Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७१ वैशाख ७     Login | Register | Issue No. 267
दृष्टिकोण»

नारीलाई हिंसा होइन, माया गरौं

पुस १९ -
हालैका महिना नेपाल र भारत दुवै छिमेकी देशलाई महिलाविरुद्धका कुरु हिंसाले  गाँजेको छ । विकासको ढोका खुल्दै जाँदा समाज आधुनिक र उदार बन्दै जान्छ भन्ने हाम्रो मान्यता विपरीत समाज अझ बढी कुरु र निर्दयी बन्दै  गएको हालै नेपालभरि घटेका महिला विरुद्धका घटनाले पुष्टि गर्छन् । अझ भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसमै एउटी शिक्षति महिलामाथि भएको बलात्कारको घटनाले पूरै भारतलाई अचम्भित मात्रै हैन सर्मनाक पनि  बनाएको छ । निर्भय नाम भएकी प्यारामेडिककी ती विद्यार्थीको उपचारको क्रममा अहिले मृत्यु भएपछि पूरै भारत र यसका छिमेकी देशका नागरिक उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै छन् । अहिले विश्वभरिबाट प्रश्न उठिरहेको छ,  भारतीय समाज कता जाँदै छ भनेर । भारतमा मात्र हैन अब हामी नेपालीले पनि सोच्न र छलफल गर्न थाल्ने बेला भएको छ कि हाम्रो नेपाली समाज कता जाँदै छ भनेर ।

महिलाविरुद्ध हिंसा बढिरहँदा त्यस्ता गतिविधिलाई प्रत्यक्ष अप्रत्यक्ष समर्थन गर्ने नेपाली समाजको सोच विचारतर्फ थोरै भए पनि विश्लेषण गर्न आवश्यक देख्छु । शिक्षा, सञ्चार तथा यातायातजस्ता विकासका आधारशिलामा व्यापक  सुधार आइसकेको अहिलेको नेपाली समाजमा पुरातन सोच भनेजस्ताको जस्तै कायम रहेको देखिन्छ । कुनै पनि कुरालाई वास्तविक नजरले हेर्ने र त्यहीअनुरूपले विश्लेषण गर्ने तरिकामा नेपाली समाज अझै धेरै पछि छ । मिथक,  कल्पना, रुढीवादी कुरा र नाटकीय कुरामा बहुमत नेपाली समाज विश्वास गर्छ । कोही मानिस आफ्नो करियरमा सफल छ भने ऊ कर्मले हैन राम्रो भाग्यले गर्दा सफल भएको भनेर विश्वास गर्दछ । जुनसुकै समुदायको व्यक्ति होस्  ऊ कर्मभन्दा धर्ममा बढी विश्वास राख्छ । वर्तमानमा के गर्न सकिन्छ भन्नेभन्दा पनि विगतमा किन त्यस्तो भएन भनेर रुइकराइ गर्ने हाम्रो नेपाली समाज छ । आफूले केही नगरे पनि अर्काले पटक्कै गरेन भनेर खुब गाली गर्नुपर्छ । र,  महिलाको बारेमा भन्दा यो वास्तविक तितो सत्य हो कि यो समाजका धेरै शिक्षति, अशिक्षति पुरुषहरू कुनै महिलाले पढेर जान्ने बुझ्ने भाको, मिठो खाको, राम्रो लुगा लगाएर हिँडेकोमा भित्रभित्रै डाहले मर्छन्, रिस गर्छन् र विभिन्न  बहानामा तिनीहरूमाथि जाई लाग्छन् । यहाँका पुरुषहरूलाई आफ्नै पत्नीले उच्च अध्ययन गरेकोमा रिस जाग्छ । आपmनै बहिनी वा छोरीले कामको सिलसिलामा वा अरू कुनै कार्यक्रममा आफ्नै साथीहरूसँग हिँड्दा यहाँका दाजु वा  आमाबाबुलाई इश्र्या हुन्छ । एकातिर छोरीहरूलाई आधुनिक शिक्षाको लागि भन्दै अंग्रेजी माध्यमका स्कुलमा पठाउने अनि शिक्षति छोरीहरूले गर्ने सुझबुझपूर्ण कामलाई उच्छृंखलता भन्दै अंकुश लगाउने हाम्रो समाज एकदमै दोधारे छ  । एउटा उदाहरण लिऔं । केही हप्ता अगाडि बर्दियामा एक १६ वर्षे युवती शिवा हासमीलाई आगो लगाई जिउँदै जलाइएको थियो । उनको शरीर धेरै नै जलिसकेको र उपचार पनि ढिला भएकोले पछि काठमाडौंमा ल्याइसकेपछि मृत्यु  भयो । यो केसमा उनको परिवारले छिमेकमा मिस्त्रीको काम गरी बस्ने बाबु खानले आगो लगाएको भनेर भने पनि अहिले प्रहरीले अनुसन्धान गर्दै जाँदा घरभित्रकै सदस्यले उनीमाथि यो वारदात गरेको पुष्टि हुँदै गरेको छ ।  वास्तविकतामा बाबु खान शिवा हासमीकी प्रेमी थिए । त्यो सम्बन्ध शिवाका परिवारलाई मन परेको थिएन । यसले नै आगो लगाएको भन्ने अन्तिम टुंगोमा नपुगिसकेको यो घटनामा जसले आगो लगाएको भए पनि आखिर परिवार  परिवारबीचको धाक र रवाफको बदला

ए उटी हुर्कदै गरेकी युवतीमाथि लिइएको छ । त्यस्तै केही दिनअघि राजधानीकै अनामनगरमा कृष्ण प्रसाईको घरमा काम गर्न बसेकी ३१ वर्षीया सरस्वती सुवेदीको रहस्यमय मृत्यु भयो । त्यस घटनामा अहिले पीडित परिवारको तर्फ बाट बिष खुवाई सरस्वतीलाई मारेको भनेर किटानी जाहेरी दिइसकेको भए पनि अझैसम्म घरमुलीलाई केही कारबाही नगरिएको भन्ने समाचार प्रकाशित भएका छन् । यस्ता अरू अनगिन्ती घटना घटाइएका छन् महिलाविरुद्ध हाल  सालैका महिनामा । यी र यस्ता घटनाको बीचमा जब साउदी अरबबाट आफ्नो देश फर्किएकी एक नेपाली चेलीलाई देशकै एकमात्र विमानस्थलको आगमन अध्यागमनमा डर, धाक धम्की देखाई पैसा लुट्ने र पछि जबरजस्ती यौन  दुव्र्यवहार गर्नेसम्मको अपराध भयो । अहिले साराका सारा नेपाली छक्क परेका छन् हाम्रो सरकारी संयन्त्रका मनिसको व्यवहार देखेर । एउटी कम पढेकी नेपाली नारी जो यही देशको नागरिक हुन् तर उनको अज्ञानताको फाइदा  लिएर जसले नक्कली राहदानी प्रयोग गरी साउदी अरबमा घरेलु कामदारको रूपमा पुर्‍याएको थियो ती नारी आफ्नो देश फर्केर यहीं केही गर्छु भनेर आउँदा तिनलाई झुक्याउने, फसाउने व्यक्तिको खोजिनितीमा लाग्नुपर्नेमा नेपालको  सुरक्षा निकायका ठूलाबडा भनाउँदाहरू उल्टै पीडक बनेर अस्मिता लुट्न आइलाग्छन् भने एकपटक सोच्नुपर्ने भएको छ नेपाली सरकारी प्रशाशन कसरी अपराधीको अड्डामा परिणत हुँदै गरेको छ भनेर । मन्त्रिमण्डल र त्यहाँ  बिराजमान राजनीतिक दलका नेताहरू कस्तो राज्यव्यवस्थाको निर्माण गर्दैछन् अब छर्लङ्ग भइसकेको छ । संविधान बनाउन असफल भएका नेताहरू राज्यसत्ता सञ्चालनमा पनि कमजोर बनिसकेको तस्बिर जनतासामु छर्लङ्गिँदै छ  । अब नयाँ निर्वाचन एकमात्र विकल्प देखिँदैछ जुन निर्वाचनबाट बन्ने नयाँ सरकारले बल्ल नयाँ शक्तिका साथ देशको प्रशासनलाई निर्देशन गर्ने बल प्राप्त गर्न सक्छ ।  

बाहिर देख्दा जे जस्ता महिला हिंसाका घटना भए पनि यी प्रायः सबै घटनाको भित्री सम्बन्ध महिलाको सशक्तीकरणसँग पनि जोडिएको हुन्छ । देशमै बेरोजगारीले मानिसलाई आकुल -व्याकुल पारिराखेको स्थितिमा त्यसको असर  हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलाहरूमाथि अझ बढी परेको छ । खाडी राष्ट्रलगायत अरू देशमा गएर भए पनि नेपाली पुरुषहरू आफूलाई व्यस्त पार्ने र थोरैतिनो भए पनि कमाइ गर्दै छन् तर ती देशमा काम गर्न र जान पनि  पुरुषलाई जस्तो नेपाली महिलालाई सहज छैन भने धेरै सामाजिक र कानुनी बन्धन पार गरेर विदेश लाग्नुपर्ने हुन्छ । देशभित्रै पनि विविध कारणले महिलाहरू कमाइ गर्न नसक्ने वा थोरै कमाइ गर्ने कारणले उनीहरू आर्थिक रूपमा  प्रत्यक्ष, अप्रत्यक्ष पुरुषमाथि भर पर्ने कारणले पनि अबुझ पुरुषहरू महिलामाथि हेलाको व्यवहार गर्ने वा घरेलु हिंसामा संलग्न हुने गरेका छन् । महिलाले घर्ने घरभित्रको  कामलाई काम नै हैन भन्ने नेपाली पुरुषहरूको सोच छ । त्यो  एकदम गलत सोच हो । यदि पति पत्नी दुवै काम वा रोजगारमा जानुपर्ने भो भने अलग्गै व्यक्तिलाई तलब दिएर घरको काम गर्ने मानिस राख्नुपर्ने हुन्छ । तमाम जो नेपाली महिलाहरू घरको काम एकदम कुशलताका साथ गरिरहेका  छन् भने उनीहरूलाई त इज्जत गरिनुपर्छ किनकि हामी आफ्नो दिदी बहिनी, आमा वा श्रीमतीले गर्ने घरभित्रको सम्पूर्ण कामका लागि पैसा त तिर्दैनौं

नि ! हामीले उनीहरूलाई इज्जत र माया दिनुपर्ने हुन्छ । उनीहरूको कुरा सुन्नु, उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्नु सम्पूर्ण पुरुषको कर्तव्य हो । यदि यसो हुँदै गयो भने पुरुष पनि आफ्नो परिवारमा

खुसी रहन सक्छन् । अनि अबको समय भनेको महिला आफैंले पनि आफूलाई सक्षम र सीपमूलक बनाउने समय हो । त्यसै पनि हाम्रा दिदी बहिनीहरू आजकाल आर्थिक उपार्जनका काममा पहिलेेभन्दा अग्रसर नै छन ।

-लेखक दुबईस्थित स्टारबक्स कफीमा सिफ्ट मेनेजरको रूपमा कार्यरत छन् ।)

 

प्रकाशित मिति: २०७१ वैशाख ७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication