Kantipur-qatar

Kantipur

मिति | शनिबार, २०७० जेष्ठ ११     Login | Register | Issue No. 222
खाडी»

समालमा साकेला पर्व भव्य

दोहा, पुस १९ -
किराँत राई यायोख्खाले शुक्रबार समाल गार्डेनमा वनभोजसहित साकेला उँधौली पर्व मनाएको थियो । कार्यक्रममा सहभागीले नाचेर चिसो मौसमलाई तताए ।    

दुई वर्षअघि कतार आएकी सुनसरीकी रेनुका बस्नेत कार्यक्रममा पहिलोपटक सहभागी भएकी हुन् । उनले नाचेर मनोरञ्जन गरेकेा बताइन् । धेरैपछि सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाएकोमा उनलाई आनन्द लागेको रहेछ ।  उनले भनिन्, 'यो जाडो बढ्दै गएको बेला नाचेर जिउ तताउन पाइयो, रमाइलोको सीमा

छैन ।' संखुवासभाका तीर्थ राई ७ वर्षदेखि कतारमा

छन् । तर उनले आफू राईको छोरो भए पनि 'साकेला किन मनाइन्छ ?' भन्ने थाहा नभएको बताए । उनले भने, 'नाच्ने/गाउने नियम थाहा नभए पनि मलाई राम्रो लाग्यो ।' आफ्नो कला, संस्कृतिको मात्र होइन अरूको संस्कृतिको  पनि सम्मान गर्दा मात्रै संस्कृतिको सही आदानप्रदान हुने उनको ठहर छ ।

दूतावासका द्वितीय सचिव भोजपुरका जयबहादुर राईले ०३६ तिर काठमाडौंमा साकेलाको बीउ रोपेको सम्भिmए । पछि त्यही बीउ उमि्रएर बिस्तारै बढेर फैलिएको देखेका उनले त्यही संस्कार व्यापक भएर विश्वमा सरेको अनुभव गरे का छन् । उनले आफू अमेरिका रहँदासमेत साकेला उँभौली र उँधौली मनाएको बताए । उनले कान्तिपुरसँग भने, 'यो राई जातिको मात्र चाड नभएर नेपाल र नेपालीको सम्पत्ति हो, त्यसैले लोप हुन नदिनु सबै नेपालीको कर्तब्य हो ।'  बागलुङका बालसिंह परियार अर्कै वनभोजमा सहभागी हुन समाल पुगेका रहेछन् । कतार बसाइको बाह्र वर्षमा उनले साकेला नाच देखेर पश्चिमतिर खुब चलेको देउडा नाचलाई सम्भिmए । उनी आफ्नो वनभोज छोडेर यता आएका  रहेछन् । उत्साहित हुँदै उनले भने, 'जता रमाइलो, त्यतै आइयो ।'

झापाका वीरेन्द्र राजवंशीले कतारको हावापानी भोगेको ४ वर्ष भयो । उनले नेपालमा विभिन्न जातीय सांस्कृतिक पर्व मनाएको देखेका थिए । उनी आफैँ सहभागी भएको यो पहिलोपटक हो । हँसमुख मुद्रामा भेटिएका उनले आफू  साथीसँग आएको बताउँदै भने, 'म अत्यन्त खुसी भएको छु किनकि प्रवासमा पनि नेपालीले आफ्नोपन बचाएर राखेका रहेछन् ।' खोटाङका देवराज आचार्य र राज खालिङ्ग, मकवानपुरकी प्रतिमा लामा, स्याङ्जाका भुपराज दुवे,  मोरङका काजीमान सेन्चुरी, सर्लाहीका ईश्वर कार्की र इलामकी मीना राईलाई रमाइलोसँगै नेपालीपनको संरक्षण गर्नु र गर्न पाउनु गर्वको विषय लागेको रहेछ । उनीहरू चाडपर्व मनाउनाले साथीभाइ भेटिने, मित्रतालाई नवीकरण  गर्न सकिने र रीतिरिवाजको संरक्षण र संबर्द्धन हुने धारणा राख्छन् ।

साकेला/सन्नी नाचेर पर्वको जगेर्ना, भाइचारा र मित्रमिलनका लागि यसकिसिमको कार्यक्रम गरेको आयोजक किराँत राई यायोख्खा अध्यक्ष झापाका धीरज चाम्लिङ राईले बताए भने खोटाङका देवराज वाहिङ राईले जाडो मौसममा  चराहरू पहाडबाट तातो खोज्दै तराईतिर झर्ने भएकाले उँधौली मनाइने र गर्मी मौसममा तराईतिरबाट पहाड बसाइ सर्ने भएकाले उँभौली पर्व मनाउने चलन रहेको बताए । उनले ती चराहरूलाई पारुहाङ्ग र सुम्निमाका सन्तान र  आफूहरू भाइसरह ठानेर यो पर्व मनाउने गरेको बताए ।

उक्त अवसरमा एनआरएनए आईसीसी सचिव टीबी कार्की, मध्यपूर्व संयोजक नरेन्द्र भाट, एनसीसी अध्यक्ष अमृत गुरुङ, व्यवसायी सागर नेपाल, बद्री पाण्डे, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, आदिवासी जनजाति  महासंघका अध्यक्ष बिनेश तामाङ, लोकतान्त्रिक मञ्चका पूर्वअध्यक्ष रामहरि गैरेलगायतले चाडपर्व मनाउँदाका सांस्कृतिक र सामाजिक महत्त्वका बारेमा विचार राखेका थिए । उनीहरूले हरेक जातजातिले आफ्नो चाड मनाउने र  अरूको चाडमा पनि सहभागी हुनुपर्नेमा जोड दिएका थिए । बृहत् सहभागितामा सम्पन्न हुने यस किसिमका कार्यक्रमले समाजलाई एकजुट बनाउने विश्वास उनीहरूले  व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७० जेष्ठ ११ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication