Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ वैशाख ३     Login | Register | Issue No. 267
मुख्य समाचार»

डेकेन्द्रका हत्यारालाई राज्यको संरक्षण

दैलेख, माघ ४ -
केही दिनको अवरोधपछि पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरणको अनुसन्धान फेरि अगाडि बढ्ने भएको छ । थापाको हत्या भएको ८ वर्षपछि प्रहरीले अनुसन्धान थालेको थियो । हत्या अभियोगमा स्थानीय प्रहरीले अघिल्लो शनिबार ५ माओवादी कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालेको हो । तीमध्ये ३ जनाले साबिती बयान दिइसकेका थिए । बयान दिनेहरूले हत्यामा संलग्नता स्वीकार गर्दै जेलमा बसेर प्रायश्चित गर्ने बताएका थिए । तर एकाएक प्रधानमन्त्रीका कानुनी सल्लाहकार तथा महान्याधिवक्ता मुक्ति प्रधानले पत्र लेखी मुद्दा नचलाउन र अनुसन्धानसमेत रोक्न आदेश दिएपछि प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।

स्थानीय प्रहरी र सरकारी वकिलको कार्यालयलाई त्यसअघि पनि मौखिक रूपमा महान्याधिवक्ता र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले अनुसन्धान रोक्न आदेश दिएका थिए । तर दुवै निकायले उपल्लो निकायको दबाबका बाबजुद अनुसन्धान र पक्राउ परेका अभियुक्तको बयान जारी राखेका थिए । गत शुक्रबार पत्र नै पठाएर अनुसन्धान रोक्न आदेश दिएपछि भने प्रक्रिया रोकिएको थियो । महान्यायाधिवक्ताको आदेश असंवैधानिक भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार अन्तरिम आदेश जारी भएपछि भने बुधबारबाट अनुसन्धान प्रक्रिया फेरि अगाडि बढेको छ ।

'सर्वोच्चको आदेशले हाम्राे मनोबल उच्च भएको छ । अब अझै गहनताका साथ अनुसन्धान अघि बढाउँछौं । दोषीमाथि कारबाही र पीडितको न्यायका लागि हामी गम्भीर छांै,' अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले भने । अभियुक्त पक्राउ परेलगत्तै आफ्ना निर्दोष कार्यकतालाई फसाउन खोजेको भन्दै एमाओवादी र नेकपा-माओवादीका जिल्ला नेताहरूले जिल्ला प्रहरी प्रमुख डीएसपी शारदाप्रसाद चौधरी र अनुसन्धान अधिकृत शर्मालाई धम्क्याउन थालेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईले बयान प्रभावित पार्ने गरी प्रहरी महानिरीक्षक कुवेरसिंह राना र महान्यायधिवक्ता मुक्ति प्रधानमार्फत मातहतका स्थानीय निकायलाई धम्क्याएका थिए । पत्रकार महासंघ, स्थानीयबासी र नागरिक समाजको दबाबका कारण प्रहरी र सरकारी वकिलले अनुसन्धान तथा अभियोजनलाई निरन्तरता दिएका थिए ।

महान्याधिवक्ताले पत्र नै लेखी अनुसन्धान रोक्न भनेपछि पत्रकार महासंघको अगुवाइमा देशभरका पत्रकार आन्दोलित भएका थिए । जिल्लामा स्थानीयबासी, नागरिक समाजको बृहत् समर्थन जुटेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री र महान्यायधिवक्ताको पुत्लासमेत दहन गरेका थिए ।  पत्रकार महासंघले हत्या आरोपीलाई नियन्त्रणमा लिएर दैलेख प्रहरीले स्वागतयोग्य काम गरेकोमा उच्च प्रशंसा समेत गरेको छ ।

डेकेन्द्र हत्यासम्बन्धी मुद्दा अघि बढाएको भन्दै दुवै माओवादीले स्थानीय पत्रकारहरूलाई धम्क्याउन छाडेका छैनन् । जे पनि हुन सक्ने, लेखिरहे नराम्रो हुने, दुई चारवटा पत्रकारलाई काटेरै जेल जानेजस्ता सांघातिक अभिव्यक्ति दिने शृंखला ती पार्टीका नेताहरूबाट नरोकिएपछि पत्रकारहरू त्रासमा छन् । मुद्दा प्रक्रिया अघि बढेयता जिल्लास्थित पत्रकारहरू गाउँ जान सकिरहेका छैनन् । 'अभियुक्तलाई प्रहरीले पक्रेलगत्तै हामीमाथि खतरा आइलागेको छ । माओवादी कार्यकर्ताबाट कतिबेला कुटिने हो भन्ने त्रास छ,' पत्रकार महासंघका शाखा अध्यक्ष पुष्कर थापाले भने, 'निर्धक्क हिँडडुल गर्न समस्या छ । राति मिडियामा काम गर्नुपर्ने साथीहरूमा झन् बढी सन्त्रास छाएको छ ।'

यसरी बढेको थियो अनुसन्धान डेकेन्द्र पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुरुमा द्वारी १ का लक्षीराम घर्तीलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा थप ४ जनालाई पक्राउ गरिएको हो । लक्ष्मीले ०६५ भदौ १२ गते लक्षीरामसहित कट्टीका बमबहादुर खड्का मूक्ति, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । ०६१ साउन २७ गते तत्कालिन सशस्त्र माओवादी कार्यकर्ताले द्धारी गाविसको नेपाल राष्टिय निमाविको एक कोठामा डेकेन्द्रको विभत्स हत्या गरेका थिए । साबिती बयान दिएका अभियुक्तले चरम यातनापछि डेकेन्द्रलाई प्राण गए नगएको यकिन नभै खाल्डोमो पुरेको स्विकारेका छन् ।

जाहेरी दर्ताको ४ वर्ष बितिसक्दासमेत प्रहरीले घटनाको अनुसन्धान र दोषीलाई पक्राउ नगरेपछि लक्ष्मीले गत मंसिर २७ गते दैलेख प्रहरी र सरकारी वकिल कार्यालयविरुद्ध पुनरावेदन अदालत सुर्खेतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै पुनरावेदनले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो । पुनरावेदनको आदेशका आधारमा दैलेख प्रहरीले एकीकृत माओवादीका जिल्ला सदस्य वीरबहादुर केसी, वैद्य नेतृत्वको नेकपा-माओवादीका भेरी कणर्ाली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, वरिष्ठ सचिवालय सदस्य निरक घर्तीमगर र जिल्ला सदस्य लक्षीराम घर्तीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

जिउँदै गाडिएको बयान प्रारम्भिक अनुसन्धानका क्रममा पत्रकार थापालाई जिउँदै गाडिएको रहस्य खुलेको छ । हत्याकाण्डका एक अभियुक्त लक्षीराम घर्तीले प्रहरी र सरकारी वकिलसमक्ष भने, नाडी सुस्त चलेपछि गाड्न भनी मैंले नै खाल्डो खनें । गाड्दा ऊ -डेकेन्द्र) जिउँदै थियो । नौजनाले गाडेका हौं । द्वारी गाविस-१ निवासी ४५ वषर्ीय घर्तीले बयानमा हत्याको वास्तविकता बताउन आफू पहिल्यैदेखि आतुर भएको बताएका छन् ।

'जिल्ला हेडक्वार्टरको नीतिबमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौ,'ं घर्तीले सरकारी वकिल डम्बर काफ्लेसमक्ष भने । हत्यामा संलग्न रहेकाले अपराधबोध भएको र डेकेन्द्रको आत्माले चिरशान्ति पाओस् भनेर सजाय भोग्न तयार भएको घर्तीको भनाइ छ । द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षाकोठाको तेस्रो बिममा झुन्ड्याएर लौरी, सिस्नुपानीले दुई दिनसम्म यातना दिएर नमेरपछि जिउँदै गाडिएको अभियुक्तले बताएका छन् ।

खानेपानीसम्बन्धी वार्तामा बोलाइएका डेकेन्द्रलाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरेका थिए । हत्याको चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन् गरेपछि परिवारले कंकालको दाहसंस्कार गरेका थिए । छोरा डेकेन्द्रको हत्याका अभियुक्तलाई प्रहरीले पक्रँदा आमा गंगादेवी थापालाई केही न्याय मिलेको महसुस भएको थियो ।

पार्टीको संरक्षणमा फरार अभियुक्तहरू राज्यको संरक्षणका कारण पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्त चार माओवादी कार्यकर्ता अझैं खुलेआम छन् । जिल्लाबाहिर रहेका ती फरार अभियुक्तहरू कट्टी गाविसका बमबहादुर खड्का मूक्ति, छिउडीपुसाकोटका बमबहादुर खड्का अरुण, सोही गाविसकै केशव खड्का र द्वारीका भक्तिराम लामिछानेलाई प्रहरीले पक्राउ गर्न नसकेको हो ।  मुख्य अभियुक्त बमबहादुर खड्का मुक्ति पछिल्लो समय एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । छिउडीपुसाकोटका केशव खड्का भारतको पिलिभितस्थित अस्पताल सरसफाइको काम गर्छन् भने अरुण भन्ने बमबहादुर खड्का बर्दियाको बगनाह गाविसको औरीमा बिरामी सासुको हेरचाह गरिरहेका छन् । भक्तिराम लामिछाने कोहल्पुर दसगजा पछाडि सशस्त्र प्रहरी क्याम्प छेउस्थित आफ्नै घरमा छन् ।

केही समयअघि जनमुक्ति सेनाको छैटौं डिभिजन दशरथपुरमा लडाकु रहेका मुक्ति र अरुणले डेकेन्द्र पत्नी लक्ष्मीले पुनरावेदन अदालत सुर्खेतमा अनुसन्धान अघि बढाउन माग गर्दै रिट दायर गरेलगत्तै शिविर छाडेको प्रहरी स्रोतले जनायो । रिट दायरपछि पक्राउ परिने निश्चित भएकाले उनीहरू दुवै चेक बुझेर अवकाशमा निस्केका हुन् । अरुण दोस्रो चरणको वर्गीकरणमा समायोजन रोज्ने ३ हजार लडाकुमध्ये थिए । हाल सुर्खेत र बाँकेमा लुकेर बसेका अभियुक्तहरूलाई एमाओवादी र नेकपा-माओवादीको चर्को दबाबका कारण सम्बन्धित जिल्लाका प्रहरीले पक्राउ गर्न नसकेको हो । प्रहरी निरीक्षक शर्माले स्वतन्त्रपूर्वक खोजतलास गर्न दिए ती सबैलाई एकैदिन समात्न सकिने दाबी गरे ।

यस्ता थिए डेकेन्द्र

माओवादीले पत्रकार डेकेन्द्रराज थापालाई सुराकी गरेको, रेडियो नेपालमा आफूविरुद्ध समाचार सम्पे्रषण गरेको लगायतका एक दर्जन आरोप लगाई क्रूर हत्या गरेका थिए । उनी न सेना, पुलिस र प्रशासनसँग नजिक थिए न माओवादीसँग । रेडियो नेपालमा काम गर्ने हुँदा माओवादी डेकेन्द्रप्रति सधैं संशकित थिए भने निर्बाध गाउँ आउजाउ गर्ने भएकाले प्रशासनले समेत शंकालु नजरले हेथ्र्यो । बजारका मान्छे पुलिस प्रशासनका हुन्छन् । यिनी गाउँ आए भने आफ्नैबारे सुराकी गर्छन् भन्ने माओवादी भ्रमले धेरै काम गरेको थियो । सीडीओको दुव्र्यवहार र सेनाको कुटाइ सहदासहदैं डेकेन्द्र अन्तिममा माओवादीबाट प्राण नजाँदै खाल्डोमा पुरिए ।  

डेकेन्द्रका समकालिन पत्रकार हरिहरसिंह राठौरका अनुसार समाचार आफ्नो अनुकूलको नलेखेको भन्दै प्रशासन र सेनाबाटै उनी थुपै्रपटक कुटिएका थिए । ०५४ सालमा गणेशमान सिंहको निधन हुदँा सरकारले राष्ट्रिय शोक घोषणा गरेको थियो । त्यही दिन जिल्ला न्यायाधीश, सीडीओसहितका हाकिमहरू एक सरकारी कार्यालयमा भोजभतेर गरिरहेको अवस्थामा उनी पुगेर खबरदारी गरेका थिए । सोही अभियोगमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले उनलाई दुव्र्यवहार गर्नुका साथै ९ रात थुने । ०६० सालको असोजतिर उनले सेना प्रहरी नै मदिरा आपूर्ति गर्छन् शीर्षक दिएर नेपाल समाचारपत्रमा छापेका थिए । समाचार छापिएपछि सेनाको फस्ट राइफल गणका सहसेनानी जीवेश थापाले सडकमै सख्त कुटेका थिए । सदरमुकाममा त्यतिबेला मदिरा निषेधित गरिएको थियो ।    

पत्रकार अमर सुनारका नजरमा डेकेन्द्र निर्भिक, मिलनसार, प्रखर वक्ता र सजिलै घुलमिल हुने स्वभावका थिए । अन्यायको सहन्थेनन् । उति बेलै विराध गरिहाल्थे उनी सम्झन्छन्, 'जिल्लाका प्रशासनिक हाकिमले अनावश्यक सेवाग्राहीको काम रोके कडा प्रतिवाद गर्थे । समाचार सन्तुलनमा पनि सके जति ध्यान दिन्थे ।' डेकेन्द्र अग्रणी समाजसेवी पनि थिए । सदरमुकामको नमुना

वादी बस्तीमा उनलाई भगवान्जस्तै सम्मान छ । त्यहाँ ठूलो साइजमा उनको फोटो सजाएर राखिएको छ । उनकै पहलमा जिल्लाभर छरिएर रहेका २० भन्दा बढी वादीका परिवारलाई गणेशचोक नजिकको सार्वजनिक जग्गामा बसालिएको हो । सशस्त्र द्वन्द्वले माछा मार्ने, मादल सुल्पाजस्ता पुख्र्यौली पेसा संकटमा परेपछि  वादी परिवार जिउने माध्यमको खोजीमा सदरमुकाम आएका थिए । तत्कालीन प्रजिअ ऋषिकेश निरौलालाई कन्भिन्स गरी प्रती बाँझो जग्गामा उनले बस्ती बसाए । उनका हत्यारालाई कारबाही गराउन बादी समुदाय पनि हरेक आन्दोलनमा सडकमा ओर्लिएका हुन्छन् ।

दैलेखबजार निवासी डेकेन्द्र हस्तबहादुर र गंगादेवीका माइला छोरा हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । दुई छोरीलाई

नेपाल पत्रकार महासंघले शिक्षादीक्षामा सहयोग गरिहरेको छ ।


प्रकाशित मिति: २०७१ वैशाख ३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication