काठमाडौ, माघ ४ -
हालै बिहे बन्धनमा बाँधिएका करिना कपुर र सैफ अली खान सुटुक्क हनिमुन मनाएर फर्केका छन् । १६ डिसेम्बरमा दाम्पत्य जीवनमा बाँधिएका उनीहरूले डिसेम्बरका पछिल्ला दिनहरू र जनवरीका सुरुका दिनहरूलाई हनिमुनमा बिताए । मिडियाबाट बच्नका लागि आफ्नो हनिमुनलाई सक्दो गोप्य राखेको यो दम्पतीले फर्केपछि भने यी स्मरणीय पलहरूलाई लुकाइराख्न सकेनन् । त्यसैले करिनाले ट्वीटरमार्फत हनिमुनका तस्बिरहरू सार्वजनिक गरेकी छन् । धेरैले हनिमुनका 'हट' तस्बिरहरूको अपेक्षा गरेका थिए । तर करिनाले बेलायतको कुनै अपार्टमेन्टको किचेनमा खाना बनाइरहेको र दुईजना वाइन लिएर अंगालोमा बाँधिएको तस्बिर मात्रै ट्वीटरमा राखियो । धेरै फ्यानहरूले हनिमुनका रोमाञ्चक तस्बिरहरू राख्न माग गरेका छन् । प्रतीक्षा गरौं, उनीहरूको हनिमुनका कस्ता कस्ता तस्बिर देख्न पाइनेछ ।
प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?