Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ कार्तिक ७     Login | Register | Issue No. 284
मेचीदेखि कालीसम्म»

महिनावारी हुँदा स्कुल जाँदैनन्

  • 'केटाहरूले छुई भएकी भनेर जिस्काएर लाज मर्दो बनाइदिन्छन्'
दैलेख, पुस १९ -
राकमकणर्ाली ९ की १४ वषर्ीया धिरजा माझी महिनावारी हँुदा प्रायः स्कुल जाँदिनन् । छाउपडी गोठमा किताब पढिरहेको अवस्थामा भेटिएकी उनले महिनावारीमा स्कुल जान अप्ठ्यारो लाग्ने अनुभव सुनाइन् ।

उनी हरेक महिनाका सात दिन न घरभित्र हुन्छिन् न त स्कुलमै । अछामको कालेकाँडास्थित चण्डिका मावि ७ कक्षामा अध्ययनरत धिरजाले महिनावारीका बेला स्कुल जान डर लाग्ने अनुभव सुनाइन् । महिनावारीका बखत स्कुल  नजाने धिरजामात्र एक्ली होइनन्, जिल्लाको पश्चिमी भेगका अधिकांश छात्राहरूमा यस्तै समस्या छ । गाउँघरमा महिनावा हुनुलाई 'छाउ भएकी' भन्ने चलन छ । कतैकतै 'नछुने, पर सरेकी' भन्ने गरिन्छ । अछाम आसपासका पश्चिम  दैलेखका राकम कणर्ाली, सिंगौडी, सिंहासैन, सात्तला, लयाटी विन्द्रासैनी, तिलेपाटा, पिपलकोट गाविसमा छाउपडी प्रथा अझैं जीवित छ ।

चण्डिका मावि कालेकाँडाका प्रधानाध्यापक टीकाराम जैसीले महिनावारी हुने उमेरका अधिकांश छात्रा स्कुलमा अनुपस्थित हुने गरेका बताए । 'त्यो समयमा अभिभावक र शिक्षक अगाडि मुखै -अनुहार) देखाउन चाँहदैनन्' उनले भने,  'महिनावारी हुने समय फरक फरक भएकाले कक्षामा छात्रा शून्यता नदेखिएको हो । महिनाका कम्तीमा ५ दिन गयल नभएको छात्रा भेटिन गाह्रो हुन्छ ।'

कतिपय त जाँचमा पनि उपस्थित हुँदैनन् । यसकै कारण पढाइमा कमजोर हुने, जाँचमा फेल हुने अर्थात् कम अंक ल्याउने, क्रमशः पढाइ छाडेर छात्राहरू कलिलै उमेरमा विवाह गर्न पुग्दछन् । प्रधानाध्यापक जैसीले यसको  समाधानका लागि छात्रामैत्री शौचालय बनाउन स्रोतकेन्द्र स्तरीय बैठकमा माग गरेको जनाए ।

दस कक्षामा अध्ययनरत राकमकी विनिता माझीले महिनावारी भएका बेला 'केटाहरूले छुई भएकी, केटा खोजी' भनी जिस्क्याउने गरेको बताइन् । होहल्ला गरी लाजै गर्दिन्छन्' विनिताले भनिन्, 'शौचालयमा समेत सुरिक्षत भइन्न ।'  छात्रामैत्री शौचालय नहुँदा नियमित हाजिर हुन नसकेको उनीहरूको गुनासो छ । गाउँघरमा छाउपडी प्रथा व्याप्त भएकाले छुई भएको सबैले थाहा पाउने र स्कुलमा समेत अनावश्यक हल्ला फैलिँदा मानसिक तनाव हुने गरेको  छात्राहरूको दुःखेसो छ ।

दैलेख सिंगौडीका शिक्षक मनबहादुर नेपालीले महिनावारीको तनावका कारण छात्राहरू स्कूल छाड्ने गरेको बताए । उनले भने, 'आफ्नो गाउँमा पछिल्ला केही वर्षदेखि यो समस्या कम हुँदै गएको छ । आजभोलि गयल भइहाले पनि  स्कुल छाड्दैनन् ।' शिक्षकका भनाइमा अन्धविश्वासले जगडिएका ग्रामीण समाजमा यो समस्या छात्रा शिक्षाकै लागि मुख्य चुनौती बनेको छ ।  जिल्ला शिक्षा कार्यालय, दैलेखले ३८ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण  गरिसकेको जनाएको छ । 'अन्धविश्वासले स्कुलै नआउनु बेग्लै कुरा हो । कतै सदुपयोगसमेत नभएका होलान्,' कार्यालयका एक विद्यालय निरीक्षकले भने, 'तर शिक्षाले निमावि तहसम्म छात्रामैत्री शौचालय निर्माण योजनालाई  प्राथमिकता पारेको छ ।'

 

प्रकाशित मिति: २०७१ कार्तिक ७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

लाइन काटेर आ' !... केटा'रू द्यौसी भट्याउदैथे, 'झिलिमिली झिलिमिली' भन्दै लाइनै काट्दें !
  हाम्रा प्रकाशनहरु :
Our Publication