लोकसभा चुनाव : दार्जिलिङमा मोदीविरुद्ध ममता
‘गोर्खाल्याण्ड’ आन्दोलनको आगो सल्किँदै–निभ्दै गर्ने मेचीपारिको नेपालीभाषी बाहुल्य भारतीय भूमि दार्जिलिङ अचेल शान्त छ । सन् २०१७ मा अन्तिमपटक निभेको गोर्खाल्याण्डको आगो पुनः नसल्किए पनि राजनीतिक प्रतिस्पर्धा भने तीव्र छ ।