Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७० जेष्ठ १०     Login | Register | Issue No. 221
तपाईंको कलम»

कविता

पुस १९ -
तिम्रो वियोगमा

- रुद्रप्रसाद तामाङ -लो)

चितामाथि मेरो लास

डोलीमाथि तिमी

सजिएँ म आगो रापले

सिन्दूरले तिमी



मेरो घरको आँगनीमा

एकोहोरो बज्यो शंख

दुलाहाको छेउमा बसी

पर्दै हौली तिमी मख्ख



खरानी भो मेरो जीवन

सम्झनामा तिमी

सजिएँ म आगो रापले

सिन्दूरले तिमी     - बुढीमोरङ-६, धनकुटा

मैथिली कविता

— बिन्देश्वर ठाकुर

नवरङ्गी बिलाई

देखलौ एत भिन्न भिन्न बिलाई

कारी बिलाई कोनो उज्जर बिलाई

खैरल बिलाई आ गौरल बिलाई

अैछ सवठाम बिलाईए बिलाई



बिलाई नेपालक बड होसियार

सिंहदरबारमे पैसैत अैछ

कतारक बिलाई ठीक बिपरित

हमरा किचनमे पैसैत अैछ



देखलौ सवकिछ जुठैलक बिलाई

मोट बिलाई कोनो पातर बिलाई

बच्चा बिलाई आ बुढिया बिलाई

अैछ सवठाम बिलाईए बिलाई



मोट बिलाई जेना नेपालक

जनताके खुन चुस्ने नेता

पातर बिलाई सिंहदरवारक

भटकल अनाथालयके बेटा



देखलौ सव नवरङ्गी बिलाई

बैष्णव बिलाई आ साकट बिलाई

घुसुहा बिलाई फुसहा बिलाई

अैछ सवठाम बिलाईए बिलाइ

आँसु केका लागि

— ए.डी. घिमिरे

परेवाका बथान सरी

खेल्दै रमाउ जीवन

आँसु केका लागि

दुई दिन बाँच्नुपर्ने जीवन

कराउँदै नाच्नै परेवाहरू

सयौंसयौं एकैसाथ रमाउने

दुःख साट्दै अनि

एक अर्काबीच चोच मिलाउने

मुधर मिलन कति मिठो

हेरी रहुँझैं लाग्दो

मर्ने लुलुम्त तुल्याउँछ

धुर धुर गर्दै

अर्को सभिय माग्दो



परेवाको बथान सरी

खेल्दै रमाउ जीबन

चाहार चुल्दै गुडमाउ

बचेरातिर भाग्दछ

गरेर खाली चोच



उडी गुडबाट

चाहारा खोज्दै लाग्दछ

उड्दै देख्दछ चाहारा

पुग्दछ त्यही

निष्कलंक भाब कति

चोचभरि आहारा

खुवाउँछ ल्याई



बस्दै खाली गुँडमा

चुँ चुँ बचेरा गर्दछन्

भुर्र भुर्र उड्दै

तल भुइँतिर भाग्दछन्

माउसँग रमाउँदै

खेल्दछन् भुइँमा घरी

भुर्र भुर्र शरीर हल्लाउँदै

आफैं रमाउँछन्, दंग परी

यता उता हेर्दै

गुडतिर उड्दछन्

बल्ल तल्ल गुड छेउमा

भुर्र भुर्र गर्दै पुग्दछन्

परेवाको बथान बचेराको खेल

देख्दा भोक प्यास मेट्दछ

अबिरल अभिष्ट जीबन

कहाँ कसले भेट्दछ

परेवाको बथान सरी

खेल्दै रमाउ जीबन

आँसु केका लागि

दुई दिन बाँच्नुपर्ने जीबन

- हाल ः कतार

एउटा साथी सुतेको सुुत्यै मर्छ

— बद्रीप्रसाद पराजुली

एकदिन साँझ दुःख बात चीत हुँदा

रोए हजुर यौटा साथी दुःख पोखी रुँदा

मेरोभन्दा बढ्ता रै छ उसको ऋणको भारी

साहुले धावा बोल्दै छन् रे भाको घरबारी

रुदै सुत्यो आँसुको भाकामा, हेर्दा त्यस्तै लादथ्यो आँखामा



मेरै ओछ्यानमाथि थियो, उसको ओछ्यान हेर

निदाएछु मै पनि पो लौ न कति खेर

बिहान भो सबैजना ड्युटी जान उठ्यौ

बाथरुमतर्फ बुरुस मञ्जन गर्न भनी जुट्यौ

आज किन ? त्यो साथी उठेन, अझै कति लौ निद्रा पुगेन



उठाइदिनु परो भनी घच्चघच्याएको थिएँ

सुती सुती मरेजस्तो, मैले बुझिलिएँ

हल्लाखल्ला भया सबै, साथीभाइ आए

ब्युँझन्छ कि भनी कतै हस्पिटलमा धाए

के ब्युँझिन्थ्यो मरेको मानिस, भगवानले ताकेरै हानेछ



उसको लास स्वदेशतिर पठाउन भनी

चन्दा उठाई सहयोग गरे मैले पनि

ऐले पनि याद आउँछ, मायालाग्दो साथी

टेन्सनको भारी बिसाइ, गयो आकाशमाथि

प्रवासीले चढ्यौं सलामी, स्वदेशी जानुहोस् मलामी



 

प्रकाशित मिति: २०७० जेष्ठ १० ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication