Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ वैशाख ४     Login | Register | Issue No. 267
दृष्टिकोण»

किराँत राई र साकेला

पुस १९ -
किराँत राई आफ्नो सांस्कृतिक राजनीतिक भौगोलिक र मनोवैज्ञानिक  अवस्था भएको समूह हो । यो संस्कृति पनि हो । भूगोल पनि हो । धर्म पनि हो । सभ्यता पनि हो ।  इतिहासको कालखण्मा यो एउटा छुट्टै जातीय राज्य पनि हो  । किराँत राईहरू विशेषतः नेपालको पूर्वी भू-भागमा बसोवास गर्दछन् । जस्तो ः सोलुखुम्बु, ओखलढुङ्गा । जसलाई वल्लो किराँत पनि भन्ने गरिन्छ भने खोटाङ, भोजपुर र उदयपुर जसलाई माझ किराँत भन्ने गरिन्छ । त्यसको अलावा  इलाम, धनकुटा, सिन्धुली, पाँचथर, झापा, धरान काठमाडौंलगायत भारतमा सिक्किम, पश्चिम बंगाल, कालिङ्पोङ र दाज्ािर्लिङमा किराँत राईको सघन बस्ती छन् । किराँत राईमा जाति एक भाषा अनेक छन् । अर्थात् राईहरू २९ देखि  ३२ भाषिका छन् ।

 सिाकेला किराँत राईले मनाउने महान् चाड हो, जहाँ किराँत राईले आफ्ना परम्परागत पहिचानसहित समूहमा नाचगान गरी मनाउँछन् । जहाँ फरक उमेर समूहका सदस्यहरू घेरा बन्द गरी नाच्दछन् । जसमा पुरुष सिलिमाग्पा र  महिला सिलिमाङ्माले नाचको नेतृत्व गरी बन्द घेरामा जीवनका विभिन्न पक्षहरू र प्रकृतिसँगको सम्बन्धहरू झल्कने नृत्य गरिन्छ । यो नाच किराँत राईका धार्मिक गुरुवाट चुलो पूजा गरी साकेला थानमा कुखुराको भालेद्वारा पूजा  गरी विधिवत् रूपमा यो नाच सुरु गरिन्छ । जहाँ धामीद्वारा पूजाको विधि सकिएको र सिली सुरु भएको जनाउँदै नाच सुरु गरिन्छ, त्यसपछि सिली -नृत्य) सुरु गर्ने समूहहरूले सिली सुरु गर्दछन् । ढोल र झ्याम्टाको तालमा सिलीमाग्पा  र सिलीमाङ्माले सिलीको नेतृत्व गर्दै अन्य सदस्यले खुसियालीका साथ घेरा लगाएर साकेला नृत्य सुरु गर्दछन् । यस सकेला पर्वलाई किराँत राईले साकेला उभौली र उधौलीको रूपमा किराँत कोइचले प्ायादर बिदारको रूपमा,  याक्खाहले चासको रूपमा र लिम्बुहरूले चासोक ताम्ानाङका रूपमा मनाउँछन् ।

 ििकराँतको पवित्र ग्रन्थ मुध्धुमअनुसार एक वर्षलाई दुई भागमा विभाजन गरी उभौली एवं अधौली नाम दिइएको छ । जो चराको बसाइ सराइलाई आधार मानेर निर्धारण गरिन्छ । हिउँदको चिसो सुरुवातसँगै मंसिर महिनाबाट चराहरू  ग्ार्मी ठाउँतिर सर्छन्, जुन चरणलाई उधौली भनिन्छ । त्यस्तैगरी गर्मी महिना सुरु भएपछि चराहरू तराई फेदीबाट हिमाल पहाडतिर सर्छन्, जुन वैशाख महिनाबाट सुरु हुन्छ, जसलाई आधार मान्दै उभौली सुरु भएको मानिन्छ । किरा ँतहरू प्रकृतिका पुजारी हुन्, जसअनुसार अन्नबालीहरू राम्ररी प्रदान गरिएको प्राकृतिक विनाशबाट बचाइएको धन्यवादस्वरूप प्रकृति मातालाई पूजा गर्ने गरिन्छ, जसलाई भूमि पूजा पनि भनिन्छ जसलाई साकेला उधौलीको रूपमा  मंसिर पूणिर्मा मनाइन्छ । त्यस्तै अन्नबालीहरू ल्ागाउने  सुरुवातको समयमा राम्ररी फलोस् फुलोस्, प्रकृतिक विनाशबाट, किरा फटेङ्ग्राबाट, असिना पानीबाट बचाएर लगाएका अन्नबाली राम्ररी भित्र्याउन पाउँ भनी प्रकृतिको पूजा  गर्दै साकेला उभौली पर्व मनाइन्छ जुन वैशाख वा जेठ महिनामा पर्दछ ।

 सिाकेलासम्बन्धी विभिन्न कथा तथा किंवदन्ती छन् । सुम्निमा र पारुहाङ विवाह गर्नुअघि पारुहाङ स्वर्गमा बस्थे, एक दिन पारुहाङले सुन्दरी सुम्निमालाई धर्तीमा देखे र उनीप्रति आकषिर्त भएर उनले सुन्दर काइँयो बनाएर  सुम्निमालाई आकषिर्त गर्नको लागि धर्तीमा पठाए, त्यसको परिणाम उनीहरूको विवाह भएको पाइन्छ ।

 सिुम्निमा र पारुहाङको विवाहपश्चात् चार सन्तान भए, त्यसपछि पारुहाङले सुम्निमालाई दूधकोसी नदीको किनारको झुपडीमा छाडेर लामो समयसम्म फर्केनन् । एक दिन सुम्निमाले वच्चाहरूको खाना खोज्दै गर्दा सुन्दर चट्टानमाथि  एक लहरो बढिरहेको देखिन्, जुन लहरोलाई उनले चाखिन् त्यो चाखेपछि उनमा धेरै खुसी र शक्ति आयो । त्यसपछि उनले त्यो लहरो घरमा ल्याएर त्यसबाट बुटी तयार गरिन् । उनले तयार पारेको बुटी जो जसले देख्थे उनीहरूले  आफ्ना जीवनका सत्य कुराहरू भन्थे ।  एक दिन पारुहाङ अचनाक घर फर्किए तर सुम्निमा पारुहाङसँग निकै रिसाएकी थिइन्, तर पारुहाङले सुम्निमालाई फकाउने प्रयास गरे, अनि त्यसपछि सुम्निमाले पारुहाङलाई उनले बनाएको  बुटी दिइन्, बुटी पाएपछि पारुहाङले खुसी भएर आफ्नो र आफूले गरेका सम्पूर्ण कुराको बेली विस्तार लागाउन सुरु गरे । उनले त्यतिका समय हिमलको फेद

-चोमोलोम्मा) सगरमाथामा ध्यान गरी संसार परिक्रमा गर्दै स्वर्ग र धर्तीको परिक्रमा गरेको बताए । साथै अबदेखि सुम्निमालाई एक्लै छाडेर कहिले पनि बाहिर नजाने वाचा गरे, जसले सुम्निमालाई धेरै खुसी बनायो र त्यही खुसिमा  सुम्निमाले नाचगान गरिन्, जसलाई साकेला नाच -सिली) भन्ने विश्वास गरिन्छ । त्यस्तै किराँत धाम्ािर्क ग्रन्थ मुध्धुमअनुसार किराँत राईहरू पहिला खुवालुङ ठूलो नदी गंगा सागरबाट आएका हुन्, त्यसपछि उनीहरूले साना साना  नदीहरू ज्ास्तो सप्तकोसी, अरुण उपत्यका, दूधकोसी  उपत्यका, सुनकोसी उपत्यका, तमुकोसी उपत्यका हुँदै अन्त्यमा भाटेकोसी उपत्यकामा स्थायी बसोवास गरको पाइन्छ । यात्राका क्रममा उनीहरूले बाटामा हाँस, धोबीचरा,  कल्चुडो, मृग, कस्तुरी आदि विविध पशुपन्छी भटे र उनीहरूको हाउभाउको नक्कल गर्दै नाच्दै आएका पाउँछौं । जुन आज हामी साकेला सिली -नाच) मा त्यसको नक्कल पाउँछौं ।

-लेखक नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिब हुन् ।)

प्रकाशित मिति: २०७१ वैशाख ४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication