Kantipur-qatar

Kantipur

मिति | मंगलवार, २०७० जेष्ठ ७     Login | Register | Issue No. 221
अर्थ»

स्वदेश र्फकंदा परिवारका लागि उपहार, सोच्नुस्...

काठमाडौ, मंसिर २८ -
अन्र्तराष्ट्रिय पहुँचका लागि हवाई यात्रा सुरक्षित र छिटो मानिए पनि धेरै यात्रुले विभिन्न समस्या भोग्नु सामान्य जस्तै छ । उनीहरूले पाएको समस्याको गुनासो गर्ने ठाउँ  पनि नभएको होइन । तर सयमा एकाधले मात्र त्यसको क्षतिपूर्ति पाउँछन् ।

अन्तर्राष्ट्रिय नियमअनुसार लामो दूरीको हवाई यात्रा गर्नेहरूले आफ्नो ब्यागेज आउन ढिलो हुँदा पनि  त्यसवापतको क्षतिपूर्ति पाउँछन् । अन्य मुलुकमा यसको कार्यान्वयन भए पनि नेपालमा भने सम्बन्धित निकायको बेमतलबीका कारण ब्यागेज ढिलो आउनुको त के फोडिएर सामान हराएपनि धेरै यात्रुले ३/४ दिन या एक सातासम्म धाउनुपर्ने स्थिति छ । यो अवधिमा उनीहरूले गरेको दौडधुपले कुनै फाइदा पनि छैन । रित्तो हात र निराश अनुहार लिएर घर र्फकनुपर्छ । विदेशमा रातदिन मेहनत गरेर केही सामान जोडेका नेपाली कामदारहरू आफ्नो फोडिएको रित्तो ब्यागेज बोक्न बाध्य छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनका अनुसार ग्राउन्ड ह्यान्डलिङका जिम्मा नेपाल वायु सेवा निगमको हो । 'निगम या सम्बन्धित विमान कम्पनीले यस्ता समस्याको जिम्मेवारी लिनुपर्ने हो,' उनी भन्छन् ।

उदाहरणै लिनुपर्दा गएको महिनामा शारदा न्यौपाने अमेरिकाबाट नेपाल आइन् । उनको ब्यागेज फोडिएको स्थितिमा विमानस्थलमा आयो । 'विमानस्थलको गुनासो शाखामा भन्न खोज्दा त्यहाँ गुनासो लिने मुख्य मान्छे नै भेटिएनन्,' उनले भनिन् 'नागरिक उड्डयन प्राधिकरणबाट विमान कम्पनीलाई भन्न लगाइएको तर तुरुन्तै आउनुपथ्र्यो अब ढिलो भयो भनिदिए ।' शारदाले ब्यागेज फुटेको यो गुनासोका लागि आफू आएको अर्को दिनमै जानकारी गराएकी थिइन् ।

त्यस्तै कतार दोहाबाट घर आउने सृजन राईसँगै उनका अन्य साथीको ब्यागेज फुटेको मात्र होइन, परिवारका लागि भनेर ल्याइएका सामान नै चोरी भए । मोबाइल, ल्यापटप, क्यामेरा केही थिएन उनीहरूको ब्यागेजमा । राइका अनुसार उनीसँगैका अन्य धेरैको लगेज फुटाइएका थिए । 'विमानस्थल हो या चोरको अड्डा,' उनले निराश हुँदै भने ।

जनकपुरका सुगम श्रेष्ठ विवाह गर्न नेपाल आएका

थिए । उनी विमानस्थल ओर्लिए ब्यागेज क्लेम गर्न जाँदा झोला त भेटे तर त्यसमा सामान भने थिएन । मुख्य गरी आफ्नी हुनेवाला श्रीमतीका लागि उनले ३६ हजार रुपैयाँ बराबरको घडी ल्याएका थिए । 'झोलामा भएको अरू सामानभन्दा घडी मेरा लागि महत्त्वपूर्ण थियो,' उनले भने 'त्यो पनि चोरियो ।' चोरी भएको थाहा पाउनासाथ उनले आफू आएको विमान कम्पनीका अधिकारीलाई गुनासो

गरे । विमास्थलको लगेज क्लेम विभागले  खोजी भइरहेको छ, एक सातापछि आउनु भनेर पठाए । दिइएको समयमा भेट्न जाँदा कुनै अधिकारी सम्पर्क आएनन् । अन्तिममा विमान कम्पनीका वित्तिय अधिकृतले पुलिस रिपोर्ट  बनाउन भने । त्यसका आधारमा श्रेष्ठलाई क्षतिपूर्ति दिन । 'त्यो त सबै समय कटाउने मेलेा रैछ,' उनले भने, 'मैले क्षतिपूर्ति पाइनँ ।'

विमानस्थलमा प्रहरी नै लोडरहरूसँग मिलेर चोरी

गर्छन् । सुरक्षामा खटिएकाहरू नै मिल्दा यात्रुले ढुक्क भएर आफन्तलाई उपहार लान सक्दैनन् ।

सुरक्षा निकायको साख खस्ने डरले यस्ता मुद्दा बाहिर आउँदैनन् । तर झन्डै ४/५ महिनाअगाडि यस्तो चोरी गर्ने एक सुरक्षाकर्मीलाई समातिएको पनि थियो । विमानस्थल व्यवस्थापनका अनुसार अर्को ठाउँमा सरुवा गरियो, तर कारबाही भने भएन । ट्रान्जिट भएर आउँदा बीचमै कतै सामान चोरिएको या ब्यागेज फोडिएको हुनसक्ने भन्दै यहाँका निकाय सजिलै पन्छिने गरेका छन् ।

स्रोतका अनुसार वैदेशिक रोजगारीबाट र्फकनेसँग टन्न पैसा हुन्छ, सामान हराए पनि के भो

र ? भनेर सोच्ने प्रवृत्ति हावी  छ । 'एक छिन गुनासो सुन्ने र बिर्सने गरिन्छ,' स्रोतले भन्यो ।

विमानस्थलमा दैनिक सयौं ब्यागेज फुटेको, हराएको, साँचो नै फोडेर सामान चोरिएको गुनासो आउने गरेको स्रोतले बतायो । 'अहँ कहीं कतै सुनवाइ हँुदैन,' स्रोतले भन्यो, 'अदालत जस्तो तारेख दिइन्छ । पछि त्यसै फर्काइन्छन् ।' क्लेम विभागले त यात्रुलाई बहुमूल्य सामान किन ब्यागेजमा राखेको भनेर उल्टै प्रश्न गर्छन् । नेपाली कामदारहरू रातदिन कमाएको रकमबाट केही जोगाएर परिवारका लागि लाने उपहार किन्दा सोच्नुपर्ने भएको छ । त्यो उपहार घरसम्म पुग्छ या पुग्दैन । विमानस्थलमा यात्रुको यस्तो समस्यालाई गम्भीर रूपमा लिने कोही देखिएका छैनन् । सम्बन्धित निकायले बेवास्ता गरेपछि हस्तकला मेलामा सहभागी दुई पाकिस्तानी डिजाइनरले आफ्ना सामान विमानस्थलबाट हराएकोबारे प्रधानमन्त्री बाबुराम भट्टाराईलाई गुनासो गरे । यी डिजाइनरका  ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको थियो । उनीहरूले भन्सारमा आफ्नो सामान हराएको बताउँदा, उल्टै बाँकी सामानको दोब्बर दस्तुर असुल  गरिएको गुनासो प्रधानमन्त्रीलाई गरेका थिए । प्रधानमन्त्रीले यसबारे छानबिन गरेर कारबाहीका लागि निर्देशन दिए । तर चोर कसले समात्ने, विमानकम्पनीका अधिकारी, केही सुरक्षाकर्मी नै थोरै पैसाको लोभमा यस्ता गतिविधिलाई संरक्षण दिन्छन् । यसले गर्दा नेपाली कामदार तथा विदेशबाट आउनेहरू पसिना बगाएको पैसाले जोडेका सामान हराउँदा आँसु झारेर

र्फकने गर्छन् ।

प्रकाशित मिति: २०७० जेष्ठ ७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication