दोहा, मंसिर २८ -
तमू समाजको नवौं वाषिर्क साधारणसभा गत शुक्रबार सम्पन्न भयो । तमुले यो सभा आन्तरिक रूपमा मनाएको हो । समाजका अध्यक्ष विमल तमूको अध्यक्षतामा निदेर्शक सल्लाहकार बुधबल तमूको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।
साधारणसभामा वर्षभरि गरेका कार्यको प्रगति प्रतिवेदन कार्यबाहक महासचिव भाइकाजी तमूले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष आशु तमूले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सहभागीहरूले कतारवासी तमूहरूको एकता र भाइचाराको सम्बन्धबाट विभिन्न देशहरूमा स्थापना भएका तमू संघ संस्थाहरूले पाठ सिक्नुपर्छ भन्दै सहभागीले यो एकतालाई अझ मजबुत बनाउँदै लानुपर्ने विषयमा जोड दिएका थिए ।
प्रमुख अतिथि निदेर्शक सल्लाहकार बुधबल तमू, विशेष अतिथिसंस्थापक अध्यक्ष राम तमू, सल्लाहकार तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष अमृत तमू, तमू पे ताँ ल्हु ताँ समितिका अध्यक्ष रसबहादुर -शिव) तमू, तमू पे ताँ ल्हु ताँ समितिका कोषाध्यक्ष चन्द्रप्रकाश तमू, तमू खेलकुद समितिका अध्यक्ष मदन तमू, तमू सांस्कृतिक परिवारका कार्यबाहक अध्यक्ष बिरु तमू, पुर्वाञ्चल सम्पर्क समितिका सचिव हरिकाजी तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक आशबहादुर तमू -गोर्खा) महिला विभागका संयोजक र सहसंयोजक क्रमशः टौमाया तमूस्यो र कल्पना तमुस्योले मन्तव्य राखिएको थियो । तमू पे ताँ ल्हु ताँ समितिका सचिव कैलाशपति तमूले तमू जातिको पहिचान र इतिहास समेटिएको कविता वाचन गरेर कार्यक्रममा छुट्टै स्वाद पस्केका थिए । कार्यक्रममा तमू समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र पश्चिमाञ्चल सम्पर्क समितिको मौजुदा कार्यसमितिलाई यस साधारणसभाबाट विघटन गरी पुनर्गठन गरिएको छ । पुनरगठीत नयाँ कार्यसमितिको नामावली अध्यक्ष विमल तमूले गरेको घोषणालाई सर्वसम्मत रूपमा पारित गरिएको थियो । पुनर्गठित परिवारका अध्यक्ष आशबहादुर तमू -गोर्खा), उपाध्यक्ष तोरण तमू, सचिव हितमान घले तमू, कोषाध्यक्ष सूर्य तमू र सदस्यहरू क्रमशः निनल तमू, रामबहादुर तमू, विल्सन तमू, मोमबहादुर तमू, चेतबहादुर तमू, चोकबहादुर तमू, केशबहादुर तमू, प्ूर्ण तमू, काजीबहादुर तमू, दिनेश तमू रहेका
छन् । त्यसैगरी पश्चिमाञ्चल सम्पर्क समितिमा संयोजक मीनबहादुर तमू, सहसंयोजक दुर्गा तमू, सचिव पदम लेम तमू, कोषाध्यक्ष रनबहादुर तमू रहेका छन् । सभामा स्वदेश जान लागेका सन्तोश तमूलाई प्रशंसापत्र र मायाको चिनोबाट बधाई तथा सम्मान गरिएको थियो । यसले यसपटक सप्री ल्होसारलाई सांस्कृतिक महोत्सवको रूपमा मनाउन लागिएको जनाएको छ ।