Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ आश्विन ३     Login | Register | Issue No. 284
दृष्टिकोण»

कांग्रेस, मुसो र ढाडे बिरालो

पुस १९ -
'अब सुशील पीएयम हुने सम्भावना सकियो' बिहीबार प्रचण्डले फूर्ती लाए । 'प्रचण्डैले ऊ गर्नु भनेरै त मैले ऊ गर्‍या हो, तर त्यो ऊ... पीएम खानलाई म ऊमा उसको सम्झौता गर्दिनँ,' तत्कालै सुशीललेे घुर्की लाए । तर यस परिद ृश्य र दुई शक्तिबीचको परिसंव्ाादलाई जनताले कसरी ग्रहण गरिरहेका छन् त ? खोरमा सत्ता चीज र ससेजको चारा झुन्ड्याएर 'कांग्र्रेस मुसो'लाई खोरमा छिराउन 'ढाडे बिरालो' सफल भएको परिदृश्य भने जनताबाट लुकेको छैन,  नजरअन्दाजमात्र गरेका हुन् ।

टीभीमा धारे हात लाएर माओवादीलाई जत्ति सरापे नि, सुनका किस्तीमा हालेर कांग्रेसलाई सत्ता खसीका टाउका चढाइने छैन भनेर यही कान्तिपुरमै ७ बुँदे भएदेखि नै हामीले ठोकुवा गरेकै हौं । हाल व्याप्त बाबुरामविरुद्धको भयानक  मिडिया ज्वालाको चुल्होमाथि, प्रचण्डको गोप्य तसलामा -?) र एमालेको मिट मसलाका भरमा राष्ट्रपतिले पकाइदिएको फलमासु भेटिहाले भने पनि, त्यो मासु सुशीलदाका लागि तातो हाँडीबाटै मुखमा खन्याइएको मकैभटमास हुने  तथ्य स्पष्टै छ । तीन कोइरालामा चारौं कोइरालाको तस्बिर थपिने गौरब कांग्रेसले पाए पनि कांग्रेसको हालत इतिहासमै यति निरीह र यति दयापात्र मुसामुखी कहिले नभएको स्मरण शुभचिन्तकहरू गर्दै छन् ।

अबको स्थिति त झन् बिजोकमय हुनेछ कांग्रेसका लागि । सरकार नपाउंँदा पनि 'कांग्रेस मुसो' खोरमै बन्द, सरकार पाएपछि पनि कांग्रेस मुसा खोरमै 'ढाडे बिरालो'को पूर्ण निगरानीमा रहनेछ । अर्को चुनावको नतिजा नआएसम्म,  निक्ल्यो कि....च्याप्पै ढाडे बिरालोका दाह्रा र नंग्रामा । उम्किनै मौकै छैन । यता भीर उता तिखो झिर, कांग्रेसलाई पीरै

पीर ? कुरा तितो लागे पनि, सत्ता मिठो लागे पनि, हाल कांग्रेस मुसोको परिस्थितिमा पुगेकै होइन त ? सरकार ढालेर आफू सरकारमा जान हर रणनीति अपनाउनु प्रतिपक्षको कर्मै हो, लोकतन्त्रमा । तर पालोको सरकार माग्ने र  चुनाव गराएको अनुभवको योग्यता पेस गर्ने बहिदारे अवस्थामा प्रतिपक्षी रहन्न । यही हो निरीहता ।

पञ्चतन्त्रको लंगडो बाघको हातको सुनको बालाको लोभ गर्ने लालची बाहुन् बन्न पुगेका सुशील त एक्कै मारमा गए गए । व्यक्ति जानु त ठूलो कुरो भएन । तर कांग्रेस भन्ने राष्ट्रिय शक्तिमा ग्रहण लगाइएको चेत र ग्लानि भने  कसैलाई भएको देखिएन । प्रचण्डले झुक्यायो, सत्ता लोभी माओवादी, सहमतिबाधक बाबुराम भन्दै, प्रचण्ड, बाबुराम र माओवादीलाई ढाडे बिरालो नामकरण गर्दै धारे हात लगाउनेमै सकल कांग्रेसजन लागे, संविधान, चुनाव, लो कतन्त्र, विकास शव्दहरूमाथि सत्ता नदिएको झोंकले चिथर्दै ।

मंसिरमा चुनाव गर्ने चुनावी अध्यादेश र विकास वजेट अध्यादेश रोकाउन राष्ट्रपति उपयोगी बनेको घटना भोलि इतिहासमा कांग्रेसका लागि काउसो बन्दा जवाफ कसले

दिने ? गगन पुस्ता या सुशील पुस्ता ? दुवै पुस्ता बराबर सहभागी भएका देखिरहेको छ आजको समयले ।

कांग्रेस नभएको जुनसुकै सरकारको तत्काल परिवर्तन नै लोकतन्त्र हो । कांग्रेसी नेतृत्वमात्रै राष्ट्रिय सहमति हो । कांग्रेसले गराएको चुनावमात्रै राष्ट्रिय चुनाव हो भन्ने नारा हाल जनतामा पचेको पनि सत्यै हो । तर सत्ताधारीविरुद्ध ने पाली जनमानससँगका यी  रेडिमेड बममुखी एन्टिभोटमात्र हुन् । हाल माओवादीविरुद्धका यी एन्टिभोट सरकारमा गएको कांग्रेसका विरुद्ध चुनावमा तुरुन्तै लाग्ने छैन भन्ने को ? उही न्युजमा प्रेसले बाबुराम कट गरेर सुशील शब्द  पेस्ट गर्दैन भन्ने को ? एन्टी भोट भनेकै एन्टी सत्ता हो, एन्टी सरकार

हो । नानीमैया दहाल र गोल्छे सार्कीलाई बहुमत दिलाएभै+m, खाएको एकछिनसम्म मात्रै टन्न पानरोटी भरेको एकादशे बाहुनको टुन्न पेटजस्तै । यो सत्य कांग्रेस अहिले बुझ्ने त के कुरा, सुन्ने पनि मनस्थितिमा छैन, नरहरिहरूले जे  जत्ति कराए पनि । किनभने आजभोलि कांग्रेस दल भइरहेको छैन, सुशीलदा भइरहेको छ, रामवरण या रामचन्द्र या अमुक व्यक्तिमात्र भइरहेको छ कांग्रेस ।

सुशील प्रधान हुनु नहुनु, न त जनताका लागि प्रधान कुरा हो । न त देशका लागि प्रधान परिवर्तन हो । न त स्वयं कांग्रेसकै लागि प्रधान तत्त्व हो । न त झर्ला र खाम्ला भनी पछि पछि लाग्ने करिब दुई दशकदेखिकै दुई दर्जन स्थायी  कांग्रेसी मन्त्रीहरू फेरि मन्त्री हुनु नै प्रधान हो ।

प्रधान सवाल हो कांग्रेस नामक सोचको, कांग्रेस नामक विचारको, कांग्रेस नामक नेपाली राजनीतिको मियोको । राणा र शाह मालिकहरूकै आपसी मिलाप या मारकाटमा मात्रै राजनीति ठान्ने सकल रैतीहरूलाई सत्ता तेरा हुन्,  राजनीति तेरा हुन्, राजा र राणाहरू तेरा सत्ताका रखवारी गर्न खटाइएका पाले मात्र हुन् भनेर चेत दिने विचारको नाम कांग्रेस हो । जनता भनेकै देश हो भन्ने अवधारणाको नाम कांग्रेस हो । हीरा जडेका पेटीभोटो, श्रीपेच र वर्ड  अफ प्याराडाइजको प्वांखे कल्की देश होइन । फाटेको लुगा लाएर भोकभोकै हुँदा पनि माटोलाई माया गर्ने किसान हो देश भन्ने तथ्यको राष्ट्रियकरण गर्ने जातको नाम हो कांग्रेस ।   

राणाराजमा राणाका आसेपासे र ढोके र दूरदराजमा शासन गर्न खटिएका राणाका भुसुने जावा बीजहरूसमेतले वायु छोड्दा मात्रै पनि सिंह गर्जेभै+m सुनेर थरथर काँप्नुपर्ने कालखण्ड थियो । यही कालखण्डमा यही कांग्रेस, बबर शेर  थियो, जसको गर्जनबाट राणाशाहीका हाडका पुर्जापुर्जा हल्लेको थियो । राजा महेन्द्र, वीरेन्द्र्र र उनका पञ्चायती साम्राज्यलाई उत्कर्ष बेलामा, विदेशमै विस्थापित भएर पनि थर्थर् बनाउन सक्षम पाटे बाघ पनि यही कांग्रेस थियो ।  घरझगडा र विविध कारणले बबर शेरबाट पाटे बाघमा बिस्तारै घटेको भए पनि ।

राणाकालमा राजद्रोही तथा पञ्चायतकालमा अराष्ट्रिय तत्त्व घोषित यही कांग्रेसको शक्तिको आधार भने राष्ट्रियता नै थियो । यसको पुर्जा भनेको जनता नै थियो । यसको ऊर्जा भनेको स्पष्ट प्रजातान्त्रिक राष्ट्रवादी जनमुखी उच्च र  व्यावहारिक विचार नै थियो । यसका ड्राइभरहरू बीपी, गणेशमान, किसुनजीजस्ता राजनेताहरू थिए । यसका खलासीहरू आपmनै रगतले सहीछाप गर्ने देशभक्त युवाहरू थिए । यसको झन्डामा किसान हुन्थ्यो, मजदुर हुन्थ्यो । आजको  जस्तो सत्ताको डन्डा र मन्त्रीको झन्डामा रूपान्तरित हुने कल्पनै थिएन कांगे्रसको ।

समय बित्यो, कालखण्ड परिवर्तन भयो । आफ्नो सिंह गर्जनले राणा सिंहहरूलाई पुच्छर निहुराउन सक्षम यो सिंह, राजा महेन्द्र, पञ्चायत र राजा वीरेन्द्रसमेतलाई थर्काउन सक्षम यो सिंह, ४६ को परिवर्तनसँगै सिंहदरबार भवनको  भित्ताको झन्डा बोकेको सिंहमा रूपान्तरित भयो । त्यसका लागि गणेशमानजस्ता कांग्रेसी फलाम र किसुनजीजस्ता कांग्रेसी गायत्री मन्त्रहरूलाई पगाल्नु थियो, पगालियो र सत्ता, शक्ति, पैसाको सरुवारोग बोकेका भि+mगाहरूबाट घेरिएका  गिरिजाबाबुको हातमा देश पनि पुग्यो, कांग्रेस पनि पुग्यो । नतिजा हालको देश हाम्रोसामु छ ।

कमसेकम सिंह र बाघको रूपमा नरहे पनि, ४६ देखि क्रमशः चितुवा, ब्वाँंसो र फ्याउरोसम्म भए पनि सिकारीकै रूपमा कायम रहेको कांग्रेस सुशीलले प्रचण्ड दरबारमा बिन्तीपत्र हालेपछि भने मुसामै परिवर्तित भएको हो कि होइन ?  कांग्रेसको आवश्यकता बुझ्ने, बीपीको विचार मात्र मार्ग ठान्ने, लाख नेपालीले यो सवाल उठाइरहेका छन् । देश जोगाउन प्रतिपक्षी बनाएर रगतमय माओवादीलाई हि्वप लगाउन सदनमा पठाएको सत्यबाट टाढा राखी बहकाए  गिरिजाबाबुलाईर् ती दुई दर्जन झिङ्गाहरूले । र उन्ले पनि सहमति र समानुपातिक नामक दुई बिषबाट चुनावमा लड्ने आँट नभएका र हारेकाहरूबाटै सत्ता कव्जा गराउने अवधारणालाई लोकतन्त्रको आधार बनाइदिए । जसको  नतिजाका रूपमा देश विखण्डनमा पुग्दै छ । देश अन्धकारमा डुबिसक्यो । रगतको दहमा डुबेको देश रगतको समुद्रमा खस्दै छ । देश विलयनतातर्फ दौडिसक्यो बेतोडले ।

तर सत्तामुखी माओवादीले ब्यालेटबाटै सत्ता पाएकै चिन्तामा चिन्तामणि रोगी भइरहेको छ, सत्तादुःखी कांग्रेस । ब्यालेटवाला सत्तालोभी माओवादीले सत्तात्यागी कांग्रेसलाई ब्यालेटबिना नै सत्ता नदिएको आक्रोशमै बम भइरहेको छ,  कांग्रेस । एमालेले छिनछिनमा पुर्जामा दिएको खेलौने साँचोको दमबाटै उर्जित भइरहेको छ, कांग्रेस । प्रचण्डले त्याँ -?) घुसारिदिएको अकबरे खोर्सानीको रमरम छालाबाटै महसुस गरेर सिंहाशनमा आसन ग्रहण गरी त्यैं -?) कन्याउन  चाहन्छ कांगे्रस । जेठ १४ मा काम चलाऊ घोषणा गराइएदेखिको राष्ट्रपति र कांग्रेसको यो रथयात्राको रथले कुल्चिएका अध्यादेशहरूले, सहमति नामक असहमतिका दाह्रा टोकाइहरूले, धारेहात र भित्तेलातहरूले, बजेट बन्दबाट  गरिएका विकास निर्माणका मन्द गतीहरूले अर्थोक पक्का नगरे पनि कांग्रेसलाई सरकार भने पक्का गर्ला नै ।

तर प्रधानमन्त्री हुन कांग्रेसको यत्रो मरिहत्ते युद्धको एजेन्डा के ? जनआन्दोलनदेखि नै कांग्रेसको एजेन्डा माओवादी मात्रै देखेका छन् जनताले । पहिलेको एजेन्डा चाटचुट माओवादी, चुनावमा हारेपछिको एजेन्डा काटकुट माओवादी ।  हर कांग्रेसी नेताका मुखबाट आज पनि निस्कने यौटै मन्त्र छ, माओवादी, यौटै तन्त्र छ माओवादी । अर्थात् सिंगो कांग्रेस दलको एजेन्डा सिंगो माओवादीमात्र । हो के यो ? हुन त, आफूलाई विस्थापित गर्ने प्रतिपक्षीको नेतृत्वमा निर्लज्ज  भएर निहुरमुन्टे बनाउँदै प्रचण्डले माओवादीलाई लैजालान् र कथित काल्पनिक राजनीतिक सहमति होला पनि । चारबुँदेको आधारमा बनेको माओवादीसँगको दीर्घकालीन गठवन्धनलाई तोडेर सदाभै+m झन्डा झन्डा भन्दै, मधेसी  दलहरूले उपियाँ उप|mाइ गर्दै सुशीलदाका भुत्लामा वास पनि सहर्ष खोज्लान् ।

तर सरकारमै बसेर पनि सुशीलदाको रथयात्रा सुगम भने हुन्न । किनभने कमल थापाले पनि आफ्नो रथयात्राको पहिलो सवारी भर्खर सुपर डुपर हाउसफुल बनाइसकेको छ । उही कमल थापा जसले पनि माओवादीले हाल बनाएको  मुसाभै+m खुलामञ्चमा कांग्रेसी आमसभालाई मुसा बनाइदिएको थियो ।

प्रकाशित मिति: २०७१ आश्विन ३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हैन हैन ! त्याँबाट भए पो लाग्छ ! ... याँबाट लाग्या हो करेन्ट !!
  हाम्रा प्रकाशनहरु :
Our Publication