Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ श्रावण ८     Login | Register | Issue No. 278
मनोरञ्जन»

उर्वशी बनिन् बिगबोस

काठमाडौ, माघ ४ -
'कसौटी' स्टार कोमलिका अर्थात् उर्वशी ढोलकिया बलिउडको सबैभन्दा चर्चित रियालिटी सो 'बिगबोस' सिजन-६ को बिजेता बनेकी छन् । तीन महिनाभन्दा बढी समयसम्म बाहिरी दुनियाँसँगको सम्बन्ध विच्छेदमा रहेर बिगबोस घरका सबै प्रतिस्पर्धीलाई पछार्दै ५० लाख रुपैयाँ नगदसहित उनी यो बर्षको बिगबोस विजेता बनेकी हुन् । बलिउडका सबैभन्दा बढी कमाउने र सबैभन्दा महँंगा सुपरस्टार नायक सलमान खानले चलाएकाले पनि यो कार्यक्रम निकै चर्चित छ नै, बलिउड स्टार र अन्य सेलिब्रेटीहरूको पनि बेलाबखतको सहभागिताले कार्यक्रमप्रति सबै क्षेत्रका दर्शकहरूको चासो हुने गरेको छ । सुरुदेखि नै 'को होला त यो वर्षको बिगबोस

विजेता ?' भन्ने कौतूहल र चासोमा दर्शकहरूलाई बाँध्ने यो कार्यक्रममा यदाकदा हलिउड सेलिब्रेटीको पनि सहभािगत हुने गर्छ । विजेताको लागि दमदार प्रतिस्पर्धी उम्मेदवारका रूपमा देखिएकी डेलिनाज केही दिनअघि बाहिरिएपछि उर्वशी ढुक्कजस्तै थिइन् भने सुरुदेखिका पुरुष प्रतिस्पर्धी राजीव दुई दिनअघि मात्र बाहिरिएपछि निकेतनको पनि आफू विजेता बन्ने सपना बलियो बनेको थियो । तर बीचमा छिरेका 'सन्की' र 'खुस्केट' पाराका इमाम फस्ट रनरअप बने भने 'लभ-गर्ल' को शैलीमा देखिएकी सना सेकेन्ड रनरअप बनिन् । तीन वर्षको उमेरमा लक्स साबुनको विज्ञापनमा अभिनय गरेकी उर्वशी स्टारप्लस च्यानलको 'कसौटी जिन्दगीका'मा कोमलिकाको भूमिकामा देखिएपछि निकै चर्चित भएकी अभिनेत्री हुन् । १६ वर्षको उमेरमा बिहे गरेर १७ वर्षमै जुम्ल्याह छोराहरूकी आमा बनेकी उर्वशीले पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन् ।

प्रकाशित मिति: २०७१ श्रावण ८ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication