Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ वैशाख ८     Login | Register | Issue No. 268
मनोरञ्जन»

कन्डमप्रति पोर्न उद्योगको आपत्ति

काठमाडौ, माघ ४ -
धेरैलाई लाग्दो हो, पोर्न अर्थात् ब्लू फिल्ममा यौन सम्पर्कका क्रममा कन्डम लाउनुपर्दैन र ? तर त्यस्ता फिल्म निर्मात्ााहरू भने कन्डम लगाइयो भने पोर्न उद्योग नै धराशायी हुने ठान्छन् । त्यसैले अमेरिकाको लस एन्जलसमा पोर्न उद्योगले नोभेम्बरदेखि लागू भएको कन्डम लगाउनुपर्ने कानुनको विरोधमा कानुनी पक्रिया नै थालेको छ । यस्ता फिल्ममा काम गर्नेहरू प्रत्येकले हरेक दुई सातामा स्वास्थ्य परीक्षण गराएर स्वस्थ प्रमाणित भएपछि मात्र काम गर्न पाउने भएकाले त्यस्तो कानुन जरुरी नभएको र कन्डम लगाएर खिचिएका त्यस्ता फिल्महरूले बजार लिन नसक्ने भन्दै उद्योगलाई धराशायी हुनबाट बचाउन उक्त कानुन लागू गरिनु नहुने पोर्न उद्योग व्यवसायीहरूको तर्क छ । कन्डम नलगाइएको भन्दै केही कलाकारलाई दण्डित गरिएपछि पोर्न उद्योगका भीभीडी इन्टरटेनमेन्ट र क्यालिफा प्रोडक्सन विरोधमै उत्रिसकेका छन् । यस्तो कानुुन र त्यसको विरोधले कसरी किनारा पाउँछ त्यो थाहा पाउन भने केही समय कुर्नैपर्छ ।

 

प्रकाशित मिति: २०७१ वैशाख ८ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication