे कतिसम्म हामी संवेदनशिल छौं भनेर ।

आज कतार च्याप्टरका जिम्मेदार कारिन्दाले सामाजिक विषयलाई लिएर कसैको रोजीरोटी समेतमा

धावा बोल्ने चेष्टा हुँदैगर्दा कम्तीमा त्यस्ता मानसिकतालाई रोक्न सक्ने खुवीपनि देखिन्न एनआरएनए, कतारमा । निर्देशित मानसिकता भन्दा माथि उठेर आफ्नै सक्रियता, आफनै कार्यनीति र शैली बनाउने दिशामा कतार च्याप्टर कति सफल र संवेदनशील भन्ने बारे वहस आवस्यक छ, तर गुण्ा र दोषको आधारमा आलोचना-विवेचना हुँदैगर्दा 'रात गई बात' गई भन्ने संकीण्र्ाताले जकडिएका जिम्मेदारहरूका कारण्ा कताकति विमर्शको अधिकारलाई कुन्ठित गर्न निलम्वनका हल्लापनि फैल्याईंदै छ । भविष्यमा गैर आवासीय नेपाली संघ र यसका च्याप्टरहरू राजनीतिको खुल्ला अखडा बन्दै प्रतिस्पर्धात्मक समस्याको जकडमा न फंस्ला भन्न सकिन्न । यसको नतिजा आसन्न पाचौं अधिवेशनमा पक्कै देखिएला ।

प्रकाशित मिति: २०७१ वैशाख ८ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication