दोहा, पुस १९ -
माओवादी निकट नेपाली जनप्रगतिशील मञ्चको राष्ट्रिय भेला भोलि शुक्रबार हुँदै छ । भेलालाई सम्बोधन
गर्न माओवादीका केन्द्रीय नेता कतार आइपुगेका छन् । भेलाका लागि सबै तयारी पूरा भइसकेको अध्यक्ष रमेश भट्टले बताए । यसले नेपाली कामदारको विषयमा एउटा घोषणा गर्ने बताइएको छ ।