दोहा, माघ ४ -
लेबनानलाई सानदारसँग जित्दै नेपालले दोस्रो आप्रवासी समुदायबीचको भलिबल लिग प्रतियोगिताको यात्रा सुरु गरेको छ ।
आफूलाई सफल दाबेदारको रूपमा प्रस्तुत गरेको नेपालले उद्घाटनको पहिलो खेलमा लेबनानलाई सजिलैसँग ठूलो अन्तरले जितेको हो । उसले पहिलो सेटमा २५-५ र दोस्रो सेटमा २५-७ को फरकमा जितेको हो ।
नेपालले लगातार १२ नम्बर कटाउँदा पनि लेबनानलाई शून्यमै राखेको थियो । उद्घाटनमा खेलमा उपस्थिति सबै प्रतिस्पर्धी टोलीलाई नेपालको उत्कृष्ट प्रदर्शनले लोभ्याएको थियो । 'हामी यसपटकको लिग जितेरै छाड्छौं,' नेपाली टिमका संयोजका सागर नेपालले भने, 'नेपालको प्रदर्शनले सबैलाई लोभ्याएको छ ।'
कतार भलिबल एसोसिएसनले आप्रवासीबीचको सम्बन्धलाई अझ दरिलो बनाउन यो खेल आयोजना गरेको हो ।
यसपटक विजेताले पहिलोलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रियालको राशि राखिएको छ ।
खेलमा ८ वटा टिम सहभागी रहेका छन् । जसमा कतारको जुनिएर राष्ट्रिय टिमले समेत सहभागी जनाएका छन् । गत वर्षदेखि सुरु भएको लिगमा नेपाल उपविजेता रहेको थियो । यसपालि नेपाललाई हराउने सुडानले खेलमा सहभागी जनाएको छैन ।
शुक्रबार साँझ साढे पाँच बजे भएको कार्यक्रममा सहभागी देशहरूले आआफ्नो सांस्कृतिक झल्किने कला कौशल प्रदर्शन गरेका थिए । त्यसमा नेपालको तर्फबाट झाँकी, झन्डा, संगीतसमेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: २०७० जेष्ठ १२ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !