Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७० जेष्ठ ९     Login | Register | Issue No. 221
खाडी»

भोलि चितवन धमाका

दोहा, पुस १९ -
टुहुरा असहाय बालिबालिकाको सहयोगार्थ लागि नयाँ वर्षको अवसरमा चितवन युवा समूहले भोलि 'न्यू इयर इभेन्ट्स' आयोजना गर्दै छ । यसमा एक दर्जन कलाकारले आफ्नो प्रस्तुति गर्नेछन् ।

दीपेन्द्र ढकाल र धर्मेन्द्र कुमारको व्यवस्थापनमा हुने यस धमाकामा भोजपुरी डान्सर स्नेहा चौधरी, लोक गायिका कल्पना कारुले, पूर्णकला बीसी, सीता कँडेल, लोक गायक याम क्षेत्री, कुलेन्द्र विक, भोजपुरी गायिका प्रतिमा चौधरी,  मोडल तथा डान्सर सन्ध्या दियाली, आधुनिक गायक श्याम सित्तल, नायक दुर्गेश थापाको प्रस्तुति रहनेछ ।

कलाकारले चिसिँदै गएको कतारी मौसमलाई तताउने गरी तालमेल मिलाएको कार्यक्रममा सल्लाहकार दीपक खड्काले बताए । दिउँसो तीन बजेबाट सुरु हुने कार्यक्रमको समाप्तिमा टिकटको अर्धकट्टीबाट लक्की ड्र गरी तीन विजे तालाई दोहा-काठमाडौंको हवाई टिकट र १५ जनालाई मायाको चिनो दिइने आयोजकले बताएको छ । 'दर्शकलाई मनोरञ्जन पनि होस् र समाज सेवा पनि गर्न पाइयोस् भनेर हामीले कार्यक्रम गर्न लागेका हौँ,' धर्मेन्द्रले भने, 'यस्तो  पुण्य काममा सबै नेपालीले सहयोग गरे हामी आभारी हुने थियौँ ।'

 

प्रकाशित मिति: २०७० जेष्ठ ९ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication