दुबई, माघ ४ -
बागलुङ सेवा समाजले गत ११ जनवरीमा प्रथम वाषिर्क उत्सव मनाएका छ । बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कँडेलको अध्यक्ष्यतामा सम्पन्न उत्सवका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष तथा बागलुङ सेवा समाज युएईका वरिष्ठ सल्लाहकार चित्रबहादुर केसी रहेका थिए । सभामा कोषाध्यक्ष पीताम्बर पाण्डेले वाषिर्क आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजको आर्थिक जम्मा रकम ८ हजार ९४६ दिराम रहेको जनाएको छ । त्यस्तैगरी एक वर्षसम्म समाजले गरेको गतिविधिहरूको कार्यप्रगति प्रतिवेदन उपाध्यक्ष पूर्ण सापकोटाद्वारा प्रस्तुत गरिएको थियो । प्रवासको भूमिमा आफ्नो ड्युटीको बाबजुद पनि बचेको समयलाई सदुपयोग गर्दै सामाजिक कार्यक्षेत्रमा योगदान पुर्याउँदै कला, संस्कृति र खेल जगत्को उत्थान गरेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बागलुङ सेवा समाज युएईका पदाधिकारीलाई धन्यवाद तथा बधाईसमेत दिएका
थिए । अध्यक्ष कंँडेलले आगामी दिनमा युएईस्थित सञ्चालनमा रहेका विभिन्न संघ संस्थासँंग सहकार्य गर्दै अझै सशंक्त ढंगले समाजलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
प्रकाशित मिति: २०७० जेष्ठ ४ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?