Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ भाद्र १३     Login | Register | Issue No. 278
मनोरञ्जन»

कस्तो रह्यो बलिउड नायकहरूको भाग्य ?

  • सन् २०१२ लाई हेर्दा
काठमाडौ, पुस १९ -
बलिउडमा सन् २०१२ भर अघिल्ला बर्षहरूमा जस्तै सुपरस्टार सलमान खानकै दबदबा र वर्चस्व रह्यो । उनको फिल्म 'एक था टाइगर' दुई सय करोडको व्यापार गर्न सफल रह्यो भने बर्षको अन्त्यतिर रिलिज भएर हाल प्रदर्शन  जारी रहेको 'दबंग-टु' ले ६ दिनमै सय करोडको आम्दानी गरेर रेकर्ड राख्दै पैसाको वषर्ा गराइरहेको छ । बलिउडका तीन खान भनेर चिनिएका सलमान, शाहरूख र आमिरमध्ये सलमानले आफ्नो वर्चस्वलाई कायमै राखे पनि  विगतमा खस्किएका शाहरूख खान यो बर्ष फेरि चम्किएका छन् भने लामो समयपछि आएको आमिर खानको 'तलास'ले सय करोडको सूचीमा आफूलाई उभ्याउन नसकेपछि आमिरको बजार खस्केको टिप्पणी बलिउड विश्लेषकहरूले  गरेका छन् ।

फिल्म निर्माण र व्यापारका हिसाबले अघिल्लो बर्षभन्दा २०१२ बलिउडका लागि बढी उत्साहजनक र फलदायी

रह्यो । प्रायः सुपरस्टारका फिल्महरूले बक्स अफिसमा राम्रै व्यापार गरेर आफूलाई 'सय करोड क्लब'मा सूचीकृत गराए । निर्माण धेरै भए पनि यो बर्ष १ सय २६ वटा सिनेमा बलिउडमा प्रदर्शनमा आए । कथावस्तु र फिल्मको  स्तरभन्दा पनि सलमानको नामबाट फिल्म चल्न थालेको भन्दै बलिउड विश्लेषकहरूले सलमानलाई 'भाग्यमानी नायक' मात्र होइन, 'बलिउडको पैसा छाप्ने मेसिन' सम्म भन्न बाँकी राखेनन् ।

अघिल्लो वर्ष आफ्नै फिल्म 'रा-वन' ले अपेक्षा गरेअनुसार व्यापार गर्न नसकेपछि निराश भएका शाहरूखलाई भने यो बर्ष बलिउडका फिल्ममेकर स्व. यश चोपडाको अन्तिम फिल्म 'जब तक है जान'ले फेरि चम्काएको छ । अजय  देवगनको 'सन अफ सरदार'सँग एकै दिन रिलिज गरेर प्रतिस्पर्धा गर्नुपरे पनि सवा सय करोडभन्दा बढीको व्यापार गरेर 'जब तक है जान'ले बक्स अफिसमा आफ्नो उपस्थिति दरिलो मात्र बनाएन, रोमान्टिक हिरोका रूपमा शाहरू खको बजार अझै बलियो रहेको समेत पुष्टि गरिदियो । एक ताका बलिउडमा एकछत्र राज गरेका शाहरूख यही फिल्मबाट फेरि चम्केका छन्, उनका दिनहरू फेरि फर्केझैं देखिएको

छ । यही वर्ष शाहरूख मोरक्को, मलेसिया सरकारबाट समेत सम्मानित भए । तेस्रा खान अर्थात् आमिरका लागि भने सन् २०१२ 'ब्याड लक' नै भयो । तीन वर्षपछि बलिउडको पर्दामा उदाएका आमिरको फिल्म 'तलास' अपेक्षा गरे अनुसार चल्न सकेन । 'दुई सय करोड' क्लबमा सूचीकृत हुने थ्री इडियट्स-स्टार आमिरको 'तलास'ले 'सय करोड क्लब'मा समेत आफूलाई पुर्‍याउन नसकेपछि आमिरसमेत निराश बनेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अर्का एक्सन हिरो अक्षय कुमारका पाँचवटा फिल्महरू 'राउडी राठोर', 'ओ माई गड', जोकर', 'हाउसफुल-टु' र 'खिलाडी ७८६' प्रदर्शनमा

आए । 'राउडी राठोर'ले १ सय ३५ करोडको व्यापार गरेर बक्स अफिसमा राम्रै तहल्का मच्चायो भने हाल प्रदर्शन जारी रहेको 'खिलाडी ७८६' पनि सय करोडको नजिक पुगिसकेको

छ । बलिउड र बक्स अफिस दुवैमा राम्रो पकड जमाएका अर्का सुपरस्टार अजय देवगनका फिल्महरूले यो बर्ष सय करोडभन्दा बढीको कमाइ गरे । सिंघमस्टार अजयका 'बोल बच्चन' र 'सन अफ सरदार' दुवैले सय करोड क्लबमा  आफूलाई सूचीकृत

गरे । 'सन अफ सरदार'ले त शाहरूखको 'जब तक है जान'सँग कडा प्रतिस्पर्धा गर्नुपरेको थियो । कुनै बेला 'रोबर्ट डान्सर'को उपाधिसमेत पाएका अर्का बलिउड नायक ऋतिक रोशनका लागि पनि यो वर्ष सुखद नै रह्यो । उनको ' अग्निपथ'ले पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्डसमेत राख्यो । यो वर्ष सुखद अनुभव गर्ने नायकमा पर्छन्, रणवीर कपुर पनि । उनको फिल्म 'बर्फी'ले सय करोडभन्दा माथिको व्यापार मात्र गरेन, बलिउडबाट यो बषर् को ओस्कार अवार्डका लागि छनोटसमेत भयो । तर ओस्कारका अन्तिम नौ उत्कृष्ट फिल्मको सूचीबाट भने हालै 'बर्फी' बाहिरिसकेको छ । अर्का नायक सैफअली खानले प्रेमिका करिना कपुरलाई यही वर्ष पत्नी बनाए । उनको 'एजेन्ट  विनोद'ले ठिकै कमाइ गर्‍यो भने 'ककटेल' ले राम्रो आम्दानी गर्‍यो । इमरान हास्मी, इमरान खानजस्ता अन्य बलिउड नायकहरूको २०१२ भने सामान्यजस्तै देखियो ।





 

प्रकाशित मिति: २०७१ भाद्र १३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

राहत भनेरै देथ्यो ! पोकाबाट त चिठी पो निस्क्यो !... 'वार्ताको टेबुलबाट समाधान खोजौ' रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication