काठमाडौ, पुस १९ -
कुलेन्द्र विक लोक गायक हुन् । उनले लोक गीत र दोहरी गीत गरी हालसम्म २१ वटा जति गीत गाइसक्नुभएको छ । भने दुईवटा एल्बम पनि निकाले छन् । उनी रेडियो कान्तिपुर रेडियो राष्ट्रको लगातार ०५७, ०५८, ०५९ मा अवार्डेड भएका थिए । यस वर्ष उत्कृष्टमा परी हालै जेसिसले उनलाई सम्मान गरेको थियो ।
आजकल केमा व्यस्त हुनुहुन्छ ?
सांगीतिक कार्यक्रक्रम र रेकर्डिङमा व्यस्त
छु र आफ्नै एल्बमको तयारीमा लागेको छु ।
सांगीतिक सोख कसरी पलायो ?
सानैदेखि म गीतसंगीतप्रति एकदमै क्रेज
थियो । सानोमा गीत गाउने स्टेज सोहरू गर्ने गर्थे ।
पहिलोचोटि रेकर्डिङ गरेको
गीत ?
०६२ सालदेखि सांगीतिक करियरमा हात हालें । मेरो पहिलो एल्बम 'के छ हालचाल' संयुक्त रूपमा बीबी गहतराज र मैले निकालेका हौं ।
विवाहित हो कि सिंगल ?
विवाहित हुँ । मेरो पहिलो प्रेम र लास्ट प्रेम मेरी श्रीमती नै हो ।
कोसँग डेटिङ जान चाहनुहुन्छ कि ?
भर्खर विवाह भएकोले अहिले त म मेरो श्रीमतीसँग नै जान चाहन्छु ।
गायक नभएको भए के बन्नुहुन्थ्यो ?
यतातिर मेरो ध्यान गएको थिएन भन्दा पनि हुन्छ । गायक नभएको नभएको भए म यही बन्छु भनेर मैले सोचेको थिएन ।
फुर्सदमा के गर्ने मन लाग्छ ?
पछिलो समयमा म विजी नै छु ।
फुर्सद हुनेबित्तिक कलाकारितासम्बन्धी नै
गफ गर्न मन लाग्छ, पुस्तकहरू पढ्छु । एकान्त घुम्न जान मन लाग्छ । परिवारसँग जान मन लाग्छ ।
रिस कतिको उठ्छ ? के कुराले उठाउँछ ?
सानोमा झनक्क रिस आउँथ्यो तर
त्यो बानी अहिले एक्दमै कम छ । तर कहिलेकाहीं भने सानो कुरामा पनि रिस उठ्छ । मुडमा भर पर्छ
खुसी केले बनाउँछ ? खुसी हँदा के गर्ने
मन लाग्छ ?
आफूले गरेको काममा सफलता पाउँदा सायद को खुसी नहोला र म पनि सफलता पाउँदा खुसी हुन्छु ।
खुुसी कसरी व्यक्त गर्नुहुन्छ ?
आफ्नो खुसीलाई साथीभाइ र परिवारसँग व्यक्त गर्छु ।
खाना बनाउन आउँछ ? कुन परिकार मिठो बनाउनुहुन्छ ?
फुर्सदको समयमा मलाई खाना
पकाउन मन लाग्छ । म माछा एकदमै
मिठो बनाउँछु । साथीहरू आउँदा म नै
माछा पकाउँछु ।
आफूले घुम्न जान चाहेको ठाउँ कुन हो ? कोसँग जान चाहनुहुन्छ ?
मलाई घुम्न एक्दमै मन पर्छ । विशेषगरेर नेपालकै मुस्ताङदेखि सुदूरपश्चिम खप्तड हिमाली भेगमा घुम्न मन पर्छ । म श्रीमतीसँग घुम्न मन पराउँछु । कतिपय अवस्थामा श्रीमती लिएर जान मिल्दैन
तर मिलेको खण्डमा भने श्रीमतीलाई लिएर जान चाहन्छु ।
अहिले धेरै चर्चा रहेको गीत ?
'हाँस्न सिकायो' र 'जुग जाने माया गरौंला' ँप्रीतिको फूल सुक्छ हजुर' यो गीत चर्चामा रहेको गीत हो ।
नेपाल गीत गाएर जीवनयापन गर्न कत्तिको
सहज छ ?
साँच्चै भन्ने हो भने नेपालमा गीत गाएर जीवनयापन गर्न धेरै कठिन छ । गीत गाएर मात्र बाँच्न धेरै गाह्रो कुरा हो । गायकको आयस्रोत बाहिर कन्सर्ट गर्ने जाने, विभिन्न खाले प्रोग्राम गरेर मात्र केही थेकथाक भएको छ । सबै गायकलाई गाह्रो नहुन सक्छ तर मेरो सन्दर्भमा भने गाह्रो छ । हामी कलाकारको पनि परिवार छ । सबै हेर्नुपर्छ । यताको कमाइले पुग्दैन । सोखका लागि लाग्नेलाई त यसले केही फरक पर्दैन । यसमै जिन्दगी निर्वाह गर्नेहरूको लागि भने कठिन छ । त्यही भएर कतिपय कलाकार विदेश पलायन पनि भएका छन् । साँच्चै भन्ने हो भने कुनै पनि कलाकारलाई विदेश पलायन हुने रहर भने हुँदैन ।