Kantipur-qatar

Kantipur

मिति | मंगलवार, २०७१ भाद्र १७     Login | Register | Issue No. 284
खेलकुद»

मेसीको कीर्तिमान

काठमाडौ, मंसिर २८ -
लियोनल मेसीले ८६ औं गोल गर्दै एकै वर्षमा सर्बाधिक गोल गर्ने जर्मन गर्ड म्युलरको ४० वर्ष पुरानो कीर्तिमान आइतबार आफ्नो नाममा लेखाएका छन् ।

अर्जेन्टिनी फरवार्ड मेसीले दुई गोल गर्दै कीर्तिमान रचेपछि बार्सिलोनाले स्पेनी ला लिगामा रियल बेटिसलाई २-१ ले हरायो । व्यक्तिगत कौशलमा उनले १६ औं मिनेटमा गरेको गोलले म्युलरले सन् १९७२ मा बनाएको ८५ गोलको कीर्तिमान बराबर गरेको थियो । त्यसपछि उनले २५ औं मिनेटमा अर्को गोल थप्दै ८६ गोलको नयाँ कीर्तिमान बनाए ।

'कीर्तिमान राम्रो भएको मैले भन्दै आएको थिएँ । तर त्योभन्दा महत्त्वपूर्ण जित हो, जुन हामीले हात पार्‍यौं,' मेसीले सञ्चार माध्यमलाई भने, 'मेरो खेल टिमको निम्ति हुने सधैं बताउँदै आएको छु । यस्तोमा लिग, च्याम्पियन्स लिग र कोपा डेेल रे जित्ने हामीले लक्ष्य बनाएका छौं ।' उनले यो वर्ष बार्सिलोनाको लागि ७४ गोल गरेका छन् । अर्जेन्टिनाका निम्ति १२ गोल । उनले सन् २०१२ मा थप ३ खेल खेल्न सक्नेछन् । म्युलरले वायर्न म्युनिक र पश्चिम जर्मनीको लािग ८५ गोल गरेका थिए ।

यी २५ वषर्ीय स्ट्राइकरले ब्राजिली महान् खेलाडी पेलेको ७५ गोल नोभेम्बरमा उछिनेका थिए । पेलेले सन् १९५८ मा ब्राजिल र सान्तोसको लागि ७५ गोल गरेका थिए । गएको सिजनको ला लिगामा मेसीले ५० गोलको नयाँ कीर्तिमान बनाएका थिए । उनले निरन्तर गोल गरेपछि बार्सिलोनाले स्पेनी लिग इतिहासकै सबैभन्दा राम्रो सुरुआत यसपल्ट गर्‍यो । बार्सिलोनाले १५ खेलमा १४ जित रच्दै एक बराबरी खेलेको छ । मेसीले यो सिजनको गोल संख्या ३० पुर्‍याइसकेका छन् ।

बार्सिलोनाका प्रशिक्षक भिला टिटोनोभाले मेसीजस्तै अर्को खेलाडी नदेखेको बताएका छन् । मेसीसँग गोल गर्ने मात्र होइन, पास दिने, डिफेन्समा खेल्ने र खेल बुझ्ने क्षमता भएको भिलानोभा दाबी गर्छन् । मेसी सहकर्मी आन्द्रेस इनिस्टा र क्रिस्टियानो रोनाल्डोसँगै फिफा बेलु डे'ओर वर्षको उत्कृष्ट खेलाडीका दाबेदार पनि हन् । उनी लगातार तीनपल्ट वर्ष खेलाडी भइसकेका छन् ।

 

प्रकाशित मिति: २०७१ भाद्र १७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

राहत भनेरै देथ्यो ! पोकाबाट त चिठी पो निस्क्यो !... 'वार्ताको टेबुलबाट समाधान खोजौ' रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication