Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ आश्विन १५     Login | Register | Issue No. 284
मुख्य समाचार»

निर्वाचन धकेल्दै प्रधानमन्त्री

काठमाडौ, पुस २१ -
प्रधानमन्त्री बाबुराम भट्टराईले खल्तीमा राजीनामा बोकेको बताए पनि सरकार छाड्दै नछाड्ने अडान दह्रो बनाउँदै लगेका छन् । उनको बोली झन् कडा हुँदै छ, 'कांग्रेसलाई त सत्ता ंदिंदै दिन्नँ । निर्वाचन हुने भएपछि मात्र कांग्रेसबाहेकलाई दिन सक्छु ।' तर, जेठमा पनि निर्वाचन नहुने सम्भावना बढ्दै  गएका बेला उनले सरकार नछाड्ने कडा नीति लिँदै आएका छन् ।

 एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वैशाख/जेठमा निर्वाचन गराउने मुख्य सर्तमा कांग्रेसलाई नेतृत्व दिन तयार भए पनि भट्टराईले ठाडै अस्वीकार गरिदिएका थिए । सरकार छाड्ने भन्दै सत्ता लम्ब्याउने रणनीति उनले अघि सारे को स्पष्ट देखिन्छ । अब त वैशाखमा निर्वाचन हुने सम्भावना टर्दै

गइरहेको छ, निर्वाचन नै नहुने स्थितिम सरकार किन छाड्ने प्रश्न प्रधानमन्त्रीले अघि सार्नै थालेका छन् ।

 कांग्रेसलाई नेतृत्व दिन प्रमुख दल सहमत भए पनि भट्टराई कदापि तयार छैनन् । १२ बुँदे समझदारीको सहयात्रीलाई उनले यथास्थितिवादी भएका कारण सरकार नसुम्पने जिकिर गर्न थालेका छन् । कान्तिपुरसँग यसै साता भएको  भेटमा उनी कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको भन्दै दङ्ग देखिन्थे । 'अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना करिब सकियो,' प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ कान्तिपुरसँग भने, ' अब अन्य विकल्पमा जानुपर्छ ।' उनले कांग्रेस यथास्थितिवादी शक्ति भएको दाबी गर्दै 'अग्रगामी पार्टी वा व्यक्ति' लाई मात्र चुनावी सरकार सुम्पने जिकिर गरेका छन् । चुनाव गराउनु नै आफ्नो एकमात्र अभियान भएको पनि उनले  बताएका छन् । त्यसका लागि ढिलोमा जेठ पहिलो साता निर्वाचन हुने गरी प्याकेजमा सहमति भए सरकार छाड्ने जनाएका छन् ।

 कांग्रेसप्रति दाहाल नरम र भट्टराई कडा हुनुको रहस्य सरकारको आयुसँग गाँसिएको छ । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि केही व्यक्तिले हालीमुहाली गर्ने उद्देश्य लुकेको बुझाई भट्टराईको छ । ती व्यक्तिले अध्यक्ष  दाहाललाई समेत 'भ्रमित' गर्ने प्रयास गरेको उनले बताए । 'सुशीललाई प्रधानमन्त्री बनाउन कांग्रेसका केही व्यक्ति लाग्नुको पछाडि केही निहित स्वार्थ लुकेको छ,' उनले भनाइ थियो, 'उनीहरूले हाम्रो अध्यक्षलाई समेत भ्रममा पार्ने  कोसिस गरे ।'

 यतिसम्म कि छ महिनाअघि विघटन भएको संविधानसभाको अवसान हुनुमा मुख्य दोष कांग्रेसको भएको भट्टराईले लगाउँदै उसले निर्वाचन नचाहेको जनाए । 'कांग्रेसका कारण संविधानसभा विघटन भएको हो । उसले सरकार लिए  कुनै पनि हालतमा निर्वाचन गराउँदैन,' निकटस्थ केहीलाई प्रधानमन्त्रीले आइतबार व्यक्त गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, 'मेरो एकमात्र मिसन निर्वाचन हो । अग्रगामी शक्तिले मात्र निर्वाचन गराउन सक्ने भएकाले उसैलाई सरकार सुम्पन तयार छु ।'

दलहरूबीच सहमति छिट्टै हुने सम्भावना नभएकाले जेठमा पनि निर्वाचन हुने सम्भावना टर्दै गएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । 'सहमतिबिना निर्वाचन सम्भव छैन । त्यसकारण निर्वाचन पर सर्ने सम्भावना छ,' उनको भनाइ छ ।

सत्तारूढ 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' ले पुस २५ भित्र प्याकेज सहमति नभए संविधानसभा पुनःस्थापनाको मुद्दा उठाउने निर्णय गरे पनि भट्टराईले भने आफू निर्वाचनकै पक्षमा भएको समेत बताए । 'म निर्वाचनकै  पक्षमा हो । मैले संविधानसभा पुनःस्थापना गरेर हुँदैन भन्दै आएको छु,' उनको भनाइ थियो, 'हाम्रो जोड निर्वाचनमै हो ।' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने पुनःस्थापना पनि विकल्प भएको बताउँदै आएका छन् ।

 अनौपचारिक केही विषयमा दलहरू सहमति नजिक पुगेको भए पनि सरकारको विषय 'ज्यूँका त्यूँ' रहेकाले सहमति ननिस्किएको भट्टराईको भनाइ छ । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण हुँदै  गएकाले राजनीतिक दलको सक्रियतामा स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर भए पनि निर्वाचन गराउनुपर्नेमा समेत उनले जोड दिएको स्रोतले जनायो ।  कांग्रेसले सरकारको नेतृत्व लिए निर्वाचन नगराउने र प्राप्त  उपलब्धि पनि संस्थागत नहुने भएकाले उसको सरकार स्विकार्न नसकिने भट्टराईको बुझाइ छ । 'हाम्रो विस्तारित बैठकले कांग्रेसका कारण संविधानसभा विघटन भएको निष्कर्ष निकालेको थियो,' उनले आरोप लगाए, 'उसले सरकारको  नेतृत्व लिए निर्वाचन गराउँदैन, सरकार मात्र टिकाउने काम गर्छ ।'

यसबीचमा भट्टराईले नागरिक समाजका नेता देवेन्द्रराज पाण्डेलगायतसँग पनि छलफल गरे थिए । आफ्नो कारणले निर्वाचन नभएको भनाइ प्रति आक्रोश व्यक्त गर्दै भट्टराईले राष्ट्रपतिले निर्वाचन प्रक्रियालगायत विषयका अध्यादेश  रोकेदेखि नै अप्ठ्यारो पर्दै आएको बताए ।

सरकारले निर्वाचन गराउन राष्ट्रपतिसमक्ष पठाएका अध्यादेश रोकेपछि म कसरी बाधक

भएँ ?,' उनी भन्छन्, 'अहिले आएर मलाई पो सबै प्रक्रियाको बाधक भनिँदै छ ।'

राष्ट्रपतिप्रति असन्तुष्टि


भारत भ्रमणका बेला राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिको बाधक भएको भनेर भारतीय नेताहरूसँग 'लबिङ' गरेको बालुवाटारको बुझाइ छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहमतिको लचिलो भए पनि उनको पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री भट्टराईका कारण निकास ननिस्केको राष्ट्रपतिले भारतीय अधिकारीसमक्ष राखेको स्रोतको दाबी छ । 'राष्ट्रपतिले भारतीय  राष्ट्रपति, प्रधानमन्त्रीसँग बाबुरामजीका कारण सहमति नभएको बताएको संकेत प्राप्त भएको छ,' स्रोतले भन्यो, 'राष्ट्रपतिले प्रधानमन्त्रीविरुद्ध 'लबिङ' गर्न मिल्छ ?' राष्ट्रपतिले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन  भारतीय अधिकारीसमक्ष 'लबिङ' गरेको बालुवाटार स्रोतले दाबी गर्‍यो । राष्ट्रपति यादव भारतको भ्रमण गरी शनिबार स्वदेश फर्केका हुन् ।

प्रकाशित मिति: २०७१ आश्विन १५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सुपथ मूल्य भ’कोले मात्र... नत्र त यो नि बाँकी हुन्नथ्यो रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication