Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ कार्तिक ६     Login | Register | Issue No. 284
दृष्टिकोण»

गतिरोधको निकास : प्रतिनिधिसभा पुनःस्थापना

माघ ४ -
वास्तवमै भन्ने हो भने कांग्रेसलाई नजिकबाट हेर्ने वा सैद्धान्तिक रूपमा कांग्रेससँग सामिप्यता जनाउने धेरैलाई नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेस अहिले निरीह, दिशाविहीन र सत्तालोलुप भएजस्तो देखिएको छ । समग्रमा भन्नुपर्दा 'कांग्रेस अलमल्लमा र देश सङ्क्रमण्ामा' भन्नुपर्दा अतिशयोक्ति नहोला ।  विशेषगरी कांग्रेसमा गिरिजाबाबुको राजनीतिको उत्तरार्धकालमा माओवादीसँग नजिक हुने कांग्रेसी नेताहरू जो नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अन्ततोगत्वा माओवादीले प्रधानमन्त्री समर्थन गर्ने भन्ने दरो विश्वास गर्थे । तर कहिले बाबुरामले मानेनन् त कहिले प्रचयण्डले भन्ने अनेक तर्कहरू एकपछि अर्को गरेर बाहिर आउँदा माओवादीले बिरालोले मुसा खेलाएको जस्तो देखिएको छ भने सरकार परिवर्तनलाई मुख्य मुद्दा बनाएको कांग्रेस रण्ानीतिक रूपमा अलमल्ल र कमजोर देखिएको छ ।

वास्तवमै भन्ने हो भने नेपालको राजनीतिमा सापेक्षकि रूपमा सत्तालोलुप र भ्रष्टको लेबल लाग्न अझै बाँकी रहेका र सन्त प्रकृतिको राजनीति गरिबसेका सुशील कोइराला आफै प्रधानमन्त्री बन्ने आकाङ्क्षाका कारण्ा विवादको घेरामा तानिएका छन् । एउटा चिनियाँ उखान छ- 'विवेक र लगानीलाई कुर्बानी दिएर महत्त्वाकांक्षा अपनाउँदा कहिलेकाहीं राम्रो पेन्टिङका ठाउँमा खरानी हात लाग्छ ।'

कांग्रेसभित्र वा कांग्रेसबाहिर माओवादीले गोलपोस्ट सारिरहेको आरोप लाउनेहरूले वास्तवमै माओवादीको रण्ानीति र द्वन्द्वग्रस्त समाजको रूपान्तरण्ाको राजनीति दुबै बुझ्न नसकेको देखियो । शान्ति प्रकिया सुरु भएको लगत्तै भारतको द हिन्दु पत्रिकाको अन्तर्वार्ता जो कान्तिपुरले पनि छापेको थियो, त्यसमा प्रचण्ड र बाबुराम लगायतका पार्टीका मुख्य नेताहरू सरकारमा नजाने, राष्ट्रपति वा प्रधानमन्त्री नबन्ने, बरु गान्धी बन्ने भन्ने माओवादीको नेतृत्वले शान्ति प्रकियामा सामेल भएयता सत्ताको राजनीतिलाई प्राथमिकता दिएबाट र गिरिजाप्रसादको नेपालको प्रथम राष्ट्रपति बन्ने महत्त्वाकांक्षालाई तुहाइदिएबाट माओवादीले प्रमुख प्रतिद्वन्द्वी पार्टी कांग्रेसलाई सजिलै सत्ता दिने विश्लेषण्ाले द्वन्द्वको पृष्ठभूमि नबुझेको देखियो । माओवादी विभाजित भएको बेलामा कांग्रेसलाई सत्ता दिएर चुनावमा जानु भनेको माओवादीले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तो हो भन्ने कुरो कांग्रेसले बुझ्न नसक्नु आफैमा हास्यास्पद देखिन्छ ।

कसै-कसैले गिरिजाप्रसादकै कारण अहिले कांग्रेसको यो हालत भएको आरोप लगाए पनि वास्तवमै भन्ने हो भने कांग्रेसमा गिरिजाप्रसादको अभाव दिनानुदिन खड्किँदै गएको छ । गिरिजाप्रसादलाई औधी मनपराउने र सारै घृण्ाा गर्ने मान्छेहरू मनग्ये थिए र अहिले पनि छन् । तर दुबै थरीले गिरिजाप्रसादलाई अडिग र निडर नेता हुन् भन्नेमा कमै विवाद राख्छन् । राजनीतिमा कुनै व्यक्ति सधैंका लागि अपरिहार्य हँुदैन । तर प्रजातन्त्रको मेरुदण्ड संसद वा संसदको काम गर्ने संविधानसभाको रिक्तताले निम्त्याउने खतरालाई प्रतिपक्षको भूमिका निभाइरहेको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले बुझ्न नसकेको देख्ता धेरैलाई अहिले गिरिजाप्रसादको खाँचो खड्किएको छ ।

निरंकुश बन्दै गएका तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजाप्रसादले संसद पुनःस्थापना मेरो बटम लाइन हो र यो बाहेकमा सहमति हुनसक्दैन भन्दा कांग्रेस भित्रैकालाई यो बूढाले के आँटेको हो भन्ने लाग्थ्यो । धेरैले मरेको संविधान ब्युँताएर के होला र ? भन्ने गर्थे । आफूलाई कांग्रेसभन्दा प्रगतिशील ठान्ने एमालेले राष्ट्रिय सहमतिको सरकारलाई मुख्य मुद्दा बनाएको थियो । अर्को अर्थमा भन्ने हो भने एमालेले पार्टीहरूलाई कम राजालाई ज्यादा राजनीतिक भूमिका दिने नीति अपनाएको थियो ।

गिरिजाप्रसादले किन संसद ब्युँताउने नीति अपनाएका रहेछन् त भन्ने कुरा धेरैलाई संसद पुनःस्थापनापछि राजाको राजनीतिक भूमिका कमजोर हुँदै गएको तर पार्टीको भूमिका बलियो हँुदै गएको र अन्ततोगत्वा नेपालको राजतन्त्रको अन्त्य संसद वा व्यवस्थापिकाबाटै भएपछि मात्रै महसुस भयो ।

कांग्रेस अहिलेको नीतिगत अलमलतालाई हेर्ने हो भने नयाँ संविधान निर्माण्ाका लागि निकासभन्दा बढी सरकार निर्माण्ा वा सत्तामा जाने नीतिमा बढी ध्यान दिएजस्तो देखिन्छ । सहमतिमा माओवादीसँग समाधान ननिस्के राष्ट्रपतिलाई सक्रिय बनाएर भए पनि नयाँ सरकार बनाउनुपर्छ भन्ने रण्ानीतिले समस्याको जरो राम्रोसँग बुझ्न नसकेको देखिन्छ ।  

माओवादी र मधेस मोर्चाको गठबन्धनको सरकारले संविधानसभा भङ्ग गरेको करिब तीन-चार महिनासम्म कांग्रेस के गर्ने भन्ने रण्ाभुल्लमा रहेको देखियो । आन्दोलन गर्ने वा वार्ता गर्ने, चुनावमा जाने वा प्रतिनिधिसभा ब्युँताउने, सरकारमा गए को पठाउने आदिमा समय बिताएको कांग्रेसलाई माओवादीले एकातिर सत्ताको ललिपपमा भुलाएको भन्ने एकथरी विश्लेषकहरू भन्छन् भने अर्कोतिर नयाँ संविधानको निर्माण्ा, लोकतन्त्रको सुदृढीकरण्ा, राष्ट्रियता र नेपालको भविष्यभन्दा बढी सत्ता परिवर्तनलाई कांग्रेसले जोड दिएको मेसेज जनतामा गएको देखियो ।

संसारका द्वन्द्वबाट शान्ति प्रक्रियामा गएका देशहरूको इतिहासलाई नजिकबाट हेर्ने हो भन्ने विद्रोहीलाई हतियार बिसाएर मूलधारमा ल्याउन उनीहरूलाई सत्ताको एउटा हिस्सा बनाउनु र सुरक्षा निकाय विशेषगरी सेनामा विद्रोहीलाई संलग्न गराउनुपर्ने जरुरी देखिन्छ । अर्कोतिर द्वन्द्व रूपान्तरण्ाको प्रक्रियामा विद्रोही समूहभित्र नेपालमा माओवादीभित्र फुट आएजस्तो जडवादी वा कट्टरपन्थी र सुधारवादी वा परिवर्तनकारीबीच ध्रुवीकरण हुने र अक्सर विभाजन आउने गर्छ ।

यस अर्थमा भन्ने हो भने माओवादी ठूलो पार्टीको हैसियतले सरकारमा जानु शान्ति प्रक्रियाका लागि आवश्यक थियो । तर माओवादीहरू विभाजित भएर कमजोर भएको बेला सजिलै सत्ता छोडेर चुनावमा जालान् भन्ने कांग्रेसको विश्लेषण्ा खोटपूण्र्ा थियो ।

सहमतिको सम्भावना करिब क्षीण्ा बन्दै गएका बेला कांग्रेससामु तीन विकल्प खडा छन् । पहिलो विकल्प, माओवादी सरकारविरुद्ध आन्दोलनको नेतृत्व गर्ने र राष्ट्रपतिलाई संविधानको बाधा फुकाउने धारा प्रयोग गरी नयाँ प्रधानमन्त्री नियुक्त गर्न दबाब दिने । तर यो विकल्पले बाधा फुक्ने नभएर समस्या झन् बढ्दै जाने देखिन्छ । भनिन्छ, इतिहास दोहोरिन्छ । संसदको अनुपस्थितिमा सरकार बनाउने वा आफैले सरकार चलाउने संवैधानिक राजाको काम गैरसंवैधानिक भएजस्तै  वर्तमान सरकारलाई फालेर नयाँ सरकार बनाउने राष्ट्रपतिको कार्यले नेपालको राजनीतिमा अझ बढी ध्रुवीकरण बढाउने देखिन्छ । दुई चिरामा बाँडिएको माओवादीले नगलहत्याएसम्म सत्तामा बसिरहने र सत्ताबाट फालिएमा त्यसैलाई मुद्दा बनाएर आफ्नो शक्ति सशक्तीकरण्ा गर्ने धेरैले अड्कल गरेको देखिन्छ । नयाँ सरकार अन्तर्गत माओवादीका दुईवटै पार्टी चुनावमा नजाँदा नेपालको राजनीति पहिलेकै द्वन्द्वकालको जस्तो हुन जानेछ ।  

कांग्रेसको दोस्रो विकल्प भनेको एउटा तटस्थ प्रधानमन्त्रीको नाममा सहमति जनाएर चुनावमा जानु । तर यो विकल्पका पछाडिका थुप्रै समस्या छन् । एकथरी विश्लेषकहरू यो विकल्पका पछाडि माओवादीको सत्ता लम्ब्याउने खेल भन्ठान्छन् भन्ने अर्कोतिर सबैलाई मान्ने हुने प्रधानमन्त्रीको उम्मेदवार फेला पार्न त्यति सजिलो नभएको देखिन्छ ।

कांग्रेससामु देखिएको अर्को विकल्प भनेको माओवादीले उठाएको प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सर्तसहित सहमति जनाउनु । माओवादीले सुरुमा सहमतिको प्रधानमन्त्री खोज्ने, कांग्रेस र एमालेले सुशील कोइरालालाई प्रधानमन्त्रीमा अघि सार्दा अर्को तटस्थ उम्मेदवार खोज्नुपर्छ भन्ने र अहिले आएर प्रतिनिधिसभा ब्युँताउने कुरा ल्याएकाले माओवादीको प्रतिनिधिसभाको कुरा एउटा रण्ानीतिमात्र हो भन्ने एकथरी कांग्रेसहरू छन् भने अर्कोतिर संविधानसभाको जनादेश थोत्रो भैसकेको र त्यसैले संविधानसभा होइन, नयाँ चुनाव चाहिएको छ भन्नेहरूको कांग्रेसमा बहुमत देखिन्छ ।

अर्कोतिर प्रतिनिधिसभा पुनःस्थापना भएमा जातीय आधारमा राज्य स्थापना हुनुपर्छ भन्नेहरूको बहुमत हुनेछ । त्यसैले कांग्रेस र एमालेलाई प्रतिनिधिसभा पुनःस्थापना मान्ने हुँदैन भन्नेहरू पनि छन् । तर नयाँ निर्वाचनको वैधानिक बाटो खोल्नसमेत प्रतिनिधिसभाको आवश्यकता देखिन्छ । तर संविधानसभाको पुनःस्थापनालाई सरकार परिवर्तनको प्रयोजनका लागिमात्रै प्रयोग गरिनु हुँदैन । प्रतिनिधिसभाको पुनःस्थापनापूर्व मुख्य पार्टीहरु बीचमा निम्न कुराहरूमा सहमति हुनु जरुरी छ- बढीमा तीन महिनाका लागि संविधानसभा पुनःस्थापना गर्ने, निवार्चनसँग सम्बन्धित प्रयोजनहरू संविधान र ऐनमा परिवर्तन गर्ने, संविधान निर्माण्ाको प्रक्रियामा यस अघि सहमति भैसकेका सवालहरूलाई समेटेर र बाँकी विवादास्पद सवाललाई चुनावपछि बन्ने प्रतिनिधिसभाले छिनोफानो गर्ने भन्ने कुरा समेटेर एउटा अन्तरिम संविधान जारी गर्ने र सकभर दुई तिहाइ सहमतिमा चुनावी सरकार बनाउने र नसकिए बहुमत नयाँ सरकारलाई चुनाव गराउन दिने कुरामा पूर्वसहमति गरेर प्रतिनिधिसभाको पुनःस्थापना भएमा अहिलेको राजनीतिक गतिरोधको निकास निस्किने देखिन्छ ।

भनिन्छ- विशेषकालमा विशेष राजनीतिक नेतृत्वको आवश्यकता पर्छ ।  जसरी गिरिजाप्रसादले तत्कालीन राजाको निगाहमा सरकारमा जानुभन्दा संसद पुनःस्थापनामार्फत समाधान खोजेजस्तै कांग्रेसले राष्ट्रपतिको निगाह खोज्नुभन्दा प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प खोज्नु लोकतन्त्रको हितमा हुन्छ । तर यसका लागि कांग्रेसभित्रका प्रदिप गिरी, नरहरि आचार्य, गगन थापा लगायतका चिन्तकहरूले सैद्धान्तिक र बौद्धिक नेतृत्व दिनुपर्ने देखिन्छ ।

-नोट ः यी लेखकका निजी विचार हुन् । लेखक सम्बद्ध संस्थासँग यी विचारको केही सम्बन्ध छैन ।)

प्रकाशित मिति: २०७१ कार्तिक ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

धम्की नै दिन्छु भनी आ'... घुर्की मात्र देखाएम् ! ... योभन्दा बढी कति देखाउनु लचकता ?
  हाम्रा प्रकाशनहरु :
Our Publication