अविरल सम्झनाको साथमा हृदयभरिको माया १ जलिइरहेछु, जलेको मुटुबाट शीतलताको कामना । अदृश्य जीवनको सम्मान शिर झुकाई अभिवादन !
आमा ! खोइ के सुनाउँ जिन्दगीका यथार्थ कथा, उसै त छट्पटिइरहेकी होला । तड्पिरहेकी होला रित्तिँदा तिम्रो काख । तैपनि आमा ! सत्य लुकाउन सकिन त्यसैले प्रवासी जीवनको यथार्थ आत्मकथा, कारुणिक चीत्कारको एक सौगात, दुःख र पीडा अनि मनको बहले भरिएको सम्झना र मायाकोे कोसेली परदेशी यो छोरोको तर्फबाट । त्यो तिम्रो भक्षस्थल अनि खोकिला कति प्यारो थियो । उकाली र ओरालीमा सुसेल्दै वर र पीपलको छहारीमा थकाइ बिसाएर खल्तीको भुटेको मकै र भटमास टोक्दै बितेका दिनचर्या आज अतीत बनी पिरोलिरहन्छ । गोठालोमा साथीसंगीसँग गाएको भmयाउरे भाका कानमा गुन्जिरहन्छ । आमा, गर्मी भएर छट्पटिँदा ती वृक्षका पातहरूले हम्किएर मलाई शीतलता प्रदान गथ्र्यौ अनि जाडोमा माटो तातेर दिन्थ्यौ तातो । तर, विडम्बना आज पराई काखमा जिउँदै जलिरहेछु, असह्य वेदनाको कारुणिक चीत्कार ओकलेर वाँचिरहेको छु ।
आमा, माथिबाट खन्निएको घाम जिउँदो शरीरमा आगो लाए सरी हुन्छ । तातो चट्टान र बालुवामा हिँड्दा आगोको कौलमा शरीर परेसरी हुन्छ । एक पत्र छाला डडिसक्यो अर्को पत्र डढ्दै छ । मरुभूमिजस्तै तालु भइसक्यो, मन रोदनमा भत्भती पोल्दै छ । फेरि आउँदै छ तमासे जाडो । हाम्रो घर आँगनको हावा त मन्द न्यानो बोकेर सिरिरर... स्पर्श दिँदै झोक्का चल्थ्यो तर यहाँ त कए रपmतार सिरेटोभित्र बरफ बोकेर कत्रmयाउने निष्ठुर ठन्डी पो बढ्डो रहेछ । यी परिवर्तित ऋतुभित्र सास्ती खेपेर दिनहरू बिताइरहेको छु । यहाँ न कोही आफन्त बने न कोही मेरा आफन्त नै भेटें । एक्लै छु । त्यसमा पनि विदेशी साँढे र गिद्धहरू दाउ हेरी हेरी डस्न खोज्छन् । जसोतसो मात्र बँचेको छु । गरिबभित्रको पीडा, पीडाभित्रको मान्छे विवशतामा छटपटिनु सिवाय केही रहेनछ ।
'सुनेको थिएँ- विदेशमा पैसा फल्ने बोट हुन्छ । अहँ होइन- खजुर मात्र फल्दो रहेछ । सोच्थेँ कल्पनामा- घाम मात्र लाग्छ । आज स्वयं देखें/भोगेँ- आगो नै पो बल्दो रहेछ ।' एक जोर बुट र पञ्जाको भरमा चट्टानसंँग भिड्नुपर्छ । सकोस् नसकोस् विदेशी नाइकेको इसारामा चल्नुपर्छ । नचले कालीका आँखा सरी राता राता बनाएर सातो लिन्छ । उस्तै परे पछाडिबाट छडीले घोच्न थाल्छ । पहरोबाट झरेको पानीसरी शरीरबाट पसिनाको धारो छुट्छ । कत्ति त शरीरमा पानी सकिएर होला त्यहीँ ढल्छन् । कत्तिचाहिँ जबरजस्ती भिड्छन् । यो समय छट्पटिँदै त्यो मूलको चिसो पानी अनि बटुवाको विश्रामको छहारी झल्झल्ती सम्झन्छु । के गर्नु आमा ! भित्रभित्रै कुँडिन्छु, छट्पटिन्छु, स्वतन्त्र पन्छीसरी यो जिन्दगी भए वेग हानेर आउँथेँ आमा तिम्रो काखको शीतल छहारीमा । पिँजडामा कैद गरिएको पन्छीसरी बन्दी बनेको छु
आमा । चाहेर पनि केही गर्न नसक्ने निरीह बनेको छु । हो आमा म बाँचेर पनि मरेतुल्य बनेको छु ।
मरुभूमि चार्दा चार्दै उमेर बितिसक्यो
मनका रहरहरू सबै अधुरो नै रह्यो
जाउँ कहाँ जाउँ पिँजडाको चरी भाछ जीवन
छट्पटिन्छु भित्र-भित्रै मन केस्ले बुझाउँ
धुजै धुजा भएको जीवन
छैन टालो मन कसले बुझाउँ ।
बाध्यता र विबशताले गर्दा दुईवर्षे बन्दगी जीवन बिताइरहेछु । जता ढल्काउँछन् उतै ढल्किनुपर्छ, जता मर्काउछन् उतै मर्किन पर्छ, जसरी प्रयोग गर्छन् त्यसैगरी प्रयोग भइदिनुुपर्छ । मैले चाहेअनुसार त केही पनि हुँदैन । बन्दगी जीवन साह्रै धरापमा हुँदोरहेछ । उनीहरूले नसकेको जोखिम सबै काम मैले गर्नुपर्छ । जीवन पैसामा साटिएको छ । मरुभूमिको ऊँटसरी बनेको छु । जसमाथि चढेर विदेशी घुमफिर गर्छन्, आनन्द लिन्छन् मरुभूमिमा । म जे भोगिरहेको छु दाइ र दिदीहरू पनि फरक बाटोमा छैनन् ।
पैसाको मोहमा परेर गरिबी साट्न परदेश आइन्छ सोचेअनुसार केही पनि हुँदोरहेनछ । नेपालीको औसत मासिक कमाइ कतारी रियाल एक हजार हुन्छ । खान, टेलिफोन खर्च र घुमफिर खर्च गरी कतारी रियाल चार सय फुत्किन्छ । बचत जम्मा ६ सय हुन्छ । नेपाली १४ हजार मासिक कमाउन एक पंखा बनेर घुम्नुपर्छ । आबश्यकता पूरा नहुन्जेल मरुभूमिको गर्मीमा घुमाइरहन्छन् । त्यसैले यी सबल हातका दस नङ्ग्रा खियाउनुपरे पनि यहाँका मलिलो चट्टानमा भन्दा आपmनै कडा मट्टीमा खियाउनु राम्रो, यी शरीरका पसिनाले पराई आँगन सिँचिनुभन्दा आपmनै उद्यान सिँचिनु बेस लाग्न थाल्यो । त्यसैले, आमा ! ती हिमाली शुद्ध हावाको श्वास भरेर, मूलको चिसो पनिले आँत भिजाएर गुन्द्रुक र ढिँडोसँग जीवन साट्दै, आपmनै देशको बाँजो फुटाउन म छिट्टै फर्किदै छु । नरोही बसे आमा ।